• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    फोटो-फिचर समाचार

    नेपालको तराई सेताम्मे बनेपछि दुनियाँ चकित (तस्विरसहित)

    10.1K
    SHARES

    काठमाडौँ । बुटवल लगायत आसपासको क्षेत्रमा बिहिबार बिहान भारी असिना पानी परेको छ। असिना परेपछि बुटवलमा अत्यन्त चिसो बढेको छ। बिहिबार बिहानै परेको असिनाले बुटवलका सडक, घरका छाना लगायत सेताम्मे भएका छन्। यस वर्ष जाडोयामभरी खासै जाडो नभएको बुटवलमा बिहिबार बिहानै परेको असिनासहितको पानीले अत्यन्त चिसो बढाएको छ।

    अहिले परेको असिनाले दाना लाग्दै गरेको गहुँ र मसुरोमा क्षति भएको किसानहरूले बताएका छन्। रुपन्देही गहुँ उत्पादनको राम्रो क्षेत्र मानिन्छ। तर वेमौसमी रूपमा परेको असिना पानीले गहुँ, मसुरो तथा तरकारी र फलफूलमा क्षति भएको छ।

    यसैगरी उत्तरी गोरखामा गएरातिदेखि भीषण हिमपात पर्न सुरु भएको छ। मौसममा बदली आएसँगै गएरातिदेखि ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात पर्न सुरु भएको सामागाउँका स्थानीयबासी मिङ्मार लामाले जानकारी दिए। हिमपात पर्न सुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए।

    “हिमपातसँगै चिसो पनि बढ्न थालेको छ”, लामाले भने, “दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ।” उनले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए।

    “मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ”, स्थानीयबासी लामाले भने, “हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाइ भएको छ।” अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका(१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए। हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ।

    यसैगरी डोल्पामा हिमपात भएको छ । आज बिहानैदेखि परेको हिमपातले डोल्पाको जनजीवन कष्टकर बनेको छ । भाइटीकाकै दिन जिल्लाको माथिल्लो र तल्लो डोल्पाको विभिन्न स्थानमा वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको हो । हिउँ परेपछि डोल्पामा चिसो अत्याधिक बढेको स्थानीयवासी बताउँछन् ।

    माथिल्लो डोल्पास्थित शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ्ग, धो, तिन्जे, छार्का, मुकोटलगायत बस्तीहरुमा आइतबार रातिदेखि नै हिमपात शुरु भएको शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले जानकारी दिए।

    हिमपातका कारण फोक्सुण्डो ताल आसपासमा दुई ईन्चसम्म हिउँ जमेको र अहिलेपनि निरन्तर रुपमा हिमपात भइरहेको उनको भनाइ छ । बाक्लो हिउँ जमेका कारण माथिल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरु सेताम्मे भएका छन् । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको वडाध्यक्ष लामाको भनाइ छ । माथिल्लो डोल्पाका बासिन्दाले बौद्धधर्म मान्ने भएकाले तिहार भने मनाउँदैनन् ।

    त्यसैगरी तल्लो डोल्पामा पर्ने शहरतारा, दुनै, जुफाल, रह, त्रिपुराकोट, पहाडा, काइगँउ, रिमि, नर्कु, ल्हाँ, लिकुलगायत गाउँबस्तीमा बिहानैदेखि वर्षा शुरु भएको छ । भने बलाङ्ग्रा, मुकोट, कागमारालगायत अग्ला स्थानमा बाक्लो हिउँ परेको छ । वर्षासँगै परेको हिमपातका कारण अत्यधिक चिसो बढ्दा भाइटीका पर्वसमेत प्रभावित भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दिलबहादुर बिष्टले जानकारी दिए ।

    उता रुकुम पूर्वका विभिन्न स्थानमा हिमपात भएको छ। निरन्तर परेको हिमपातले जनजीवन कष्टकर गएको छ। लगातार हिउँ पर्दा भेडा र भेडिगोठाला हिमाल उक्लन पाएका छैनन्। गाउँका वस्तुभाउ पनि लेक उक्लन सकिरहेका छैनन् । यतिबेला यहाँका सर्वसाधारण हिउँ पग्लने दिन कुर्दै बसेका छन्। परेको हिउ बिलाउने बेला हिउँ थपिदै गएको छ।

    जिल्लाको पुथाउत्तरगंगाको तिज्याँङ्ग, दुले, जुनाङ र हिमगुइबाङ बस्तीमा बाक्लो हिमपात भएको छ।एक महिना अघि परेको हिउँ नपग्लिदै बुधबार फेरी हिउँ थपिएको छ। चिसोमा पनि विद्यालय चलेका त छन् तर विद्यार्थी भने आधा मात्रै आउने गरेका छन्। चिसोकै कारण विद्यार्थी तथा बालबालिका मौसमी ज्वरोको समस्याबाट प्रभावित भएका छन्।

    हिपातका कारण व्यक्तिगत तथा विकास निर्माणका कार्यमा समेत अवरोध भएको वडाध्यक्ष मानबहादुर बुढाले बताए। हरेक दिन साँझपख हुने हिमपातका कारण दैनिकी कष्टकर बन्दै गएको उनले सुनाए। यस जिल्लाका अधिकांश ठाउँमा हिउँदमा मात्रै घर बनाउने चलन छ। हिमपातकै कारण यो वर्ष कमैले मात्रै घर बनाउन थालेका छन्। हिउँ र चिसोका कारण घर बनाउने योजनमा रहेका अधिकांशले त्यसको सुरुवात समेत गरेका छैनन्।

    यस्तै उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा यस वर्षकै बाक्लो हिमपात भएको छ। बुधबार बिहानैदेखि चिसो बढेको र राति भारी वर्षा भएसँगै बिहीबार बिहानैबाट बाक्लो हिमपात परेको रुवीभ्यालीको सेर्तुङबाट स्थानीय दिलिप घलेले जानकारी दिए।

    रुवीभ्याली गाउँपालिकाको लापा, तिप्लिङ, सेर्तुङलगायत झालाङ, रीगाउँ, दार्खाको उच्च क्षेत्रहरुमा पनि बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन्। यो वर्ष यसअघि २ पटकसम्म हिमपात भएपनि सामान्य हिमपात मात्रै भएको घलेले बताए। उच्च क्षेत्रमा स्थानीय घर बाहिर निस्कन सकेका छैनन्, घरभित्रै आगो तापेर बसिरहेका छन् भने तल्लो क्षेत्रमा स्थानीय हिमपातसँगै रमाइरहेका छन्।

    घलले भने, बाक्लो हिमपात परेपछि चौपाय, वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन्। उत्तरी धादिङकै मुख्य बालीको रुपमा रहेको आलु लगाउने तयारीमा रहेका कृषक समस्यामा परका छन्। हिमाली क्षेत्रमा आलु रोप्ने सिजन भएपनि अत्याधिक चिसोका कारण रोप्न नमिल्ने भएको छ भने हिमपातका कारण गहुँवालीलाई भने फाइदा पुगेको स्थानीय कृषक सोमबहादुर तामाङले बताए।

    यस्तै विगत एक दशकयता आवश्कयता अनुसार हिउँ नपर्दा निराश भएका कर्णालीका किसान यसपटकको हिमपातले हैरान भएका छन्।तीनपटकसम्म परेको हिउँले कृर्षि क्षेत्रमा राम्रो गर्ने भएपनि यसपटक कर्णालीमा आठपटकसम्म हिउँ परेपछि स्थानीय दिक्‍क भएका छन्। पुसदेखि निरन्तर हिउँ पर्ने क्रम रोकिएको छैन। सुरुवातीमा धेरै हिँउ पर्दा खुशी भएका किसान र स्थानीय फागुनको दोस्रो साता पुग्दासमेत हिउँ पर्नेक्रम नरोकिएपछि दिक्‍क मान्न थालेका छन्।

    माघ महिनासम्म हिउँ पर्दा ठीकै थियो। जुम्ला चन्दननाथ-१० का कृषक शंकुराज न्यौपानेले फागुनसम्म पनि हिउँ पग्लिन नरोकिएपछि दिक्‍क लाग्न थालेको बताए। निरन्तर हिउँ पर्न थालेपछि हिउँदे बाली बिग्रने चिन्तामा कर्णालीका किसान छन्। यहाँको नागरिकको दैनिकी पनि कष्टकर बन्दै गएको छ। कर्णालीका जाजरकोट, सुर्खेत र दैलखेको उच्च भेक, रुकुम पश्चिम साविक कर्णालीका पाँचवटै जिल्लामा भारी हिमपात भएको छ। जसका कारण केही जिल्लामा बाहेक अन्यत्रको जनजीवन नराम्ररी प्रभावित बनेको छ।

    हवाई यात्राको विकल्प नभएका हुम्ला, मुगु र डोल्पामा भने दैनिक उपभोग्य सामग्रीको अभाव देखिन थालेको छ। उच्च क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ भने सदरमुकाम आसपासमा एक फिट बढी हिउँ परेको स्थानीयले बताएका छन्। पानीसँगै परेको हिउँले पहिरो आउन सक्ने भन्दै स्थानीय प्रशासनले नागरिकलाई सचेत गराएका छन्। भारी हिमपातका कारण लामो समयदेखि साविकका कर्णाली बिजुलीविहीन बनेको छ। यस्तै केही दिनअघि डोल्पामा गएको हिमपातले ८० भन्दा बढी चौंरी मरेका छन् भने सैयौं हराएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।

    तीन महिनादेखि हिमपातकै कारण मुगु जाने राजमार्ग अवरुद्ध छ। मालबाहक गाडीहरु बाटोमै थन्किएका कारण बजारमा दैनिक उपभोग्य वस्तुको अभाव खड्किन थालेको छ।लामो समयसम्म चिसो बढेपछि कर्णालीका अधिकांश अस्पतालमा चिसोबाट प्रभावित बिरामीहरुको संख्या बढेको अस्पतालले जनाएको छ। यस्तै जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भुभागमा सातौ पटक भारी हिमपात भएको छ।

    हिमपातसँगै अत्याधिक चिसो बढेपछि यहाँको जनजीवन कष्टकर भएको छ। मानिस घरबाहिर निस्कन सकिरहेका छैनन्। बुधबार बिहानैदेखि जिल्लाको उच्च भू-भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परेपछि विद्यालयमा पठनपाठन समेत हुन सकेको छैन। जिल्लाका सबै विद्यालय बन्द छन्। हिमपातले खलंगा पाँचकाटिया पैक सडक समेत बन्द भएको छ। गाडी बन्द हुँदा यात्रुहरु गन्तब्यमा पुग्न सकिरहेका छैनन्। उता दोलखाको सदरमुकाम चरिकोटमा १८ वर्षपछि हिमपात भएको छ ।

    जिल्लाको उच्च पहाडी तथा हिमाली भेगमा १३ औं पटक हिमपात हुँदा बिहीबार सदरमुकाम चरिकोटमा पनि हिमपात भएको हो । यसअघि २०५८ सालमा यसैगरी हिमपात भएको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् । चरिकोटमै हिमपात भएपछि नयाँपुस्ताका युवा युवतीहरू हिउँ खेलेर रमाइलो गरिरहेका छन् । बुधबार बिहानदेखि बदली भएको मौषम रातभरको वर्षा पछि बिहान ६ बजेदेखि करिब २ घण्टा हिमपात भएको हो। १९२० मिटर उचाईमा अवस्थित सदरमुकाम चरिकोटको करिब २० मिटर तलको उचाईसम्म हिमपात भएको छ ।

    उच्च हिमपातको कारण लामोसाँघु(जिरी सडकको भीमेश्वर नगरपालिका(९, खरिढुङ्गादेखि बोचसम्मको सडकखण्डअवरुद्ध भएको दोलखाका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । बाटो अवरुद्ध भएपछि निजी तथा सार्वजनिक यातायातका साधनहरू विपी राजमार्ग हुँदै राजधानी आवतजावत गरिरहेको प्रहरीले जनाएको छ । यस्तै हुम्ला र मुगुमा गएरातिदेखि भारी हिमपात भएको छ । हिमपातले हुम्ला, मुगुलगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनााएको छ ।

    हिमपातले चिसो बढेपछि स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन् । सिमकोटमा तापक्रम ८डिग्री माइनसमा झरेको छ । नाम्खा गाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँ जमेको नाम्खा गाउँपालिका वडा६का वडाअध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । अब हिमपात सुरू भएपछि लिमिलेलाई सदरमुकाम सिमकोट आवतजावत समस्याा हुने वडाध्यक्ष तामाङले बताए ।

    जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानियले बताएका छन् । हिमपातले चिसो बढे सँगै तिहाराको अन्तिम दिन भाइटीकामा टिका थाप्न जाँदा समस्या भएको छ । पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भएको हुँदा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा लगायतका जिल्लाहरुमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया