• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपा बैठकमा प्रहरी छापा, उच्चस्तरीय नेताहरुसहित २१ जना गिरफ्तार

    14.3K
    SHARES



    कमल बुढा, काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट बैठकमा प्रहरीले छापा हानेको छ । छापा हानेर प्रहरीले पार्टीका केहि उच्चस्तरीय नेताहरुलाई गिरफ्तार गरेको नेकपाले जनाएको छ । नेकपाले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार प्रहरीले नेपाल-भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोलाबाट नेकपा उच्चस्तरीय नेतासहित २१ जनालाई गिरफ्तार गरेको छ ।

    पार्टीको हाइ कमाण्डबाट संचारकेन्द्रलाई प्राप्त नामावली अनुसार पार्टीका मध्यपश्चिम कमाण्ड इन्चार्ज तथा विप्लवका दाई चन्द्रबहादुर चन्द ‘बिरजंग’, पार्टीको राप्ती ब्युरो इन्चार्ज तथा केन्द्रिय सदस्य केश बहादुर बाठा मगर ‘सुवास’ रहेका छन् ।

    त्यस्तै राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा (सुन्दर), कार्यालय सचिव सविन पोख्रेल, जिल्ला इञ्चार्ज यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन, जंगली, सुनिल पौडेल र क्षेत्र नं. ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी पनि पक्राउ रहेका छन् ।

    यस्तै त्यस्तै, क्षेत्र नं. १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान), तिलक पुन, दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, सदस्य हितप्रसाद रोका, पोष्टमान घर्ती, दलबहादुर घर्ती, अमित घर्ती मगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, कुलबहादुर वली र विष्णु थापा पनि गिरफ्तार परेका छन् ।

    प्रहरीले बुधबार नेकपाको राप्ति ब्युरो बैठक बसिरहेको स्थानमा घेरा हाली उनीहरुलाई मध्यरति गिरफ्तार गरेको थियो । नेकपाले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार प्रहरीले नेपाल-भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोलाबाट उच्चस्तरीय नेतासहित २१ जनालाई गिरफ्तार गरेको हो ।

    ५ नं. प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले विशेष सुराकीका आधारमा बैठकस्थल घेरेर २१ जना नेतालाई गिरफ्तार गरेको बुझिएको छ । गिरफ्तार परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङ ल्याइएको बताएइको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ