• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माइला लामालाई पक्राउ गरिरहेको भिडियो-फोटो खिचिरहेका ३ पत्रकारसहित ४ जना गिरफ्तार

    9.8K
    SHARES



    काठमाडाैं । समाचार संकलनका लागि जिल्ला अदालत ललितपुर पुगेका ३ पत्रकारसहित ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा रिहा हुने भएपछि पत्रकारहरु अदालत पुगेका थिए ।

    आइतबार लामासहित नेताहरू नबिन बिश्वकर्मा, धिरेन्द्रा उपाध्याय र इश्वरलाई उच्च अदालत पाटनले रिहा गर्न अादेश दिएकाे थियाे । साेहि प्रक्रिया पुरा गर्न नेताहरूलाई प्रहरीले जिल्ला अदालत उपस्थित गराइएकाे थियाे । त्यहाँबाट रिहाभएलगत्तै लामासहित चारै जनालाई गिरफ्तार गरेको थियो ।

    सोहि क्रममा फोटो र भिडियो लिइरहेको अवस्थामा प्रहरीले अथक मासिकका प्रकाशक खम्बु चन्द, अनलाइन डबली डटकमका पत्रकार धनन्जय बुढा र रेडियाे मिर्मिरेका पत्रकार शाहस भट्टलाई समेत प्रहरीले समातेर लागेको छ । त्यस्तै खेलाडी पुरुश्वोत्तम बुढाथोकीलाई पनि प्रहरीले सोहि स्थानबाट बिनाकारण गिरफ्तार गरेको छ । पत्रकार खम्बु चन्द, धनन्जय बुढा र शाहस भट्टलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएकाे छ ।

    ललितपुर जिल्ला अदालतले एनसेल मुख्यालयमा भएको ब’म वि’स्फो’टको घटनामा संलग्न रहेको भन्दै लामासहित नेकपा नेताहरूलाई पुर्पक्षामा पठाउने फैसला गरेको थियो । त्यस्तै जिल्ला अदालतले राज्य वि’रु’द्धको अपराध समेत ठहर गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत ललितपुरको आदेशवि’रुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए ।

    उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेतालाई निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियाे । उनीहरुलाई विभिन्न समयमा प्र’हरीले गि’र’फ्तार गरेर हि’रा’सतमा लिएपछि ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु का’रा’गारा चलान गरेको थियो ।

    माओवादी जनयुद्धका चर्चित क्रान्तिकारी योद्धामध्ये माइला लामा एक हुन् । तत्कालीन राज्य सत्ता पल्टाउने योजनासहित जनयु’द्धमा होमिएका लामा घाइते समेत छन् । उनले यु’द्धकै क्रममा एउटा आँखा र एउटा कान गुमाएका छन् । प्रचण्ड नेतृत्वको माओवादी विघटन भएसँगै धेरैवटा माओवादी बनेका छन् । प्रचण्डबाट मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीमा पुगेका लामा किरणबाट नेत्रविक्रम चन्द ‘विप्लव’ अलग भएपछि विप्लव नेतृत्वको नेकपामा छन् । विद्यार्थी जीवनबाटै गीत संगीतमा रुची राख्ने लामाले जनयु’द्धको क्रममा सयौँ जनवादी गीत सिर्जना गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ