काठमाण्डाै। हिजो मङ्गलवार सामान्य बढेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६३ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेकाे दिन २ सय ५३ वटा कम्पनीकाे ३७ लाख १६ हजार कित्ता शेयर एक अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएकाे छन् ।
सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर झन्डै छ प्रतिशत र बाराही हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया