• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपा कास्की इन्चार्ज रुपेश पोखराबाट गिरफ्तार, यसो भन्छन प्रहरीका डिएसपी केसी

    14.9K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका कास्की इन्चार्ज रुपेशलाई प्रहरीले गिरफ्तार गरेको छ । शुक्रबार बिहानै उनलाई पोखराबाट गिरफ्तार गरेर प्रहरीले बेपत्ता बनाएको आफन्तले टेलिफोनमार्फत संचारकेन्द्रलाई जानकारी दिए । ‘रुपेश दाईलाई गिरफ्तार गरेर कहाँ राखियो भन्ने बारेमा प्रहरीले केहि जानकारी दिन मानेको छैन ।’ ति आफन्तले भने-‘अब हामी जिल्ला प्रहरी कार्यालय जादैछौ ।’

    यता जिल्ला प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले रुपेश गिरफ्तार परेको पुष्टि गरेका छन् । संचारकेन्द्रसँग टेलिफोनमा कुराकानी गर्दै डिएसपी केसीले रुपेशसहित अर्का एक कार्यकर्ता पनि गिरफ्तार परेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको बताए ।

    ‘१ घण्टाअघि वडा प्रहरी कार्यालय सीसुवाको एरियाबाट विप्लवका जिल्ला इन्चार्ज रुपेश र अर्का एक जना पनि पक्राउ परेका छन् । त्यहाँको टोलीले उहाँहरुलाई यता जिप्रका ल्याइरहेको छ ।’ डिएसपी केसीले भने । उनले केकति कारणले गिरफ्तार गरिएको हो भन्ने विषयमा जानकारी दिन चाहेनन् । ‘अहिले बाटोमा छ हाम्रो टोली उहाँहरुलाई लिएर आउदैछ, अहिले नै केकति कारण भनेर भन्न सकिदैन, केहि समयपछि हामी बिस्तृत जानकारी दिनसक्छौं ।’ उनले भने । कास्कीमा बिगतदेखि नै प्रहरीले नेकपा नेता कार्यकर्तामाथि धरपकड गर्दै आएको छ ।

    यसअघि नेकपा कास्की सेक्रेटरी आक्रोशसहित २२ जनालाई बैठक बसिरहेका बेला प्रहरीले घान्द्रुकबाट गिरफ्तार गरेको थियो । गिरतार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।  त्यसपछि कास्की सेक्रेटरीको जिम्मा लिएर आएका सुजनलाई पनि केहि दिनअघि मात्रै गिरफ्तार गरेको छ ।

    उनलाई साउन ११ गते जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिउसो साढे ३ बजेतिर पोखराको मालेपाटनवाट गिरफ्तार गरेको थियो । पार्टी कामको शिलशिलामा रहेका सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको मालेपाटन वाट गिरफ्तार गरेर अबस्था अज्ञात राखेको छ । तनहुँ जिल्लाको सेक्रेटरी रहेका सुजन कास्कीका सेक्रेटरी आक्रोश गिरफ्तार परेपछि भर्खरै मात्र सरुवा भएर कास्की आएका थिए ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ