• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    एकाबिहानै कसले गरायो गाेकुल बास्कोटाको घरमा शक्तिशाली बि’स्फोट ? छिमेकीले दिए यस्तो बयान

    7.4K
    SHARES

    काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा ब’म वि’ष्फोट भएको छ । ब’म वि’ष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत ब’मले क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरमा बुधबार बिहानै ७ः४५ बजे बम विष्फोट भएको हो ।

    वि’स्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन् । मन्त्रीबाट राजीनामा दिएपछि पनि उनी आफ्नो निवास सरेका छैनन् ।

    घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेको छ । यो स्समाचार तयार पार्दासम्म उक्त ब’म बिस्फोटको जिम्मा कसैले पनि लिएको छैन । तर केहि अनलाइनहरुले प्रतिबन्धित नेकपाले बि’स्फोट गराएको हुनसक्ने आंकलन गरेको छन । यद्धपि यसबारेमा नेकपाले आफ्नो कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

    बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि ब’मले क्षति पुगेको छ । ब’मले घिमिरेको चार तला माथिको ढोका उप्किएको छ । सिसा पनि ब’मले फुटेको छ । साथै घरको प्लास्टर गरेको पिल्लर चर्किएको छ । घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यानमा पनि क्षतिग्रस्त भएको छ ।

    घिमिरेले भने, ‘म छोराछोरीहरुसहित घरमै थिएँ । खाना बनाइरहेको बेला ठूलो आवाजसहित भुइँचालो आएको जस्तो भयो । पछि हेर्दा जताततै चर्किएको, भत्किएको थियो ।’ बम विष्फोटका कारण बास्कोटाको घर वरिपरिका बासिन्दा त्रसित देखिन्छन् । प्रे’सर कुकर ब’म विष्फोट गराइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि घटनास्थलमा नेपाली सेनाको पीडीआई टोली पुगेको छ । क्षतिको पूर्णविवरण पनि प्राप्त भएको छैन ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए। सो बेला सार्वजनिक भएको टेपमा मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ