• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि लामिछानेका नाममा पूर्वपत्नी इशा लामिछाने लेखिन यस्तो भावुक पत्र, जसले रसाए सबैका आखा

    72.7K
    SHARES



    काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछानेले रविका नाममा अमेरिकाबाट एउटा पत्र लेखेकी छिन । पत्रकार शालिकराम मृ’त्यु प्रकरणमा १० दिन हिरासत बसेर ५ लाख धरौटीमा रिहा भएका लामिछानेको नाममा पत्र लेख्दै उनले आफूहरुको डिभोर्सपछि दुई छोरीहरुको एक्लो अभिभावकत्व आफ्नो काँधमा आएको बताएकी छिन । डिभोर्सपछि २ जनाको बाटो अलग-अलग भएर रविले नेपालमा नयाँ संसार बसाले पनि आफु भने अमेरिकामा छोरीहरुको सहारामा बाँचिरहेको बताएकी छिन। यस्तो छ उनले लेखेको पत्र जस्ताको त्यस्तै..

    ‘हुन त मैले यो विषयमा केही बोल्नु उचित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु । रवि लामिछाने मैले २५ वर्ष सहयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डिभोर्सपछि दुई छोरीहरुको एक्लो अभिभावकत्व मेरो काँधमा आएको छ । डिभोर्सपछि हाम्रो बाटो अलग-अलग भयो । उनले नेपालमा नयाँ संसार बसाले । म अमेरिकामा छोरीहरुको सहारामा र उनीहरुलाई सहारा दिएर बाँचिरहेकी छु । डिभोर्सका क्रममा रविले मसित केही कागजी र केही मौखिक प्रतिवद्धताहरु गरेका थिए ।

    त्यसअनुसार अमेरिकामा रहेको घरको मासिक किस्ता भुक्तानी गर्ने जिम्मेवारी उनले लिएका थिए । तर, उनले नियमित रकम नपठाएपछि तीन महिना अगाडि बैंकले घर लिलामीको नोटिस निकाल्यो । त्यसपछि उनले पठाएको केही पैसा र म आफैंले बाँकी रकम जोहो गरेर बैंकको किस्ता क्लियर गरेँ । आगामी दिनमा उनले प्रतिवद्धता पूरा गर्नेछन् भन्ने विश्वास लिएकी छु । अन्यथा, मैले पनि कानूनी उपचारको खोजी गर्नुपर्ने हुन सक्छ । रवि पक्राउ परेको खबरले अमेरिकामा हामी आमाछोरी चिन्तित बन्यौं । खासगरी ठूली छोरी निकै दुःखी थिइन् । मलाई पनि ननिको लाग्यो ।तर, यतिबेला नेपालमा रविलाई अर्को संकटले घेरेको छ । आ’त्मह’त्या दुरु’त्सा’ह’नजस्तो गम्भीर मुद्दा लागेर पक्राउ परेर हालै पाँच लाख धरौटीमा रिहा भएका छन् । मुद्दाको फैसला भएको छैन ।

    कागजीरुपमा सम्वन्ध अन्त्य भए पनि भावनात्मक सम्वन्ध नष्ट हुन समय लाग्दोरहेछ । सायद मैले आफ्नो मनबाट उनलाई पूर्णरुपमा निकाल्न सकेकी थिइनँ । त्यसैले उनलाई यो विपत्ति आइलाग्दा म बेचैन बनेँ । तर, सिक्काको अर्को पाटो पनि उत्तिकै संवेदनशील थियो । अर्को पाटोमा मजस्तै एक स्त्रीको सिउँदो पुछिएको थियो । र, उनका श्रीमानले मर्नेबेलामा रुँदै-रुँदै आफूलाई आ’त्म’ह’त्या गर्न विवश तुल्याएको भनेर रविको नाम लिइरहेका थिए । भिडियो हेरेपछि म निकै सोचमा परेँ । के धेरै मानिसहरुका लागि भगवान बनेको रविबाट कसैलाई आ’त्म’ह’त्यासम्म धकेल्ने दानवीय कर्म भयो होला ? मैले अझै पत्याउन सकेको छैन ।

    यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको हुनाले अन्तिम निचोड निकाल्ने उसैको जिम्मेवारी हो । एउटा भिडियोलाई मात्रै आधार मानेर पक्कै पनि प्रहरीले र अदालतले निर्णय लिँदैन होला । भिडियोमा दिइएको वयान कति सत्य हो भनेर पत्ता लगाउने अन्य प्रमाणहरु जुटाइएलान् । र, अन्त्यमा सत्यता बाहिर आउला । म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सावित नहोस र रवि निर्दोष प्रमाणित होउन् । तर, मेरो कामनाले भन्दा पनि रविलाई उनकै कर्मले जोगाउने हो । यदि गलत काम गरेका छैनन् भने नखाएको विष पक्कै नलाग्ला । यदि शालिकरामले लगाएको आरोप सत्य ठहरियो भने रविका हजारौं प्रशंसकजस्तै म पनि निराश हुनेछु । भिडियोमा रविमाथि मृतक शालिकरामले लगाएको अर्को आरोपले पनि मलाई उत्तिकै स्तब्ध बनाएको छ ।

    रविले सिधा कुरा कार्यक्रम चलाउँदा मानिसहरुबाट करोडौं रकम असुल गरेको आरोप मृतकले लगाउनुभएको छ । मैले २५ वर्ष रविसँग दाम्पत्य सम्वन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इमान्दार र प्रतिवद्ध थिए । अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई निस्वार्थ सहयोग गरेका हुन् । सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उपकार गरेको सुनेकी छु । तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खाएको आरोप लगाइरहँदा त्यसले मलाई अचम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन । एउटा श्रीमतीका रुपमा मलाई रविलाई दिएका चोटहरु असंख्य होलान् । त्यो सम्झनेबेला अहिले होइन ।

    रवि हिरासतबाट निस्के पनि दोषमुक्त भएका छैनन् । म चाहन्छु- अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् । शालिकरामकी पत्नी सम्झनाले न्याय पाउन् । यदि निर्दोष भए रविले पनि न्याय पाउन् । हिजो बुवाको मुख हेर्ने दिन । अघिल्ला वर्षमा छोरीहरु यस दिन कति उत्साहित हुन्थे । मेरा छोरीहरुका पितालाई ‘फादर्स डे’ को शुभकामना छ । आफ्नो संसारमा भुलेर छोरीहरुलाई बिर्सियौ भने पनि छोरीहरुले तिमीलाई कहिल्यै भुल्न सक्ने छैनन् । किनकी एकपटकको बाबु सधैंको बाबु हो । ‘पूर्वश्रीमान’ भनेजस्तो ‘पूर्वबाबु’ वा ‘पूर्वछोरी’ कहिल्यै हुँदैन ।’

    इशा लामिछानेको पत्र समयसान्दर्भिक लागेकोले हामीले अनलाइन खबरबाट साभार गरेका हौ । जसको लिंक यहाँ राखिएको छ । (https://www.onlinekhabar.com/2019/08/792464 )

    यता रवि लामिछानेविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा पनि मुद्धा परेको छ । दिलिपसिंह विष्टका दाई खड्क बिष्टले रवि लामिछाने, सीआईबीका तत्कालीन डिएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरेका हुन् । दिलिप विष्टलाई निर्मला बला’त्का’र–ह’त्या प्ररकणमा प्र’हरीले हिरासतमा लिएर अनुसन्धान गरेको थियो । घटनामा संलग्न भन्दै सार्वजनिक समेत गरिएको थियो । तर, डिएनए नमिलेपछि उनी हिरासतमुक्त भएका थिए । दिलिपको अनुसन्धान तत्कालीन सीआईबीका डिएसपी जिसीले नै गरेका थिए । जिसीले उनीसँग लिएको भिडियो बयान सञ्चार माध्यममा सार्वजनिक भएको थियो ।

    निर्मलाको बला’त्का’रपछि ह’त्या भएको एक वर्षपछि लामिछानेले न्यूज २४ बाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा दिलिपको त्यही भिडियो प्रशारण गरेका थिए भने सोही कार्यक्रममा जिसीले दिलिप नै निर्मलाको बलात्कार तथा हत्यमा संलग्न रहेको दाबी गरेका थिए । दिलिपबाहेक अर्काे मान्छे हुनै नसक्ने उनले दाबी गरेका थिए । अनुसन्धानपछि घटनामा संलग्न नदेखिएर प्रहरीले छोडका व्यक्तिका विषयमा भ्रम हुनेगरि टेलिभिजनबाट कार्यक्रम प्रशारण गरेको तथा निलम्बित डिएसपी जिसीले मानमर्दन हुने काम गरेको भन्दै उनीहरुविरुद्ध मानहानीको मुद्धा दायर भएको स्रोतले जनाएको छ ।

    त्यति मात्र होइन, लामिछानेले निर्मला प्रकरणलाई नजिकबाट हेरिरहेका पत्रकार खेम भण्डारीको समेत कार्यक्रमको अर्काे अंकमा अन्तर्वार्ता लिएका थिए । सोही कार्यक्रममा पनि दिलिप नै दोषी भएको र उनलाई भण्डारीले जोगाउन खोजेको भन्ने आशयबाट ‘चर्काचर्की’ भएको थियो । कार्यक्रममा निलम्बित डिएसपी पनि सहभागी थिए । आफूलाई जानकारी नदिई उनलाई सहभागी गराइएको पत्रकार भण्डारीको आरोप छ ।

    सोही कार्यक्रमपछि पत्रकार भण्डारीले हालै लामिछाने र न्यूज २४ विरुद्ध पत्रकार आचारसंहितको नांगो उलंघन गरेको भन्दै प्रेस काउन्सिलमा पनि मुद्धा दायर गरिसकेका छन् । उनले लामिछानेले सोही कार्यक्रमबाट माफी माग्नुपर्ने लगायत हदैसम्मको कारवाही माग गरेका छन् । यसअघि कार्यक्रम प्रस्तोता लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आ’त्मह’त्या दु’रु’त्साहन सम्बन्धी मुद्धा परेको थियो । उनी १० प्रहरी दिन हिरासत बसेर जिल्ला अदालतको आदेशपछि गत ९ गते सोमबार ५ लाख रुपैयाँ धरौटी बुझाएर हिरासमुक्त भएका थिए । उनीसँगै न्यूज २४ कै पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्की पनि अनुसन्धानमा तानिएका थिए ।

    यसअघि लामिछाने बिरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका छन। २३ दिनअघि मात्रै उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बला’त्का’र पछिको ह’त्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन । पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदैसम्मको कार्बाहीको माग गरेका छन ।

    ‘…रवि लामिछानेले पत्रकारिताका आधारभूत सिद्धान्त, मान्यता, विश्वव्यापी रुपमा प्रचलित आचारसंहिता तथा देशभित्रकै आचारसंहिताको नग्न उल्लंघन गर्दै मलाई बदनाम गर्ने तथा निर्मला प्रकरणलाई दवाउन भइरहेका विभिन्न प्रयासलाई सघाउने काममा मतियारको भूमिका गरेका छन्,’ भण्डारीले काउन्सिलमा दर्ता गरेको उजुरीमा भनेका छन् । निर्मला पन्तको बला’त्का’रपछि हत्या प्रकरणसँग सम्बन्धित रहेर साउन २१ गते प्रसारित कार्यक्रममा आफूलाई मात्र ‘गेस्ट’को रुपमा बोलाउनुपर्ने शर्तको उल्लंघन गरिएको पनि भण्डारीको आरोप छ ।

    भण्डारीका अनुसार ‘सिधा कुरा जनतासँग कार्यक्रम’को टिमले २०७६ साउन ११ गतेबाट निर्मला प्रकरणकाबारे सामग्री प्रस्तुत गरिएको थियो । १६ साउन २०७६ को कार्यक्रममा आफ्ना फेसबुक स्टाटस तथा आफू सम्पादक रहेको अखबारका विषयलाई लिएर असन्तुलित तथा एकतर्फी सामग्री प्रस्तुत गरिएको पनि भण्डारीको आरोप छ ।

    यस्तो छ खेम भण्डारीको उजुरी
    ‘विपक्षीहरुले पत्रकारिताका विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहितको नग्न उल्लंघन गर्दै म निवेदकमाथि अन्याय गरेको तथा पत्रकारिता पेशालाई नै कलंकित पार्ने गरी काम गरेकोले विपक्षीहरुविरुद्ध तपशीलअनुसारको दलिल तथा प्रमाण पेश गर्दै उल्लेखित मागदावी अनुसारको कारबाही होस् भनी यो निवेदन पेश गरेको छु ।

    १. २०७५ साल श्रावण ११ गते बलात्कारपछि मृ’त अवस्थामा भेटिएकी जिल्ला कञ्चनपुर भीनपा–२ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तका बारे म निवेदकले निरन्तर रुपमा लेख्दै आएको छु । सम्पूर्णतः तथ्यमा आधारित भएर मैले प्रहरी अनुसन्धानमा भएका त्रुटी तथा सो घटनाका दोषीलाई बचाउने नियतका साथ निर्दोषलाई फसाउने विभिन्न प्रयासको विरोध गरेको छु । मैले नेपाल सरकारद्वारा गठित उच्चस्तरीय छानविन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञ टोलीको प्रतिवेदनका आधारमा अनुसन्धान अगाडि बढाउनुपर्ने माग गर्दै कलम चलाउँदै आएको छु । मैले सो प्रकरणमा प्रचलित कानुन तथा पत्रकार आचारसंहिताको कहिंकतै उल्लंघन गरेको छैन ।

    २. निर्मला प्रकरणमा मैले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको उपभोग गर्दै कलम चलाइरहेको बेला मैले विभिन्न खालका षड्यन्त्रहरुको सामना पनि गर्नुपरेको छ । विभिन्न समाचार पोर्टलमा आधारहिन तथा तथ्यहिन तरिकाले मेरो मानमर्दन गर्ने र निर्मला प्रकरणलाई दबाउने प्रयत्न भइरहेको पृष्ठभूमिमा सञ्चारको मूलधार रहेको न्यूज–२४ टेलिभिजन, सो टेलिभिजनबाट सञ्चालन हुने ‘सीधा कुरा जनतासँग’ तथा सो कार्यक्रमका चिफ प्रोड्यूसर रवि लामिछानेले पत्रकारिताका आधारभूत सिद्धान्त, मान्यता, विश्वव्यापी रुपमा प्रचलित आचारसंहिता तथा देशभित्रकै आचारसंहिताको नग्न उल्लंघन गर्दै मलाई बदनाम गर्ने तथा निर्मला प्रकरणलाई दवाउन भइरहेका विभिन्न प्रयासलाई सघाउने काममा मतियारको भूमिका गरेका छन् ।

    ३. निर्मला प्रकरणका बारेमा विपक्षीहरुले २०७६ साउन ११ गतेबाट सो कार्यक्रममा सामग्री प्रस्तुत गर्न थालेका थिए । २०७६ साउन १६ को कार्यक्रममा विपक्षीहरुले मेरा फेसबुक स्टाटस तथा मैले सम्पादन गर्ने अखबारका आधारमा असन्तुलित तथा एकतर्फी सामग्री प्रस्तुत गरे । मैले निर्मला प्रकरणलाई तोडमरोड गरेको भन्दै विपक्षीहरुले आफूलाई अनुकूल हुने मेरा फेसबुक स्टाटसलाई अतिरञ्जित तरिकाले प्रस्तुत गरेका छन् । २०७५ साउन ११ देखि १५ सम्म र २०७६ भाद्र ७ देखि १० गतेसम्मका मेरा स्टाटसलाई लुकाएर विभिन्न सन्दर्भमा मैले लेखेका स्टाटसको सन्दर्भ नै नखुलाई नितान्त मनोगत र दुर्नियतका साथ रिपोर्ट प्रस्तुत गरियो । पत्रकारिताको आधारभूत तत्व ‘सन्तुलन’लाई लज्जास्पद तरिकाले उपेक्षा गर्दै मलाई यथोचित स्थान नै नदिई विपक्षीहरुले नेपाली पत्रकारिताकै अनुहारमा कालो पोत्ने गरी काम गरेका छन् ।

    ४. २०७६ साउन १६ को अंकपछि दवाव उत्पन्न हुँदा विपक्षीहरु मलाई सो कार्यक्रममा स्थान दिन सहमत भए । सहमति अनुसार २०७६ साउन २१ को अंकको पूरै समय मलाई दिनेसहितका शर्तमा म सो टेलिभिजनको स्टुडियोमैं उपस्थित हुने सहमति भयो तर विपक्षीहरुले पत्रकारिताका सबै आधारभूत मान्यता र सिद्धान्तको धज्जी उड्ने गरी सो अंकमा निम्नानुसारका गैरव्यावसायिक व्यवहार गरे

    (क) दर्शकहरुलाई बुझ्न सजिलो होस् भनी मैले तयार गरेका सामग्री निर्धारित कार्यक्रमभन्दा एक दिन पहिले नै मैले मेरो इमेलबाट गुगल ड्राइभ प्रयोग गरी कार्यक्रमका उत्पादक दीपक बोहराको इमेलमा पठाएको थिएँ । विपक्षीहरुले व्यावसायिक आचरणविरुद्ध तत्काल मेरा इमेल निर्मला प्रकरणमा निलम्बित तथा कञ्चनपुर जिल्ला अदालतमा यातना तथा प्रमाण नष्ट सम्बन्धी मुद्दा खेपिरहेका निलम्बित डिएसपी अंगुर जिसीलाई फरवार्ड गरिदिएका रहेछन् । निज जिसीले गुगल ड्राइभमा ‘एक्सेस’ माग्दा गैरव्यावसायिक तरिकाले इमेल फरवार्ड गरिएको मैले थाहा पाएँ । सोको सबै प्रमाण यसैसाथ संलग्न छ । विपक्षीहरुको यस्तो व्यवहारले पत्रकारितालाई विचौलिया धन्दाका रुपमा प्रयोग गरेको मेरो ठम्याई छ ।(ख) पूर्वशर्त अनुसार सो अंकको पूरै समय म एक्लैलाई प्रदान गरिनुपर्नेमा कार्यक्रम सुरु भएको करिब १० मिनेटसम्म पनि लुकाएर अकस्मात स्टुडियोमा निलम्बित डिएसपी अंगुर जिसीलाई उपस्थित गराइयो । जुन आरोपमा जिसी निलम्बित भएका हुन् र जुन अभियोगमा उनीमाथि अदालतमा मुद्दा चलिरहेको छ सोही विषयको विज्ञका रुपमा चोरबाटोबाट जिसीलाई कार्यक्रममा प्रवेश गराइयो । यो पत्रकारिताको इतिहासमैं जघन्य र निकृष्ट तथा गैरव्यावसायिक हर्कत हो । यसबाट नेपाली पत्रकारिताको निधारमा कलंक लागेको मेरो ठम्याई छ ।

    (ग) मेरो तेजोबध गर्न कार्यक्रमका दौरान कार्यक्रम सञ्चालक रवि लामिछानेले पत्रकारिताको मान्यता अनुरुप ‘होस्ट’को भूमिकामा नरही निलम्बित र अदालतमा मुद्दा खेपिरहेका व्यक्तिको एकोहोरो पक्षपोषण गरिरहे । उनले मेरो मानमर्दन मात्रै गरिरहे भने निलम्बित डिएसपी जिसीलाई कुनै पनि प्रश्न गरेनन् बरु जिसीलाई नै सफाई दिने नियत र शैलीमा प्रस्तुत भए । यो पत्रकारिताका सिद्धान्त, मान्यता र आचारसंहिताको नग्न उल्लंघन हो ।

    (घ) मेरा दावी र तर्कलाई खण्डन गर्न कार्यक्रम सञ्चालक रवि लामिछानेले निकृष्ट तरिकाले तथ्यहरुको तोडमोड गरे भने मलाई गलत सावित गर्नका लागि नक्कली र फर्जी सामग्रीको पनि प्रयोग गरे । कार्यक्रममा भिजन मिडिया नामक यूट्यूब च्यानलले खिचेको निर्मलाकी आमा दुर्गादेवी पन्तको भिडियो आफ्नो अनुकूल हुने गरी प्रस्तुत गरे । सो भिडियोमा काँटछाँट गरेर लामिछानेले मेराविरुद्धको सामग्री बनाए ।

    (ङ) कार्यक्रममा पहिचान लुकाइएकी एक युवतीलाई प्रस्तुत गरियो । ती युवतीले भोलिपल्टै ‘साझाआवाज’ नामक यूट्यूब च्यानललाई अन्तर्वार्ता दिंदै लामिछानेले आफ्नो भनाईलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाइन् । यसबाट लामिछानेसहितका विपक्षीले पत्रकारितामा गर्नै नहुने काम गरेर फर्जी सामग्री तयार गरी दर्शकलाई भ्रममा राख्ने प्रयास गरेको देखियो ।

    (च) कार्यक्रममा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालले दिलिपसिंह विष्टको मानसिक अवस्थाका बारेमा जारी गरेको रिपोर्टलाई गलत भन्ने निलम्बित डिएसपी अंगुर जिसीको दावीलाई सञ्चालक लामिछानेले पूरै बल लगाएर समर्थन गरे । त्यसबारेमा उनले विशेषज्ञ राय समेत बुझ्न चाहेनन् ।

    (छ) पूर्वसहमति अनुसार सञ्चालक लामिछानेले मैले तथ्यका रुपमा प्रस्तुत गर्न पठाएका ९ वटा सामग्रीमध्ये २ वटा मात्रै प्रसारण गराए भने मैले पटक–पटक अनुरोध गर्दासमेत बाँकी सामग्री लुकाइयो । यसबाट लामिछानेहितका विपक्षीले दर्शकलाई भ्रममा राखेर मलाई बदनाम गराउने पूर्वनियोजित प्रपञ्च रचेका प्रष्ट हुन्छ ।

    (ज) मैले न्यूज–२४ को कार्यक्रममा सहभागी हुनका लागि सामाजिक सञ्जालमार्फत् ३ वटा शर्त राखेको थिएँ । पहिलो मेरो यातायात तथा आवासको खर्च विपक्षीहरुले नै बेहोर्नुपर्ने, दोस्रो कार्यक्रमको पूरै समय म एक्लैलाई उपलब्ध गराउनुपर्ने र तेस्रो मेरो सुरक्षाको प्रत्याभूति हुनुपर्ने । ती शर्त स्वीकारेको कार्यक्रमका उत्पादक दीपक बोहराले फेसबुकमै लेखेका थिए भने २०७६ साउन १६ को कार्यक्रममा सञ्चालक लामिछानेले पनि टेलिभिजनमैं बोलेका थिए र मसँगको एसएमएस सम्वादमा पनि उनले ती शर्त स्वीकारेका थिए । तर, विपक्षीहरुले कुनै पनि शर्त पालना गरेनन् । न्यूज–२४ टेलिभिजनले मेरा लागि धनगढी–काठमाडौंको आतेजाते हवाई टिकट पठाइदिएको भए पनि कार्यक्रमकै बीचमा सञ्चालक लामिछानेले सो रकम फिर्ता मागे । पछि मैले रु. १२०००।– (बाह्र हजार) बुझाएँ जसमध्ये उनले मलाई रु. २००।– फिर्ता गर्नुपर्ने थियो तर अहिलेसम्म सो रकम मैले फिर्ता पाएको छैन । पूर्वशर्त र पूर्वसहमतिको धज्जी उडाउँदै विश्वव्यापी प्रचलनअनुसार मेरो सबै खर्च स्वयं टेलिभिजनले उठाउनुपर्ने भए पनि उल्टै निकृष्टताको हद नाघेर कार्यक्रममैं मसँग रकम फिर्ता मागियो । यो निकृष्टताले नेपाली पत्रकारितालाई थप कलंकित बनाएको छ ।

    (झ) सञ्चालक लामिछानेले २०७६ साउन १४ को अंकमा निर्मला प्रकरणकी प्रत्यक्षदर्शी भनेर पेश गरेकी महिलाले अनुसन्धानलाई कुनै लिड नगरेको कञ्चनपुरका एसपी दिनेश आचार्यले स्थानीय मिडियासँग बोलेको आवाजलाई प्रसारण गरिएन जबकी लामिछाने स्वयंले एसपी आचार्यलाई फोन गर्दा पनि सो प्रत्यक्षदर्शी सक्कली नै भएको खुलेन । नक्कली पात्रहरु खडा गर्ने र ती पात्रलाई बलजफ्ती सक्कली सावित गर्न खोज्ने यस्तो प्रवृत्तिले नेपाली पत्रकारितालाई बजारिया धन्दाका रुपमा बदनाम गरेको छ ।

    (ञ) कार्यक्रममा निलम्बित डिएसपी अंगुर जिसीको पक्षपोषण गर्दै सञ्चालक लामिछानेले राज्यका निकाय तथा अंगहरुको मानमर्दन हुने गरी प्रस्तुति दिएका छन् । यसबाट पत्रकारिताको आडमा राज्यलाई नै विश्रृंखलित बनाउने र राज्यप्रति निराशा फैलाउन खोजेको देखिन्छ । यस्तो प्रवृत्तिले नेपाली पत्रकारिता निकृष्ट अभीष्ट पूरा गर्ने हतियारका रुपमा विकास हुन सक्ने खतरा देखिएको छ ।

    (ट) विपक्षीहरुले मिति २०७६ श्रावण १४ को कार्यक्रममा प्रस्तुत गरेको दिलिपसिंह विष्टको भिडियो यातना दिएर बनाइएको र सो भिडियोमा गलत तथ्य रहेको भनी कञ्चनपुर जिल्ला अदालतमा सुनुवाईको क्रममा रहेको यातना सम्बन्धी मुद्दाको विषयवस्तुलाई जानजान कार्यक्रमको विषय बनाएका छन् र अभियुक्त अंगुर जिसीलाई पटक–पटक कार्यक्रममा स्थान दिने काम गरेका छन् । यसबाट अदालतको गरिमा मात्रै खण्डित गर्ने कार्य भएको छैन विचराधिन मुद्दाका अभियुक्तलाई मिडिया ट्रायलमार्फत सफाई दिने दुर्नियतपूर्ण कार्य भएको छ । विपक्षीहरुको यो कार्यले स्वतन्त्र न्यायालय सम्बन्धमा पत्रकार आचारसंहिताले गरेको व्यवस्थाको घोर उल्लंघन भएको छ ।

    ५. मागदावी : उपरोक्त दलिलका आधारमा विपक्षीहरुलाई कारबाही गरिपाउँ भनी निम्नानुसारको मागदावी प्रस्तुत गर्दछु,
    विपक्षीहरुले पत्रकार आचारसंहिताको नग्न उल्लंघन गरेको ठहर गरी उनीहरुलाई प्रेस काउन्सिलमैं झिकाई माफीनामामा दस्तखत गराई न्यूज–२४ टेलिभिजनको सोही कार्यक्रमबाट क्षमायाचना गर्न निर्देशन गरिपाउँ । सो निर्देशन नटेरेमा राज्यबाट विपक्षीहरुले पाउने सबै सुविधा स्थगन गरिपाउँ । उपरोक्तअनुसारको प्रकरण नेपाली पत्रकारिताको निधारमा लागेको कलंक ठहर गर्दै सो सम्बन्धमा व्यापक छलफल गरी पत्रकारितालाई स्वच्छ राख्नका लागि नयाँ कानुनी व्यवस्थातर्फ पहल गरिपाउँ

    ६. प्रमाणहरु
    न्यूज–२४ को युट्यूब च्यानलमा उपलब्ध २०७६ साउन ११, १४, १६, १८ र २१ गते प्रसारित ‘सीधा कुरा जनतासँग’को अंकहरु प्रमाण लगाइ पाउँ । भिजन मिडिया नामक यूट्यूब च्यानलमा रहेको दुर्गादेवी पन्तको भिडियो प्रमाण लगाईपाउँ । साझाआवाज नामक यूट्यूब च्यानलमा रहेको साउन २१ मा परिचय लुकाइएकी युवतीको भिडियो प्रमाण लगाई पाउँ । दीपक बोहराले अंगुर जिसीलाई फरवार्ड गरेको मेरो इमेलको ‘एक्सेस रिक्वेस्ट’को स्क्रिन सट । रवि लामिछाने र मबीच एसएमएसमा भएका सहमतिको क्रिन सट । यसमा लेखिएको व्यहोरा ठिक साँचो हो, झुठ्ठा ठहरे कानुनबमोजिम सहुलाबुझौला ।
    निवेदक : खेम भण्डारी’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ