• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवि लामिछानेका अराजक समर्थकहरुको यस्तो लाजमर्दो चर्तिकला, अब के गर्लान एसपी मल्ल ?

    47.2K
    SHARES



    काठमाडौं । सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि नेपालका प्रहरीका एकजना एसपी पनि उत्तिकै चर्चामा आए । यसरी चर्चामा आउने एसपी हुन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्ल । चर्चासँगै उनलाई विवादमा तान्ने प्रयत्न धेरै भए । कुनै समय पूर्व प्रधानमन्त्री तथा हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको अंगरक्षक भएर काम गरेका मल्ललाई अहिले पनि प्रचण्डकै मान्छेका रुपमा कतिपयले चित्रण गर्ने गर्दछन् । उनले गरेका राम्रा नराम्रा सबै काममा प्रचण्ड जोड्ने र प्रचण्डका कतिपय कामहरु पनि उनलाई जोडेर चर्चा गर्ने गरिन्छ । यही क्रममा चितवनमै शालिकराम पुडासैनीको मृत्यु भएपछि उक्त घटनामा नाम जोडिएर रवि लामिछाने पक्राउ परेपछि मल्लमाथि झनै प्रहार र आलोचनाहरु भए ।

    यतिसम्म कि सामाजिक सञ्जालमा एसपी मल्लको फोटो टाँसेर अनेक गाली गलौज गर्नुका साथै उनकै नाममा नक्कली फेसबुक आइडी खोलेर उनको बदनाम गराउने काम पनि भए । यसैबीच उनकै नामको एक नक्कली फेसबुक आइडी खोलेर आपत्तीजनक स्टाटस लेखिएपछि अहिले फेरि चर्चामा आएको छ । मल्लको नाममा खोलिएको उक्त नक्कली फेसबुक आइडीबाट ‘पत्रकार शालीकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामीछानेलाई फसाउन मेयर रेणु दाहालले एसपी मल्लाई १४ करोड दिएको’ भन्दै स्टाटस लेखिएको छ । प्रहरीले अहिले उक्त अकाउन्टबारे अनुसन्धान भइरहेको जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उक्त फेक आइडीका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यति मात्रै होइन एसपी मल्लको नामबाट खोलिएको उक्त फेसबुक एकाउन्टमा अन्य अश्लिल र आपत्तिजनक तस्वीरहरु समेत राखिएको छ ।

    कसले बनायो फेक आइडी ?
    एसपी मल्लको नामबाट खोलिएको त्यस फेसक फेसबुक आइडीमा अपलाेड गरिएका तस्वीर र स्टाटस हेर्दा उक्त एकाउन्ट रविकै कुनै समर्थकले खोलेका हुन भन्ने प्रष्ट हुन्छ । शालिकराम प्रकरणमा रवि एसपी मल्लको हिरासतमा थिए । त्यसकारण रविका केहि अराजक समर्थकहरुको आक्रोशको सिकार एसपी मल्ल बनेका थिए । रवि हिरासतमा रहेका बेला पनि एसपी मल्ललाई अनेक गालीगलौज गर्दै स्टाटस लेख्नेकार्यहरु ति समर्थकहरुले गरेका थिए । रवि दोषी सावित भएर ५ लाख धरौटीमा निसकिएपछि पनि एसपी मल्लमाथिको प्रहार र अन्य रविका आलोचकहरुमाथि समर्थकहरु निक्कै असभ्य र अश्लील तरिकाले गालीगलौजमै उत्रिएका छन् ।

    त्यसकै पराकाष्ठा हो यो एसपी मल्लको नाममा बनेको फेक फेसबुक आइडी । एसपी मल्लको चरित्रहत्या गर्न यो फेसबुक आइडी कसले बनाएर चलाएको हो भन्ने विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैबीच चितवनका एसपी दानबहादुर मल्लले यस्तो कार्य गर्ने जोकोही भए पनि कानुनी दायरामा ल्याइने बताएका छन् । उनले त्यस्ता व्यक्तिलाई कानुनी दायरामा नल्याउने हो भने यो प्रवृति मौलाएर जाने  बताएका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा आफुलाई मन नपरेका व्यक्तिको नाममा फेक एकाउन्ट बनाएर तथानाम गालीगलौज गर्ने र अश्लील तस्वीर, स्टाटस र भिडियो राखेर मान्छेको चरित्र हत्या गर्ने काम निक्कै बह्देको छ । राज्यले यस्ता गतिविधि नियन्त्रणका लागि कुनै प्रभावकारी कदम चाल्न सकेको छैन ।

    उक्त फेक फेसबुक आइडीको लिंक यहाँ छ । https://www.facebook.com/profile.php?id=100040658801072

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ