• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

रोचक-विचित्र समाचार

प्रेमीकी श्रीमतीलाई सात करोड क्षतीपूर्ति दिन अदालतको आदेश

5.6K
SHARES



एजेन्सी । एक युवतीलाई प्रेमीकी श्रीमतीलाई लगभग सात करोड रुपैया दिन चिनियाँ अदालतले आदेश दिएको छ ।

उनीहरुको सम्बन्ध कानुनको नजरमा वैधानिक नभएको बताउँदै ती युवतीलाई ३.७९ मिलियन युआन (५६०,००० डलर) क्षतीपूर्ति स्वरुप प्रेमीकी श्रीमतीलाई दिन भनिएको हो ।

हालै चीनकी एक महिलाले आफ्ना श्रीमानकी प्रेमिकालाई सम्बन्ध रहँदाका बेला दिएका सबै भौतिक सम्पत्ति फिर्ता गरिदिन भन्दै मुद्दा हालेकी छिन् । अदालतले महिलाको पक्षमा फैसला सुनाउँदै प्रेमिकालाई श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको छ ।

अडिटी सेन्ट्रलका अनुसार उत्तरपूर्वी चीनको लिओनिङस्थित भुआङहेको जन अदालतले जारी गरेको कागजात अनुसार वादी, ली उपनामकी महिला र उनका श्रीमान् वाङ सन् १९९१ देखि वैवाहिक सम्बन्धमा थिए ।

सन् २००८ मा वाङले अर्की महिलासँग विवाहेत्तर सम्बन्ध सुरु गरे । ती महिलाको पहिचान लुकाइएको छ र उनलाई जियाओजिया आई नाम दिइएको छ ।

केही वर्ष अघि लीले आफ्ना श्रीमानको बाहिरको सम्बन्धबारे थाहा पाएपछि उनले ती महिलालाई नियमित रुपमा पैसा पठाउँदै आएको थाहा पाइन् ।

जियाओजियाले वाङ विवाहित भएको थाहा नभएको र वर्षौँदेखि वाङबाट प्राप्त रकम बाल समर्थनमा गएको तर्क पेश गरिन् ।

तर अदालतले उक्त मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको बताउँदै श्रीमतीको समर्थन गर्यो । चिनियाँ कानुनले विवाहित जोडीमध्ये कुनै एक पक्षले अर्काको सहमतिबिना साझा सम्पत्ति खर्च गर्न नपाउने बताउँछ ।

लीले वाङको उपहारका लागि आफ्नो स्वीकृति नदिएको बताउँदै जियाओजियाले कूल ३.७९ मिलियन युआन प्रेमीकी श्रीमतीलाई फिर्ता गर्नुपर्ने बताइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ