• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

एनआईसी एशिया बैंकद्वारा क्यूआर मर्चेन्ट एभिएसन योजना सार्वजनिक

3.1K
SHARES



काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्यूआर मर्चेन्ट एभिएसन योजना सार्वजनिक गरेको छ ।

डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० आषाढ मसान्तसम्म सञ्चालन हुनेछ ।

उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुने बैंकले जनाएको छ । देशभर २ लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिति जनाइसकेको बैंकले क्यूआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत आकर्षक लाभको व्यवस्था गरेको जनाइएको छ ।

यस योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट २ हजार बराबरका १० वटा ह्याम्पर, ट्रिकोट इन्डस्ट्रिजको तर्फबाट ५-५ हजार बराबरको १ सय वटा भौचर, हार्ड रक केफको तर्फबाट १० वटा भौचर प्राप्त हुने भनिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ