• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    भ्रामक समाचार लेख्ने यी ७० अनलाइनलाई नेपालभर नखुल्ने गरि ब्लक गरियो, नाम लिस्टसहित

    22.9K
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले भ्रामक समाचार लेख्ने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन-प्रसारण नहुने गरी ब्लक गरेको छ । चैत ११ गतेदेखि जेठ ८ गतेसम्म कोरोना भाइरस कोभिड १९ बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै ७० वटालाई ब्लक गरिएको प्रेस काउन्सिल नेपालले जनाएकाे छ ।

    कोरोना संक्रमणको महामारीमा पनि पत्रकार आचारसंहिता स्वअनुगमन तथा विभिन्न मिडियाविरुद्ध परेका उजुरीको सुनुवाई एवम् कारबाहीमा सक्रिय भएर लागेकाे काउन्सिलले सम्बन्धित निकायमा दर्ताबिना नै सञ्चालन गरेर जथाभावी भ्रम फैलाउने समाचार प्रकाशन गर्ने ७० अनलाइन सञ्चारमाध्यमहरुलाई ब्लक नै गरेकाे हाे ।

    प्रेस काउन्सिलले दर्ता भएका अनलाइन सञ्चारमाध्यमहरुलाई  भने स्पष्टीकरणमात्रै सोधेको छ । जटिल परिस्थितिमा पत्रकार र सञ्चारमाध्यमहरुले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि काउन्सिलले यस्तै भूमिकाको अपेक्षा गरेको छ । तर पत्रकार आचारसंहिता विपरीत कथा बुनेर, अनुमानका भरमा, पुष्टि नै नभएका र समाजलाई आतंकित र उत्तेजित बनाउने खालका समाचार सन्देश प्रवाह गर्ने अनलाइन सञ्चारमाध्यमहरुलाई कारवाहीको दायरामा ल्याइएको काउन्सिलले जनाएको छ ।

    नेपालको कानुनी प्रक्रिया पुरा नगरी अनाधिकृत हिसावले संचालनमा रहेका केही अनलाइन पोर्टललाई काउन्सिलको सिफारिसमा नेपाल दुर सञ्चार प्रधिकरणले नेपालमा नखुल्ने गरि बन्द गरेको हो । यसरी बन्द गरिएका अनलाइन पोर्टलहरु केही विदेशबाट संचालित थिए भने केहि नेपालमा बसेर लुकिछिपी इलिगल हिसावले चलाइएका थिए ।

    त्यस्ता अनलाइन पोर्टलहरुले अन्त्यन्तै तथ्यहीन भ्रामक र कपोकल्पित समाचारहरु पोस्ट गर्ने र ति समाचारका लिंक सामाजिक सञ्जाल फेसबुकका ग्रुप र पेजहरुमा सेयर गर्ने गरेको र त्यसले जनमानसमा आंतक र भ्रम पैदा गरेको भन्दै उजुरीहरु पर्न थालेपछि काउन्सिलले बन्द गर्न प्राधिकरणलाई सिफारिस गरेको हो ।

    यसरी गैरकानुनी रुपमा संचालन भएको पुष्टी भइ बन्द गरिएका अनलाइनहरुले फेरी पनि विदेशबाट समाचार पोस्ट गर्ने तथा केहिले नेपालमै बसेर इन्टरनेटको गैरकानुनि बाटो प्रयोग गरि समाचार अपडेट गरेर सामाजिक संजालमा सेयर गर्ने गरेको पाइएकोले ति व्यक्तिहरुको पनि खोजी भइरहेको एक सरकारी अधिकारीले बताएका छन् । प्रहरीको साइबर अपराध ब्यूरोले त्यस्ता इलिगल अनलाइनको समाचार सेयर गर्न दिने फेसबुक ग्रुप र पेज संचालकको समेत खोजी गरिरहेको जनाएको छ ।

    देशमा कोरोना महामारी फैलिएका बेला सामाजिक सञ्जालमा सेयर भएका कुन समाचार सही हुन् र कुन हैनन् ? भन्नेबारे आम नागरिकले जानकारी नपाउने भएका कारण फेसबुक पेज र ग्रुपमा सेयर भएका त्यस्ता न्युज पोर्टलले आतंक र भ्रम सिर्जना गरेको भन्दै प्रहरीले त्यस्ता न्युज सेयर गर्ने तथा सेयर गर्न दिनेलाई समेत कारबाही गर्ने तयारी थालेको छ ।

    नेपालमा नखुल्ने गरि बन्द गरिएका अनलाइन पोर्टलहरु ताजा एनपी डटनेट, दवर्ल्ड न्युज डटनेट, खबर ट्वान्टीफोर डेली डटकम, साझा फुलवारी डटस्पेस, मनास्लु खबर डटकम, आफ्नो खबर डटकम, एनपिन्युज डटकम, सप्तरंगीपोस्ट डटकम, गुगलखबर डटकम, नेपालको समाचार डटकम, इतार्केस्वर डटकम, पाठकपत्र डटकम, हिमालय दैनिकन्युज डटकम, अल्ट्रानेपाल डटकम, ताजाबहस डटकम र हाम्रोसरोकार डटकम रहेका छन् ।

    यस्तै हाम्रै साझा पत्रिका डटकम, सुस्तासन्देश डटकम, समाचारबाटिका डटकम, राइक्वारखबर डटकम, न्युज ३६ मिडिया डटकम, काष्ठमान्ड़पन्युज डटकम, जनकपुरटाइम्स डटकम, चन्द्रागिरीदर्पण डटकम, बोल्डखबर डटकम, नेपाल १२३ डटकम, हुलाकीअनलाइन डटकम, रहेका छन् ।

    यस्तै सिधा अनलाइनपोस्ट डटकम, लाइभ १८ नेपाल डटकम, अनलाइन बुढानिलकण्ठ डटकम, बिसिएम नेपाल डटकम, सररखबर डटकम, सत्यसमाचार डटकम, स्मार्टखबर डटकम, एभेरेस्टपाटी डटकम, गोर्खाली नेपाल डटकम, सीएन नेपाल डटकम, सिम्पलअनलाइन डटकम, दैनिकी मिडिया डटकम, कागजपत्र डटकम र जागिरकेन्द्र डटकम रहेका छन् ।

    बर्णमाला न्युज डटकम, सोलुशन डटकम, झोर्ले न्युज डटकम, हाम्रो साझा चौतारी डटकम, टाइम २४ नेपाल डटकम, निपोल न्युज डटकम, थ्री एम खबर डटकम, सुदुर समाज डटकम, टाइम्स अफ नेपाली डटकम, न्युज नेपाल पोस्ट डटकम, टुरिजम एरियाज डटकम, भेट्रान नेपाल डटकम, भ्वाइस समाचार डटकम, अनलाइन सुनापाटी दाहु डटकमलाई पनि नेपालभर खोल्न नमिल्ने गरि बालक गरिएको छ ।।

    यस्तै खबर कान्तिपुर डटकम, सिआइए नेपाल डटकम, पबित्र टिभी डटकम, एच खबर डटकम, ललितपुर खबर डटकम, एन्युज २४ नेपाल डटकम, बिबिसीइ नेपाल डटकम, नेपाल दीप डटकम, हाम्रो अभियान डटकम, निगरानी खबर डटकम, मिडिया माइ नेपाल डटकम, न्युज २७ मिडिया डटकम, भिजिट स्टार्ट डटकम, नेपाली अनलाइन न्युज डटकम, कास्की खबर डटकम रहेका छन् ।

    प्रेस काउन्सिल नेपालले चैत्र १२ गतेदेखि जेठ ८ गतेसम्म यसरी ब्लक गरिएका अनलाइन पोर्टलको मात्र सुची सार्बजनिक गरेको छ । नेपाल सरकारको सञ्चार मन्त्रालय अन्तर्गत सूचना तथा प्रशारण बिभाग र प्रेस काउन्सिलमा दर्ता गरि कानुनी प्रक्रिया पुरा नगरी संचालनमा रहेका अन्य थुप्रै अनलाइन पोर्टलहरु पनि बन्द गर्ने क्रम जारी नै रहेको जनाएको छ ।

    के समाचार लेखेका थिए बन्द गरिएका अनलाइनहरुले ?

    ब्लोक गरिएका ताजा एनपी डटनेट, दवर्ल्ड न्युज डटनेट, खबर ट्वान्टीफोर डेली डटकम, साझा फुलवारी डटस्पेस, मनास्लु खबर डटकम, आफ्नो खबर डटकम, एनपिन्युज डटकम, सप्तरंगीपोस्ट डटकमले “कोरोनाबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु” शिर्षकको समाचार प्रकाशन गरेका थिए । जव कि मृतक भनिएका व्यक्ति स्पतालमा उपचारत नै थिए ।

    यस्तै गोगल खबर डटकम र नेपालको समाचार डटकमले “बृद्धभत्ता एक हजार र कर्मचारी तलब २५ प्रतिसतसम्म बढाउने तयारी” शिर्षकको सरकारले निर्णय नै नगरेको भ्रामक समाचार प्रकाशन गरेको थियो ।  यस्तै इतारकेश्वर डटकमलले “काठमाडौंको माछापोखरीमा, देखियो १५ जनालाई (आरडीटी) कोरोना पोजेटिभ” भन्दै सरकारी निकायले पुष्टी नगरेको समाचार प्रकाशन गरेको थियो ।

    यस्तै अल्ट्रा नेपाल भन्ने अनलाइनले “आज बसेको सरकारको बैठकले लकडाउन खोल्न गर्यो यस्तो अति राम्रो निर्णय भिडियोसहित पूरा हेर्नुहोस्” भन्दै नागरिकलाई लकडाउन उलंघन गर्न उद्दत गर्ने खालको भ्रामक शिर्षकमा समाचार लेखेको थियो । यस्तै ताजाबहस डटकम, हाम्रोसरोकार डटकम, हाम्रै साझा पत्रिका डटकम, सुस्तासन्देश डटकम, समाचारबाटिका डटकम, राइक्वारखबर डटकम र न्युज ३६ मिडिया डटकमले “नेपालगञ्जमा मात्र २४ जना कोरोना संक्रमित, नेपालमा जम्मा ८४ जना पुग्यो” भन्दै भ्रामक समाचार लेखेका थिए ।

    यस्तै सिधा अनलाइन पोस्ट नामको पोर्टलले “प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदबाट राजीनामा दिएको घोषणा, १५ गतेबाट
    खुल्ने भयो लकडाउन, ‘कोरोना भाइरसको कारण विश्व १ अर्ब मानिस संक्रमण हुने, अमेरिकाले भन्यो कोरोनाको औषधी पत्ता लाग्यो, २ जना विरामी निको भैसक” शिर्षकमा अन्त्यत्यै भ्रामक र कपोकल्पित समाचार पोस्ट गरेको थियो ।

    यस्तै लाइभ १८ नेपाल डटकमले “केही दिनअघि काठमाडौंबाट आई क्वारेन्टाइनमा बसेका एक जनाको निधन, कोरोना भाइरसबाट १ अर्ब मानिस संक्रमित हुन सक्छन्, ३० लाखको ज्यान जान सक्छ, सम्भोगअघि महिलाका ९ रुचिहरु, जुन हरेक पुरुषले जान्नैपनेै हुन्छ, श्रीमती परपुरुषसँग सल्केको थाहा पाउन सकिने सजिलो उपाय ‘जानी राख्नुहोस्, यस्ता महिला, यी राशिका महिला निकै छिटो यौनसम्पर्क लागि तयार हुन्छन्, स्तन ठुलो र आकर्षक बनाउन युवतीहरुले अपनाउने तरिका जानी राखौं” जस्ता अश्लिल सामाग्री पोस्ट गरेको थियो ।

    यस्तै सरर खबर नामको अनलाइनले “कोरोनाको यस्तो डरलाग्दो नयाँ स्वरुप, यसरी सिधै मृत्यु, र सूर्य ४०० वर्ष यताकै चिसो, पृथ्वीको के होला हालत ? यसो भन्छन् वैज्ञानिक” जस्ता समाजमा आतंक सिर्जना गर्ने खालको समाचार पोस्ट गरेको थियो ।

    यस्तै गोरखाली नेपाल नामको अनलाइनले “२ दिन विश्वभर इन्टरनेट बन्द हुनसक्छ, एकै परिवारका तीन जनामा कोरोना
    सङ्क्रमित भेटिएपछि दमकमा उच्च सतकर्ता, सङ्क्रमितको घर र भुटानी शरणार्थी शिविरसमेत सिल, फेरि नेपालमा १४ वर्षीया बालकमा पनि देखियो कोरोना” जस्ता शिर्षकमा भाम्रक समाचार पोस्ट गरेको थियो । अन्य पोर्टलहरुले पनि यसरी नै हुँदै नभएका तथ्यहीन समाचार राखेका कारण बन्द गरिएका हुन् ।

      
    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आरआर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ