• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रविलाई अर्को ठुलो झट्का, पाँच लाख घुस मागेको यसरि भयो सनसनीपूर्ण खुलासा (भिडियो सहित)

    29.9K
    SHARES



    काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले पाँच लाख घुस मागेको सनसनीपूर्ण खुलासा भएको छ । न्यूज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछानेलाई पूर्वमाओबादी लडाकु रक्षकुमार राईले पाँच लाख घुस मागेको आरोप लगाएपछि यस्तो खुलासा भएको हो ।

    राईले कतारको जेलमा दुखदायि जेल जीवन विताइरहेका इलामका प्रेम राईलाई बचाउन संचालन गरेको सहयोग अभियानको क्रममा रविले पाँच लाख घुस मागेको बताएका छन् । प्रेम बचाउ अभियानका अभियन्ताले प्रेमका बारेमा केही बोलिदिन आग्रह गर्दा पाँच लाख मागेको उनको भनाई छ ।

    उनले भने, ‘हामी रविलाई समाजसेवि भनेर भेट्न गएका थियौं तर उनले आफू पाँच मिनेट बोलेको पाँच लाख लिन्छु भन्दै पन्छिएपछि उनको कर्तुत थाहा भयो ।’ रवि नेपालमा समाजसेवाको नाटक गर्दै पैसा कमाउन अमेरिकाबाट फर्किएकोे बताउँदै पैसाका लागि जेपनि गर्न रवि तयार भएको उनको भनाई छ ।

    यसैबीच सत्तारुढ दल नेकपाको भ्रातृ संगठन नेपालका सहसंयोजक रमेश पौडेलले सञ्चारकर्मी लामिछानेको सम्पत्तिको श्रोतको छानवीन गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुमा उनले रविको सम्पत्ति छानविन गर्नुपर्ने धारणा राखेका छन् ।

    पूर्व सहकर्मी शालिकराम पुडासैनीले आफूलाई लामिछाने लगायतले अत्याधिक तनाव दिएका कारण मृत्युवरण गर्न लागेको भिडियो मार्फत बताएका थिए । मृत्यु प्रकरणबारे अनुसन्धानमा रहेको प्रहरीले थप अनुसन्धानको लागि भन्दै बिहीवार लामिछानेसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

    उनीहरुमाथि थप अनुसन्धान गर्न भन्दै अदालतले चितवन प्रहरीलाई शुक्रवार पाँच दिनको समय दिएको थियो । त्यसयता रविलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवन आसपास दैनिकजसो प्रदर्शन भइरहेको छ ।

    समर्थकहरुले रविलाई फसाउन खोजेको भन्दै प्रशासन र सरकार विरुद्ध आक्रोश पोखेका छन् । प्रहरी र प्रदर्शनकारीबीच कयौंपटक झडपको स्थिति समेत बनेको छ । जसका कारण केही प्रहरी र प्रदर्शनकारी समेत घाइते बन्न पुगेका छन् ।

    प्रतिक्रिया