काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भुकम्प प्रभावित लाई राहत सामग्री बितिरण गर्न भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय संयोजक मिलन राई नेतृत्वको स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको हो ।
भूकम्प प्रभावित क्षेत्रको उद्धार र पुर्ननिर्माणको लागी क्रान्तिकारीका केन्द्रीय संयोजक राईको नेतृत्वमा गएको विद्यार्थी स्वयंसेवकहरुको टोलि राहत सामग्री सहित भूकम्प प्रभावित क्षेत्र तर्फ गएको हो ।
भूकम्पको मुख्य प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका अती भुपकम्प प्रभावित गाउँबस्तीहरुमा विद्यार्थीको स्वयंसेवक टोली पुर्ननिर्माण अभियानमा खटिने अखिल (क्रान्तिकारी) का केन्द्रीय सह-संयोजक विरेन्द्र शाहले बताए ।
नेता शाहका अनुसार संगठनका संयोजक राईको नेतृत्वमा देशभरका भौगोलिक तथा गैरभौगोलिक प्रदेशबाट प्रतिनिधित्व हुँने गरेर विद्यार्थी नेताहरु स्वयंसेवक टोलिमा सहभागी बन्नेछन ।
भूकम्प प्रभावित क्षेत्रमा पहिलो चरणको स्वयंसेवक टोलि पश्चात दोस्रो, तेस्रो गरेर क्रमशः रुपमा स्वयंसेवक टोलि भूकम्प प्रभावित क्षेत्रमा पठाउने कार्यक्रम तय गरिएको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रतिक्रिया