• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कसले लियाे बास्कोटाको घरमा भएको बिस्फोटको जिम्मा ? नेकपाले जारी गर्यो यस्तो पर्चा

    8.2K
    SHARES



    काठमाडाैं । पूर्वमन्त्री गोकुल बास्कोटाको घरमा भएको ब’म बिस्फोटको जिम्मा बिद्रोही नेकपा कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ । नेकपाले एक पर्चा जारी गर्दै बिस्फोटको जिम्मा लिएको छ । संचारकेन्द्रलाई प्राप्त उक्त पर्चामा नेकपाले ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ? शिर्षकमा उनको घरमा बि’स्फोट गर्नुको कारण खोलिएको छ ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाे,  २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाे, १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाे, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाे पर्चामा उल्लेख छ ।

    त्यस्तै मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडाैँ हिनामिना गरेकाे, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाे, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाे, राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाे पनि पर्चामा उल्लेख गरिएको छ ।

    त्यस्तै आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाे र देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले कारवाही गरिएको पर्चामा उल्लेख छ।

    रिमोट कन्ट्रोलबाट ब’म वि’स्फोट गराइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट ब’म वि’स्फोट गराइएको खुलेको जानकारी दिए ।

    ‘घरको कम्पाउन्डभित्र प्रेसर कुकर ब’म राखेर रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको देखिएकाे छ,’ भक्तपुर प्रहरी प्रमुख प्रधानले भने। प्रधानका अनुसार, घटनास्थलमा एक झोला पनि भेटिएको छ । जसभित्र प्रेसर कुकरका टुक्रा र वि’ष्फोटमा प्रयोग हुने सामग्रीहरु छन् ।

    एसपी प्रधानका अनुसार, बास्कोटानिवासमा आ’क्रमण हुने अनुमान प्रहरीले पहिल्यै गरेको थियो । त्यसैले अडियो काण्डपछि प्रहरीले बास्कोटा निवाससँगै वरिपरि सुरक्षा सतर्कता बढाएको थियो । तथापि, बुधबार बिहान विस्फोटको घटना भएको प्रधानले बताए ।

    ‘पूर्वमन्त्री गोकुल बास्कोटाज्यूको निवासमा कुनै घटना हुने पूर्वानुमान हामीलाई थियो,’ एसपी प्रधानले सञ्चारकर्मीसँग भने, ‘यही अनुमानका आधारमा हामीले मन्त्रीज्यूको निवास र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएका थियौं ।’ सुरक्षासतर्कताकै बीच कसरी विस्फोटको घटना भयो भन्नेबारे भने उनले केही खुलाएनन् ।

    पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बुधबार बिहान ७ः४५ बजे ब’म विस्फोट भएको थियो । विस्फोटबाट बास्कोटाको घरको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा क्षति पुगेको छ । वि’ष्फोटपछि सो क्षेत्रमा सेना र प्रहरीको टोली पुगेर अनुसन्धान जारी राखेका छन् । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि घटनास्थलको निरीक्षण गरेकी छन् ।

    बास्कोटाको छिमेकी कपिलदेव घिमिरेको घरमा पनि ब’मले क्षति पुगेको छ । ब’मले घिमिरेको चार तला माथिको ढोका उप्किएको छ । सिसा पनि ब’मले फुटेको छ । साथै घरको प्लास्टर गरेको पिल्लर चर्किएको छ । घर अगाडि पार्किङ गरेर राखिएको बा १९ च ४७८१ नम्बरको एउटा डेलिभरी भ्यानमा पनि क्षतिग्रस्त भएको छ ।

    घिमिरेले भने, ‘म छोराछोरीहरुसहित घरमै थिएँ । खाना बनाइरहेको बेला ठूलो आवाजसहित भुइँचालो आएको जस्तो भयो । पछि हेर्दा जताततै चर्किएको, भत्किएको थियो ।’ बम विष्फोटका कारण बास्कोटाको घर वरिपरिका बासिन्दा त्रसित देखिन्छन् । प्रे’सर कुकर ब’म विष्फोट गराइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि घटनास्थलमा नेपाली सेनाको पीडीआई टोली पुगेको छ । क्षतिको पूर्णविवरण पनि प्राप्त भएको छैन ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ८ गते राजीनामा दिएका थिए। सो बेला सार्वजनिक भएको टेपमा मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ