• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

नेप्से परिसूचक १४.८१ अंकले गिरावट, २ अर्ब १० करोड ३० लाख बढीको कारोबार

2.4K
SHARES



काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.८१ अंकले घटेर १ हजार ९ सय ९१.७१ को बिन्दुमा कायम भएको हो ।

आज ३ सय १२ कम्पनीका ५४ लाख ७१ हजार ६८ कित्ता शेयर ३९ हजार ४ सय ७६ पटक खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै हाइड्रो समूह १.३१, माइक्रोफाइनान्स १.१६ र अन्य समूह १.०७ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा आज गोर्खा फाइनान्सको सबै भन्दा बढी कारोबार भएको छ । आज सबैभन्दा धेरै गोर्खा फाइनान्सको १७ करोड ५९ लाख बराबरको सेयर कारोबार भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ