• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    सहिदको सपना पूरा गर्ने विप्लवको प्रतिबद्धता, ओली सरकारले दमन गरेको भन्दै गरे यस्तो अपिल, विज्ञप्तिसहित

    9.3K
    SHARES

    काठमाडौँ । प्रतिबन्धित विद्रोही नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जनयुद्धका महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । महासचिव विप्लवले  घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै सहिदको सपना पूरा गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।

    बुधबार साँझ एक विज्ञप्ति निकाल्दै काण्डै काण्डमा मुछिएको ओली सरकारले पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको भन्दै सबैलाई सहिदहरुको सपना पूरा गर्न महान अभियानमा लामबद्ध हुन अपिल समेत  गरेका छन् ।

    महासचिव विप्लवले उक्त विज्ञप्तिमा भनेका छन्, ‘फागुन १४ गतेदेखि २१ गतेसम्म हाम्रो पार्टीले सहिद दिवस मनाउँदै आएको छ । यस एकीकृत जनक्रान्तिको रगत पसिना मिसिएको छ । यी सबै सहिदहरुप्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइते तथा सहिद परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’

    विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘मानव जातिको मुक्तिको लागि संसारभरी स्वाभिमान मान्छेहरु बढिराखेका छन् त्यसमा सबै भन्दा महान र स्वाभिमान सहिदहरु नै हुन । तर शान्ति प्रक्रियामा आएपछि उनीहरुप्रति विश्वासघात भयो परन्तु हामीले इतिहासलाई उच्च राखेका छौं । जनयुद्धका सहिदहरुको रगतमाथि एकीकृत जनक्रान्तिका महान सपुतहरुको रगत मिसिएको छ ।’

    महासचिवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘काण्डै काण्डमा मुछिएको ओली सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएर रक्तपिपासु दमन गरी राखेको छ । तर, हामीलाई विश्वास छ यी तत्वहरु फोहोरको डङ्गुरमा पुग्नेछन् अथवा हामी सहिदहरुको सपना पूरा गर्ने महान अभियानमा लामबद्ध हुने सबैसँग अपिल गर्दछौं र यसकोलागि आफ्नो प्रतिबद्धतासमेत जाहेर गर्दछौं ।

    अखिल क्रान्तिकारीले आज (बुधबार) देशभर आम शैक्षिक हडताल गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले नेता कार्यकर्ताको गिरफ्तारी र संगठनमाथि सरकारले अघोषित रुपमा प्रतिबन्ध लगाएको भन्दै एकदिने आम शैक्षिक हडतालको घोषणा गरेको थियो ।

    संगठनका उपाध्यक्ष रुद्र भट्टराईले नेताहरुको गिरफ्तारीप्रति आपत्ति जनाउँदै रिहाईको मागसहित चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए । सोहीअनुसार अखिल क्रान्तिकारीले बुधबार शैक्षिक संस्था बन्दको लागि आह्वान गरेको थियो । काठमाडौं उपत्यकासहित देशभरका सबै शैक्षिक संस्था प्रभावित भएका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ