बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चालाई जन्म दिएकी छन् ।
सुत्केरी व्यथा लागेपछि उज्जलीलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने अवधी १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका थिए ।
तर अप्रेसन गर्नुपर्ने डरले भारतको नयाँ दिल्ली जान्छु भनेर घर फर्किने क्रममा बाटोमै सन्तान जन्माएको बुढीगंगा नगरपालिका-१० का वडा अध्यक्ष दलबहादुर साउँदले बताए ।
व्यथाले च्यापेपछि सोही वडाको पानीभुवाँ भन्ने सडकमा ढलेको अवस्थामा स्वास्थ्यकर्मी सिर्जना सार्कीले भेटाएको बताईएको छ ।
स्वंयम वडा अध्यक्ष दल बहादुर साउँद, स्वास्थ्य ईन्चार्ज लक्ष्मी जोशीको रोहवरमा अनमी सिर्जना सार्कीले सुत्केरी गराएकी हुन् ।
प्रतिक्रिया