काठमाडौँ । बेलायतमा सबैभन्दा ठूलो सुनको डल्ला भेटिएको छ । इङ्गल्याण्डमा फेला परेको सबैभन्दा ठूलो उक्त्त सुनको डल्लो लिलामीका लागि ल्याइएको छ । तर यसको उत्पत्ति रहस्यमा नै रहेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रिचर्ड ब्रोकले मेटल डिटेक्टर मेसिन प्रयोग गरिरहेका थिए, जब उनले केही समयपछि बहुमूल्य सो धातुको डल्लो फेला पारेका थिए । पछि ल्याबमा परिक्षण गरे पछि सो धातु सुन भएको पत्ता लागेको थियो ।
उक्त सुनको मूल्य ३० हजार देखी ४० हजार बेलायती पाउन्ड तोकिएको छ । तर लिलामीमा बेच्न राखिएको भए पनि त्यो अझै बिक्री भने भएको छैन, यद्यपि रिचर्ड ब्रोक अझै पनि सो बहुमूल्य धातुको डल्लु बेचिने आशामा रहेका छन् ।
प्रतिक्रिया