• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    प्रधानमन्त्री ओलीका नाममा पक्राउ पुर्जी जारी, हेर्नुहोस् यस्तो छ मुद्दा, पत्रसहित

    54.2K
    SHARES

    काठमाडौँ  । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा केन्द्रीय जनादलतले वारेन्ट जारी गरेको छ । ओली विरुद्ध जनअदालतमा मुद्धा परेको भन्दै वारेन्ट जारी गरिएको हो । प्रधानमन्त्री अाेलीका विरुद्ध जारी गरिएकाे वारेन्ट पत्र आजै प्रधानमन्त्रीकाे भक्तपुरस्थित निजी निवास र सुकेधारा स्थित पार्टी कार्यालयमा टाँसिएकाे छ ।

    एमाले-माओवादी गठबन्धन सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई वारेन्ट जारी गर्ने धरपकड गर्ने र झुट्टा मुद्दा लगाएर हिरासतमा राख्ने गर्न थालेपछि जन अदालतले पनि संसदीय सत्ताका प्रधानमन्त्री ओलीका नाममा वारेन्ट जारी गरेको हो ।

    नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेकपाले सञ्चालन गरेको जन अदालतले उनि विरुद्ध वारेन्ट जारी गर्दै वारेन्टको सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुन भनेकाे छ ।

    वारेन्ट पत्रमा भनिएको छ- ‘ मोहनप्रसाद ओलीको छोरा झापा स्थायी ठेगाना भई हाल भक्तपुर जिल्ला, सुर्यविनायक नगरपालिका वडा नं. २ वाल्कोट बस्ने तपाई खड्ग प्रसाद ओलीका विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धममा आवश्यक अनुसन्धान भइरहेको र तपाईसमेतलाई बुझ्नु पर्ने भएकोले यो सुचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ ।’

    यस्तै जनअदालतले तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही हुने समेत बताएको छ । छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित जनअदालतले केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट वारेन्ट जारी गरेको छ ।

    यस्तो छ प्रधानमन्त्री ओलीविरुद्ध जारी भएको वारेन्ट

    मोहनप्रसाद ओलीको छोरा झापा स्थायी ठेगाना भई हाल भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–२ बाल्कोट बस्ने तपाईँ खड्गप्रसाद ओलीका विरुद्धमा केन्द्रीय जनअदालत, रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्बन्धमा आवश्यक खनुसन्धान भइरहेको र तपाईँसमेतलाई बुझ्नु पर्ने भएकोले यो सूचना प्राप्त गरेको वा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सुचित गरिन्छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद् नेपालको नीति नियम अनुसार हुने कुराको जानकारी समेत गराइन्छ ।

    तपशील
    १. २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय जनस्वयमसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनागरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश ओली ‘सुर्दशन’ एवं पदम राई र पार्टी सम्बन्द्ध थ्रुपै युवाहरुलार्य विराटनगरमा गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको ।

    २. २०७४ चैत्र ५ गते नेकपाका कोशी ब्यूरोका इन्चार्ज किरण राईलगायत थ्रुपै नेताहरुलाई बिना कारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओलीभन्दा धेरै मुद्दा परेको बताइएको छ । शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वाघात गरेको, हतियार बुझाएको, जनयुक्ति सेना विघठन गरेको, माथिल्लो कर्णाली, अरुण तेस्रो जनविद्युत आयोजन भारतलाई दिने कार्यमा संलग्न भएको वारेन्टमा उल्लेख छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ