• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

सत्ता पक्ष र विपक्षी दलका सांसदहरुबीच कुटाकुट, राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी

3.7K
SHARES



काठमाडौं । मालदिभ्सको मुख्य विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ ।

स्थानीय मिडिया सन इन्टरनेशनलका अनुसार एमडीपीले महाअभियोग प्रस्तावमा पर्याप्त संख्यामा सांसदहरुको समर्थन पाइसकेको छ ।

एमडीपीका एक सांसदले सन इन्टरनेशनललाई महाअभियोगको तयारीबारे जानकारी दिएका छन् । यद्यपि महाअभियोग प्रस्ताव दर्ता भने भइसकेको छैन ।

हालै मालदिभ्सको संसदमा महाअभियोग प्रस्ताव दर्ता गराउने नियमहरुलाई सहज बनाइएको बीबीसीले जनाएको छ ।

महाअभियोग प्रस्तावको पक्षमा एमडीपीसँगै डेमोक्रेट्स सांसदहरु पनि छन् । एमडीपीका ४३ र डेमोक्रेट्सका १३ गरी कूल ५६ सांसद छन् रहेका छन् ।

संविधान अनुसार राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव पास गर्नका लागि ५६ भोट नै चाहिन्छ । संसदका सभामुख र उपसभामुख एमडीपीका हुन् ।

मुइज्जु नेतृत्वको सरकारमा ४ सदस्य थप्ने विषयमा विवाद हुँदा मालदिभ्सको संसदमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुबीच कुटाकुट भएको थियो । लगत्तै राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग लगाउने चर्चा सुरु भएको छ ।

मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस -पीपीएम र पीएनसीको गठबन्धन सरकार रहेको छ । ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मुइज्जु राष्ट्रपति छन् ।

अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ । वर्तमान सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ