• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सम्पादक बुढाले कर्णाली प्रदेशका ७९ वटै स्थानीय निकायका जेहेन्दार विद्यार्थीलाई दिए निशुल्क पुस्तक

    13.9K
    SHARES

    काठमाडौँ । सञ्चारकेन्द्र डटकमका सम्पादक दिपक बहादुर बुढाले आफ्नो जन्मदिनको अवसरमा आफु जन्मेको गाउँसहित कर्णाली प्रदेशकै ६९ वटा स्थानीय निकायका जेहेन्दार विद्यार्थीलाई आफैले लेखेको हस्तलेखित पुस्तक नि:शुल्क प्रदान गरेका छन् ।

    बुढा जन्मेको र प्राथमिक शिक्षा लिएको गाउँ दुर्पाकाे श्री हिल्सा नाैधारालाई ५० वटा र कर्णाली प्रदेशका ७९ स्थानीय निकायका ३ सय ९५ जना जेहेन्दार विद्यार्थीहरूलाई प्रति निकाय ५ वटाकाे दरले ७७ हजार ८ सय ७५ रुपैयाँ बराबरका ४ सय ४५ वटा पुस्तक निशुल्क प्रदान गरेका हुन् ।

    सम्पादक बुढा आफैले करिब १५ बर्ष लामो अध्ययन र अध्यापनबाट प्राप्त अनुभवका आधारमा तयार गरेको हस्तालेखित पुस्तक अध्ययन गरेपछि करिब ७ दिनमै जो कोहीले हस्तलेखन पुरै सुधार्न सक्नेछन् । पुस्तकको अभ्यासबाट केवल एक हप्तामा नै हस्तलेखन सुधार गर्न सकिने गरी तयार पारेको उक्त पुस्तक हाल १ लाखभन्दा बढी प्रति प्रकशित भएको सम्पादक बुढाले बताए।

    एक हप्तामै हेण्डराइटिङ बनाउन सकिने उक्त पुस्तकको मूल्य रू १ सय ७५ रहेकाे छ। बुढाले अघिल्लाे लकडाउनकाे समयमा फाइनल गरी भदौमा प्रकाशित गरेर उक्त पुस्तक बजारमा ल्याएका हुन् । कोरोना महामारीका कारण पुस्तककाे बिमाेचन भने हुन सकेको छैन।

    सम्पादक बुढाले उक्त पुस्तक लिएर आफ्नो मातहतका विद्यालयका विद्यार्थीहरूलाई वितरणमा सहयोग गरिदिन कर्णाली प्रदेशका ७९ वटै स्थानीय निकायका प्रमुख तथा प्रतिनिधिहरुलाई अनुरोधसमेत  गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया