काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ ७० पैसा रहेकाे छ ।
जवकि हिजाे डलरकाे खरिद दर १ सय ३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५६ पैसा रहेको थियाे ।
आज युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १सय ६८ रुपैयाँ १९ पैसा र बिक्री दर १सय ६८ रुपैयाँ ९४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया