धनगढी। एमालेले दिर्घबहादुर सोडारीलाई अस्विकार गरेपछि सुदूरपश्चिमको राजनीति अन्यावलामा परेको छ । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सत्ता समीकरणमा सहमति भए पनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति अन्यावलामा परेको छ ।
एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सरिसकेको भए पनि एमालेले भने उनी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो ।
एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ ।
एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरू केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारीबाहेक जो भए पनि आफूहरूलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएको छ ।
एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबी गर्ने तयार गरेका सोडारी छलफलमा रहेका छन् । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यसअघि नै गरिसकेको छ ।
प्रतिक्रिया