• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

भारतको लोकसभाबाट ३० जना सांसद निलम्बित

3.4K
SHARES



काठमाडौं । भारतमा कांग्रेस आईका नेता अधीर रञ्जन चौधरी लगाएत ३० जना सांसद निलम्बनमा परेका छन् ।

हिउँदे अधिवेशनका बाँकी बैठकमा उपस्थित हुन नपाउने गरी उनीहरू निलम्बनमा परेका भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

यसअघि लोकसभाबाट १३ सांसद निलम्बनमा परेका थिए । डिसेम्बर १३ तारिखका दिन लोकसभामा भएको सुरक्षा चुकको मामिला उठाउँदै आज सोमबार विपक्षीहरुले लोकसभामा विरोध जनाएका थिए ।

दर्शकका रुपमा प्रवेश गरेका व्यक्तिले बैठकस्थलमा कुदेर धुँवा फैलाएको बारेमा उनीहरुले गृहमन्त्रीसँग जवाफ मागेका थिए । विपक्षी सांसदले लगातार विरोध जनाएपछि बैठक पनि स्थगित भएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ