• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    लामिछाने र पुनलाई मन्त्रीबाट बर्खास्त गर्न माग गर्दै नेविसंघको राके जुलुस

    1.8K
    SHARES



    काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले वर्तमान सरकारका मन्त्रीहरू काण्डै काण्डमा मुछिएको भन्दै बर्खास्तको मागसहित राके जुलुस निकालेको छ ।

    नेविसंघले मंगलबार सहकारीको रकम अपचलन गरेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र सुन काण्डमा मुछिएका अर्थमन्त्री वर्षमान पुनलाई तत्काल बर्खास्त गर्न माग गर्दै रोके जुलुस निकालेको हो ।

    पाटन क्याम्पस गेट अगाडिबाट नाराबाजीसहित राके जुलुस निकालिएको नेविसंघ ललितपुर जिल्ला अध्यक्ष सरोज घोरासैनिले बताए । वर्तमान सरकारका मन्त्रीहरू सहकारीको रकम अपचलन, सुन तस्कर, दोहोरो नागरिकता लगायतका काण्डै काण्डमा मुछिएकाले राजीनामाको माग गरिएको उनले बताए ।

    ‘वर्तमान सरकार काण्डै काण्डका नाइकेहरूको जथ्था भयो । तत्काल विभिन्न आरोप लागेका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरिनुपर्छ भन्ने हाम्रो माग हो ।

    त्यसैको विरोध स्वरूप हामीले राके जुलुस निकालेका छौँ,’ नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भने । उनीहरूलाई बर्खास्त नगरिए निरन्तर आन्दोलन जारी राख्ने नेविसंघले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ