• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवलाई बदनाम गराउन ‘पत्रकारहरु’को चन्दाधन्दा, काठमाडौँबाट तीन पत्रकार पक्राउ

    13.6K
    SHARES



    काठमाडौं । पछिल्लो समय पत्रकार पक्राउ पर्ने क्रम बढदै गएको बेला प्रहरीले आज तीजको डर खाने दिन आइतबार तीन जना पत्रकारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले नेत्रबिक्रम चन्द ‘बिप्लबको नाममा धम्क्याउँदै असुली गरेको अभियोगमा तीन जना पत्रकारलाई पक्राउ गरेको हो । बिप्लवको नाममा बमको धम्की दिँदै सरकारी कर्मचारीहरुबाट रकम असुली गरेको आरोपमा जनध्वनी साप्ताहिकका सम्पादक सुवास कोईरालासहित पत्रकारहरु बिश्वराज शर्मा र शुभम घिमिरेलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । महाशाखाका एसपी केदार ढकालका अनुसार अभियुक्तहरुले ‘बिप्लव नेतृत्वको नेकपाको काठमाडौं इञ्चार्ज हुँ’ भन्दै सरकारी कर्मचारीलाई चन्दा माग्ने र नदिएमा घरमा ब’म पडकाउने र मा’र्ने धम्की दिने गरेका थिए । नेकपा महासचिव विप्लवको नाम बदनाम गराउन पत्रकार नै चन्दा धन्दामा लागेको बुझिएको छ ।

    यसैबीच नेपाल कम्युनिष्ट पार्टीले स्थापना गरेको जनसत्ता कालिकोट जिल्ला जनपरिषदले जिल्लामा मदिरा सेवनले विकृति विसंगति निम्त्याएको भन्दै नियन्त्रणको अभियान पुनः शुरु गरेको छ । जिल्ला जनपरिषदको तर्फबाट अर्जुन विकले शनिबार एक विज्ञप्ती जारी गदै मदिरा नियन्त्रणको अभियानमा सहयोग गर्न सबै जिल्लाबासीमा अपिल गरेका छन् । विज्ञप्तीमा जनताको वैकल्पिक सत्ताको रुपमा स्थापीत जनपरिषदले समाजमा मौलाउदै गएको विकृति विसंगति, भ्रष्टचार, कमिसनतन्त्रका विरुद्ध संघष गर्दै आएको उल्लेख गरिएको छ ।

    विज्ञप्तीमा भनिएको छ- “देशमा गहिरिंदै गएको राजनीतिक संकट र बर्तमान सरकार विरुद्ध बढ्दै गएको जनआक्रोशको समुचित बिकास आजको आवश्यकता हो” वर्तमान तिनै तहको कथित सरकारबाट गरेको नेपाली जनताको गास,वास,कपास ,शिक्षा, स्वास्थ्य, रोजगारी विकाश निर्माण शुशानको आशा पुरै निराशामा परिणत भएको तथा भ्रस्टचार, कमिशनखोर,कर,आतंक,जाड,रक्सि, जुवातास लगाएतका जनविरोधी कार्यले जनता निकै प्रताडित भएको उक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडी भनिएको छ’- कथित जनप्रतिनिधिहरु जनताको सेवक नभई शाशकमा रुपान्तरण हुँदा जनताले आफ्नो वैकल्पिक शक्ति अनिवार्य रोक्नुपर्ने बाध्यता छ । र जनताको वैकल्पिक सत्ताको रुपमा स्थापित जनपरिषदले समाजमा मलाउदै गएको विकृति,विसंगति भ्रस्टचार,कमिसनतन्त्रको विरुद्ध संघर्ष गर्दै आएको बिज्ञप्तिमा उल्लेख छ ।

    दुई वर्ष अगाडी देखी कालिकोटमा मदिरा नियन्त्रणका लागि पहल गर्दै आएको र विविध कारणले यो विचमा फेरी पनि मदिरा बेचविखन र सेवनको कार्य गरेको देखिन्छ । जसले गरिब जनतालाई यो वा त्यो रुपमा प्रत्क्षय रुपमा हानि पुर्याएको छ ।” त्यसैले अब देखि व्यापारी महानुभावहरुलाई मदिरा बेचविखनको कार्य नगर्न नगराउन यसै विज्ञप्ती मार्फत अपिल गर्दै घरेलु मदिराको लागि गाउँ टोल सर्च अभियान संचालन गरिने छ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा कुनै पनि हालतमा नियन्त्रण अभियानलाई आम कालिकोट निवासी आमा बुवा, दाजु भाई, दिदी बहिनी, व्यापारी, उद्योग बाणिज्य संघ लगायत सरोकारवाला निकायलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौ भनिएको छ । विज्ञप्तीको अन्तमा समाजमा अप्रिय घटना बढदै गईरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नियन्त्रण अभियानमा असहयोग गर्नेहरुले क्षतिको जिम्मेवार स्वंमनै हुनुपर्ने चेतावनी समेत दिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ