• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीसहित ९ जना पत्रकार रेडियो नेपालबाटै गिरफ्तार

    13.7K
    SHARES



    काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका केन्द्रीय उपाध्यक्ष जन्मदेव जैसीसहित ९ जना पत्रकारहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले उनीहरुलाई रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरवारबाटै गिरफ्तार गरेको हो । जैसीसहितका ९ जना गिरफ्तार पत्रकारहरुलाई महेन्द्र पुलिसक्लबमा राखिएको छ । गिरफ्तार पर्नेहरुमा जैसीसँगैजैसीसँगै गिरफ्तार परेका महासंघ सचिव रामप्रसाद दाहाल, प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटी, यम बिरही, मीन बम, प्रेस युनियन केन्द्रिय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर, पत्रकारहरु प्रकाश बम, चक्र कुवंर र दिलिप पाैडेल रहेका छन् ।

    जैसीले सामाजिक सञ्जाल फेसबुकमा समेत आफूहरुलाई प्रहरीले गिरफ्तार गरेर लागेको उल्लेख गरेका छन् । ‘हामीलाई रेडियाे नेपालबाट गिरफ्तार गरिएकाे छ । पक्राउ गरिएकामा सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, प्रेस युनियन महासचिव अजयबाबु शिवाकाेटी, पत्रकार महासंघ डाेटी शाखा अध्यक्ष याेगेन्द्र बलायर निस्काशित साथीहरु प्रकाश बम, चक्र कुँवर दिलिप पाैडेल छन् ।’

    रेडियाे नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्कासित पत्रकारकाे पुनर्वहालीका लागि पत्रकार महासंघले आन्दोलन गरिरहेको छ । सोमबार पनि पत्रकारहरुको पुनर्वहालीको माग राख्दै रेडियो नेपाल पुगेको महासंघसहित पत्रकारको टोलीमाथि धरपकड गरेर प्रहरीले गिरफ्तार गरेको हो । केहिदिन अघि मात्रै पनि महासंघले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्रै रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गरेको थियो ।

    रेडियो नेपालले निस्कासन गरेका डोटीका तीनै जना पत्रकारको पुनर्बहाली गरेर श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे सरकारविरुद्ध अझै आन्दोलन चर्काउने चेतावनी महासंघले दिदै आएको छ । रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।
    तस्वीर: सोभराज बराल

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ