• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

Uncategorized

युवाहरुले गरे टिकटक बन्द गर्ने निर्णयको स्वागत

2.5K
SHARES



काठमाडौँ। सरकारको टिकटक बन्द गर्ने निर्णयलाई महोत्तरीका युवाहरुले स्वागत गरेका छन् ।

सोमबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका ९ प्रकौलीमा टिकटक अंकित प्रिन्टेड कागज जलाउँदै मैनबत्ती प्रज्वलन गरेर युवाहरुले सरकारको सो निर्णयलाई स्वागत गरेका हुन् ।

टिकटक बन्द संघर्ष समितिका संयोजक सुमनकुमार चौधरीसहितका युवाहरुले सरकारको यो निर्णयलाई स्वागत गरेको हो । नेपाल सरकार जिन्दावाद भन्दै युवाहरुले नाराबाजी समेत गरेका थिए ।

टिकटक बन्द हुनुपर्ने भन्दै संघर्ष समिति गठन गरेरै तीनै तहको सरकारलाई उनीहरुले ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराउँदै आएका थिए । उनीहरुले अघिल्लो दसैँदेखि नै टिकटक बन्द गर्नुपर्ने भन्दै पटक पटक आन्दोलनसमेत गर्दै आएका थिए ।

सरकारले गरेको यो निर्णय निकै सराहनीय र स्वागतयोग्य रहेको संघर्ष समितिका संयोजक चौधरीले बताए । टिकटकका कारणले नेपाली संस्कृतिमाथि भइरहेको नकारात्मक प्रहारलाई रोक्न सरकारले गरेको यो निर्णयबाट पछाडि नहट्न उनीहरुले आग्रह गरेका छन् ।

भोलि साँझ पनि जनकपुरधाममा सरकारको यो निर्णयलाई स्वागत गर्दै दिप प्रज्वलन गर्ने कार्यक्रमको आयोजना गरिएको संयोजक चौधरीले जानकारी दिए । उनले सो कार्यक्रममा धनुषा, महोत्तरी, सिरहा लगायतका युवाहरुको सहभागिता रहने बताए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ