• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गगन थापाले संसद बैठकमै भने- ‘नेपालमा शुद्ध कम्युनिष्ट विप्लव मात्र हुन्’

    37K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपालको संसदीय व्यवस्था मानिरहेका कुनै पनि कम्युनिष्ट नामका पार्टी कम्युनिष्ट नभएको बताएका छन्। उनले आइतबार संसद बैठकमा बोल्दै यस्तो धारणा ब्यक्त गरेका हुन् ।

    संसद बैठकमा सशक्तरुपमा प्रस्तुत भएका थापाले नेपालमा नेत्र बिक्रम चन्द ‘विप्लव’ बाहेक अरु पार्टीहरु सुद्ध कम्युनिष्ट नभएको बताएका छन्।

    उनले निर्वाचनमा बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुलाई सेलिब्रेटीका रुपमा फोटो खिच्न मात्र काम लाग्ने केटो भनेकोप्रति व्यङ्ग्य गर्दै यस्ता कम्युनिष्टहरु भन्दा नेपालमा विप्लव मात्रै सुद्ध कम्युनिष्ट भएको बताएका हुन् ।

    चुनाबको बेला कपनमा नेकपा कार्यकर्ताले आफूमाथि बम हानेको प्रसङ्गमा एमाले अध्यक्ष ओलीले काँग्रेसले आफै हानेको होला भन्ने अभिव्यक्ति दिएको भन्दै थापाले यस्ता झुट र सड्यन्त्रकारी कम्युनिष्ट भन्दा निर्वाचन बहिष्कारको घोषणा नै गरेर बम हान्ने नेकपा मात्र सुद्ध कम्युनिष्ट रहेकोले निर्वाचनमा बेला यस्तो हुन्छ भनेर आफुले त्यसलाई सामान्यरुपमा लिएको बताए।

    थापाले चुनावमा बेला नेपालका शुद्ध कम्युनिष्ट विप्लवले आफूमाथि बम हान्दा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले उक्त घटनालाई कांग्रेसबाट नै गराईएको हुन सक्ने भनेको प्रति व्यंग्य गर्दै भने- ‘त्यो बेला चुनाव थियो, चुनाबमा जे बोले पनि पाइन्छ तर अब प्रधानमन्त्री भएपछि त्यस्तै हावा कुरा बोल्न पाइदैन ।’

    संसदमा बोल्दै थापा अधिकांश समय वाम गठबन्धनको चुनावी घोषणा पत्र स्मरण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । संसदमा सशक्त प्रतिपक्ष नहुँदा सरकार पक्ष बरालिने खतरा हुने भन्दै थापाले कोही बरालिन लाग्यो भने त्यसको खबरदारी गर्न आफुहरु प्रतिपक्षमा बस्न लागेको बताए ।

    संसदको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले अब केपी सरकारको दिन गन्ति सुरु भएको समेत चेतवानी दिए । उनले भने, ‘हामी प्रतिपक्षमा उभिए पनि हामी प्रष्ट छौं, दुई तिहाई हाराहारी मत प्राप्त गरेर विश्वासको मत प्राप्त गर्नुहुनेछ । तर, आजबाट दिनगन्ती सुरु भएको छ ।’

    उनले भने, ‘घोषणा पत्रमा लेख्नु भएको छ, ५ वर्षमा प्रत्येक वर्ष आर्थिक बृद्धिद्धर १० प्रतिशत हुनेछ । भ्रष्टाचार शुन्य हुन्छ । २ वर्षभित्र एउटा पनि कृषिउपज किन्नु पर्दैन, ५ वर्षमा बेचेर खनखन पैसा कमाउँछ । फास्ट ट्राक बन्नेछ, २५ लाख पर्यटक भित्रिनेछन् ।’

    चुनावी घोषणा पत्रका बाचा स्मरण गराउँदै कांग्रेस सांसद थापाले भने, ‘तपाईले भन्नुहोला, तैले हाम्रो घोषणा पत्र कन्ठ पारेर आइछस् । कन्ठ पार्ने मात्र होइन, कन्ठस्थ पारेको घोषणापत्रलाई पटक पटक संसदमा दोहोर्‍याइनेछ । अब किन्तु परन्तु केही चल्दैन । नो इफ, नो बट अब परीणाम चाहिन्छ, त्यो पनि उधारो होइन, नगदमा ।’

    थापाले प्रधानमन्त्री ओलीले चुनावको बेलाको जस्तो छाडा बोल्न नपाइने भन्दै प्रत्येक चोटी बोलेको हिसाबकिताब खोज्न आफुहरु प्रतिपक्षको बेन्चमा बसेको बताए । यस्तै उनले ओलीलाई काम गरेर देखाउन चुनौती र बिस्वाश जित्न सुभकामना दिँदै आइन्दा आफुहरुले ओलीका बोलीको एक-एक हिसाबकिताब खोज्ने बताए ।

    राज्यको अस्तित्व पहिचानसँग जोडिएको भन्दै थापाले संबिधानले विविधताको वैधानिकता दिएको भए पनि बैधता भने व्यक्तिको सोचले निर्धारण गर्ने बताए । यस्तै अघिल्लो संबिधानसभाको सभामुखले राखेको माडीलो अडानबाट नेपालमा धोती लाउनेहरूको मन जसरी फाटेको छ, त्यो फाटेको मन मुखले जोड्दैमा नजोडिने बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ