• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    विदेशबाट नेपाल फर्किनेलाई खुसीको खबर, नबिल बैंकले दिंदैछ १० करोडसम्म ऋण

    15K
    SHARES



    काठमाडौँ। विदेशबाट केही गर्ने सपना बोकेर नेपाल फर्किएका युवाहरूलाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल दक्ष प्रवासी उद्यमशीम कर्जा’ योजना ल्याएको छ । श्रम मन्त्री शरद सिंह भण्डारीले आज यस योजनाको औपचारिक उद्घाटन गरेका हुन् ।

    उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले विदेशबाट केही गर्ने सपना बोकेर फर्किएका व्यक्तिहरूका लागि कर्जा मात्र नभएर आवश्यकीय काउन्सिलिङ पनि गर्ने बताएका छन् ।

    उनीहरूलाई कर्जा मात्र नभई आवश्यक सल्लाह, सुझावसहित काउन्सिलिङ पनि दिएर उनीहरुले सपना बैंकले साकार पार्ने उनले बताएका हुन् ।

    विदेशबाट सीप सिकेर नेपाल फर्किएका व्यक्तिहरूका लागि यो कर्जा उपयुक्त हुने बैंकको भनाइ छ । बैंकले बिहीबारदेखि सुरु गरेको नबिल दक्ष प्रवासी उद्यमशील कर्जा सीमा १० करोडसम्मको छ ।

    तीन दिनमै सहजै पाइने सो कर्जाका लागि ऋण लिन चाहानेले आफ्नो योजना बैंकमा प्रस्तुत गर्नुपर्नेछ । बैंकले सो योजनाको सम्भाव्यता हेरेर ऋण प्रवाह गर्नेछ । यो कर्जा कुल १० बर्षे अवधिको हुनेछ ।

    यो ऋणमा तपाईंको परियोजनालाई नै बैंकले धितोको रुपमा लिन सक्छ भने आवश्यक परेको खण्डमा थप धितो सुरक्षणसमेत बैंकले लिन सक्ने बताइएको छ । स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउन र साना व्यवसायीहरुलाई सहयोग तथा समर्थन गर्न बैंकले यस्तो ऋण योजना ल्याएको हाेृ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ