• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शालिकराम पुडासैनी मृत्यु प्रकरणमा भेटियो यस्तो नया तथ्य, अब के हुन्छ ?

    30.3K
    SHARES



    काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई सार्वजनिक भएको छ । । कान्तिपुरमा मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश समाचारमा छ । गत वर्षको पुसबाट उनीहरूबीच सम्बन्ध सुरु भएको देखिन्छ । सम्बन्धका करिब आठ महिना अनेक उतारचढाव र घुम्तीहरूले भरिएको देखिन्छ । अस्मिताका निकट साथी र उनीहरूबीचको फेसबुक कुराकानी केलाउँदा शालिकरामले आफूलाई नर्स एकदमै मनपर्ने बताउँदै अस्मितासँग नजिकिन खोजेको देखिन्छ ।

    शालिकरामले एकपछि अर्को झूटको सहारा लिएर अस्मितालाई मायाजालमा पारेको उनीहरूको कुराकानीबाट पुष्टि हुन्छ । शालिकरामले आफ्नी पूर्वप्रेमिका पनि स्टाफ नर्स रहेको, उनी सडक दुर्घटनामा त्रिशूलीमा खसेर मरेको र उसको अनुहार पनि तिम्रो जस्तै थियो भनेर भावनात्मक कुरा गर्दै अस्मितालाई मायामा फसाएको देखिन्छ । अस्मितालाई बिहीबार र शुक्रबार थुनुवा कक्षभित्रै भेटेर लामो कुराकानी गरेकी अधिवक्ता फूलमाया रानाभाटलाई पनि अस्मिताले यही कथा सुनाएकी थिइन् । अस्मिता र शालिकरामबीचको कुराकानीले पनि यही तथ्यको झलक दिन्छ । केही साताको संवादपछि शालिकराम र अस्मिताबीच प्रेमसम्बन्ध सुरु भएको देखिन्छ ।

    आफू अविवाहित रहेको र ख्यातिप्राप्त सञ्चारकर्मी रवि लामिछानेसँग काम गर्ने भन्दै उनले आफ्नो ओजपूर्ण व्यक्तित्वलाई आधार बनाएर अस्मितासँग सम्बन्ध गाँसेको देखिन्छ । पूर्वप्रेमिकाको मृत्यु भएको भन्ने शालिकरामको कुरामा अस्मिताले बारम्बार अविश्वास गरेको पनि देखिन्छ । अस्मिताले कस्ती थिइन् त खै पूर्वप्रेमिका, फोटो पठाऊ भनेर प्रश्न गरेपछि भने शालिकराम बारम्बार तर्किएको देखिन्छ । उनीहरूको कुराकानीबाट अस्मिताको प्रश्न शालिकरामले बारम्बार टार्दै आएको पुष्टि हुन्छ । आफूलाई सत्य सावित गर्न शालिकरामले एकपछि अर्को झूटको सहारा लिएका छन् ।

    अस्मिताले बारम्बार पूर्वप्रेमिकाको फोटो मागेपछि शालिकरामले आफ्नै आफन्त पर्ने एक युवतीको तस्बिर पठाएका थिए । अन्त्यमा अस्मिताले झूट पक्रिएपछि भने शालिकरामले आफूले प्रेम गर्नकै निम्ति त्यसो गरेको र माया नगरे जे पनि गर्न सक्ने भन्दै सम्बन्धलाई निरन्तरता दिइरहे । सम्बन्धको एकाध महिनापछि नै शालिकरामले अस्मितालाई बिहे गर्न दबाब दिएको देखिन्छ । उनीहरूबीच फेसबुक म्यासेन्जरमा भएको कुराकानीमा शालिकरामले कोर्ट म्यारिज गर्न अस्मितालाई बारम्बार दबाब दिँदै अनेक घुर्की लगाएको पाइन्छ । चैत ७ मा शालिकरामले अस्मितालाई लेखेका छन्, ‘सुन त, कोट म्यारिज गर्नी ल भोलि वा पर्सि । हुन्छ कि नाइँ ?’ उनले यो म्यासेजमा आफूसँग रवि दाइ रिसाएको उल्लेख गरेका छन् ।

    आफ्ना दाइहरू पनि अविवाहित रहेको र आफू पनि खुट्टामा नउभिइसकेको भन्दै अस्मिताले तत्काल विवाह गर्ने प्रस्ताव अस्वीकार गरिरहेकी थिइन् । शालिकरामले कोर्ट म्यारिज नै गर्न दबाब बढाइरहे पनि अस्मिता सशंकित देखिन्छिन् । तर शालिकरामले निरन्तर उनीमाथि कोर्ट म्यारिज नगरे जे पनि हुने भन्दै दबाब दिइरहन्छन् । चैत ९ र १२ मा पनि शालिकरामले अस्मितालाई बिहे गर्न दबाब दिएका थिए । चैत १२ को म्यासेजमा लेखिएको छ, ‘आज पनि भन्छु, विवाह गरौं । जेजे हुन्छ सब म गर्छु ।’ जवाफमा अस्मिताले विवाह गर्न समय लाग्ने भन्ने आफ्नो अडान राखेकी छन् । प्रत्युत्तरमा शालिकरामले कोर्ट म्यारिज गर्ने दबाब दिँदै त्यसका निम्ति फोटो र नागरिकता मागेको देखिन्छ । त्यसो त सम्बन्धमा आएका प्रत्येक उतारचढावमा शालिकरामले मर्ने धम्की दिँदै सम्बन्धलाई निरन्तरता दिएको देखिन्छ ।

    पुस २८ मा पनि उनले अस्मितालाई लेखेका छन, ‘ओके, बाई । मेरो लास चाँडै देख्नेछ्यौ । अब त अति भयो, सहन सक्दिनँ ।’ शालिकराम सम्बन्ध जसरी पनि अघि बढाउने र त्यसका निम्ति जस्तोसुकै मूल्य पनि चुकाउन तयार देखिन्छन् । जब कि शंकास्पद व्यवहार र झूटहरूको जगमा बढेको सम्बन्धका कारण आजित अस्मिताले शालिकरामसँग सम्बन्धलाई अगाडि नबढाउन बारम्बार प्रयत्न गरेको देखिन्छ । जस्तो कि माघ २ मा भएको कुराकानीमा पनि शालिकरामले बारम्बार भेट्न दबाब दिएका छन् । अस्मिताले आफू बिरामी भएकाले भेट्न नसक्ने बताइरहेकी छिन् । शालिकरामले मेरो माया चाहिँदैन भन्दै घुर्की देखाउँदै आफूसँग जसरी भए पनि भेट्न अनुरोध गरिरहेको देखिन्छ ।

    एक दिन शालिकरामले राति ९ः५५ मिनेटमा अस्मितालाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उठाउन कि घरबाहिर आउन दबाब दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई दबाब दिएको देखिन्छ । उनले ८ बजेर ५५ देखि १० बजेर ९ मिनेटको बीचमा पठाएका चारवटा म्यासेज यस्ता छन्— ‘कसम अब त अति भयो। तिम्रो दाइलाई भन्छु । म कसम दाइसँग कुरा गर्छु । अब जे हुन्छ हुन्छ, नत्र एक पटक फोन रिसिभ गर त । तिम्रो रुमअगाडि आएको छु । बोलाऊ, कि हर्न बजाको छु सुन । फोन रिसिभ गर । कसम गेट ढकढक गरेर नाम लिएर बोलाउन नपरोस् है ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ