• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एनसेलले यस्तो तयारी गरेपछि विप्लव नेतृत्वको नेकपा आक्रोशित, दियो कडा चेतावनी, विज्ञप्तिसहित

    9.9K
    SHARES



    काठमाडौँ । अरबौं करछली गर्दै आएको निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले ‘एनसेल मेला २०७६’ को तयारी थालेपछि विप्लव नेतृत्वको नेकपा आक्रोशित बनेको छ । नेकपाले एनसेललाई भ्रष्ट एवम् ठग कम्पनीको संज्ञा दिँदै मेला गर्न नदिने चेतावनी दिएको छ । उक्तपार्टीका प्रवक्ता प्रकाण्डले मङ्गलबार विज्ञप्ति जारी गर्दै कथित मेला गर्न नदिने चेतावनी दिएका हुन् ।

    प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाल र नेपाली जनताको मर्यादा उल्घङ्लन गरेको, कर तिर्न अस्वीकार गरेको, नेपालका नेताहरूलाई घूस र एकाधिकार पुँजीको प्रभाव र दबाबमा रहेको, न्यायिक निकायलाई खरिद गरेको र व्यापक भ्रष्टाचार गरेका कारण उक्त कम्पनीलाई आफ्नो पार्टीले कारबाही गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

    ‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाल र नेपाली जनताको मर्यादा उल्घङ्लन गरेको, कर तिर्न अस्वीकार गरेको, नेपालका नेताहरूलाई घूस र एकाधिकार पुँजीको प्रभाव र दबाबमा रहेको, न्यायिक निकायलाई खरिद गरेको र व्यापक भ्रष्टाचार गरेका कारण उक्त कम्पनीलाई हाम्रो पार्टीले कारबाही गर्दै आएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

    नागरिक अगुवा र अभियन्ताहरूले एनसेल बहिष्कार अभियान चलाइरहेका बेला पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन नसकिने प्रकाण्डले बताएका छन् । ‘नागरिक अगुवा र अभियन्ताहरूले एनसेल बहिष्कार अभियान चलाइरहेका छन् । यस्तो अवस्थामा उक्त भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन ।’ प्रकाण्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ
    ‘दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल नेपाल र नेपाली जनताको मर्यादा उल्घङ्लन गरेको, कर तिर्न अस्वीकार गरेको, नेपालका नेताहरूलाई घूस र एकाधिकार पुँजीको प्रभाव र दबाबमा रहेको, न्यायिक निकायलाई खरिद गरेको र व्यापक भ्रष्टाचार गरेका कारण उक्त कम्पनीलाई हाम्रो पार्टीले कारबाही गर्दै आएको छ । नागरिक अगुवा र अभियन्ताहरूले एनसेल बहिष्कार अभियान चलाइरहेका छन् । यस्तो अवस्थामा उक्त भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित बनाएको छ । पर्यटन वर्षको बहानामा एनसेललाई देश लुट्न छूट दिन सकिँदैन । तसर्थ उक्त मेला बन्द नगरे कडा कारबाही गर्न पार्टी बाध्य हुने चेतावनी दिन चाहन्छौँ र कलाकार, विद्यालय, खेलमैदानका व्यवस्थापकहरूलगायत सबै नागरिकहरूलाई उक्त भ्रष्ट कम्पनीलाई सहयोग नगर्न तथा एनसेल कम्पनीको कुनै पनि कार्यक्रममा सहभागी नहुन अपिल गर्दछौँ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ