• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ जारी गर्ने

    1.9K
    SHARES



    काठमाडौँ। नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘अग्राधिकार सेयर’ जारी गर्ने भएको छ ।

    बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमकारी निकायको स्वीकृति प्राप्त भए एक सय रुपैयाँका दरले ५ करोड इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

    उक्त रकम बराबर ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने र सेयर कम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर व्यक्तिगत तवरबाट मात्र बिक्री गरिने गरी जारी गरिने समेत बैंकले जनाएको छ ।

    यस्तै बैंकले राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त गरे पश्चात् ८ प्रतिशत नबिल डिबेन्चर २०८९ (८ वर्षे अवधिको) समेत जारी गरिने बताएको छ ।

    कुनै पनि कम्पनीले निष्कासन गरेको सेयरमध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्राधिकार हुने सेयरलाई अग्राधिकार सेयर अर्थात् प्रिफिरेन्स सेयर भनिन्छ । यस्तो सेयरमा अग्राधिकार सेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र अन्य साधारण सेयरधनीहरुलाई लाभांश बाँडिन्छ ।

    लाभांशको पहिलो प्राथमिकता अग्राधिकार सेयरधनीलाई हुन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार सेयर जारी गर्दछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ