• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रविलाइ अर्को झट्का, शालिकरामकी श्रीमतीले दिइन रविविरुद्ध किटानी जाहेरी

    29.3K
    SHARES



    काठमाडौं । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानविन गर्न पुडासैनीकी पत्नी सम्झनाले रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आइतबार प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएकी हुन् । पुडासैनीका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले आ’त्मह’त्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएकी थिइन् । पुडासैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार उजुरी दिनप्रहरी कार्यालय पुगेकी हुन् ।

    त्यस्तै पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको विषय संसदमा प्रवेश गरेको छ । आइबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद महेश्वरराज गहतराज अथकले उक्त प्रकरणमा अराजक, गैरकानूनी र अस्वभाविक हुलहुज्जत भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।प्रतिनिधिसभाको शून्य समयमा सांसद गहतराजले भने,‘पत्रकार शलिकराम पुडासैनीको रहस्यमयी मृत्युप्रकरण र सो को अनुसन्धानका लागि पत्रकार रवि लामिछानेको गिरफ्तारीलाई लिएर ‘के निहु पाउँ र कनिका चपाउँ’ भन्नेहरुले जुन अराजक, गैर कानूनी र अस्वभाविक हुल हुज्जत गर्ने कार्य भइरहेको छ म त्यसको निन्दा र भत्र्सना गर्दछु ।’

    प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने हाम्रो संवैधानिक र कानूनी प्रकृया भएको भन्दै सांसद गहतराजले यसलाई ठाडो उल्लंघन र अस्वीकार गर्दै भएका गतिविधि क्रियाकलाप र क्रियाप्रतिक्रिया देशको शान्ति सुरक्षा र सुशासनको विरुद्धमा रहेको बताए । ‘मेरो मान्छे वा मेरो मन परेको मान्छे सुनपानीले चोखो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लैजान्छ आज गम्भीर चिन्ता र चासोको विषय बनेको उनको भनाइ थियो । रबि गिरफ्तार परेपछि उनका समर्थनकर्ताहरुले भने उनीमाथि छानबिन समेत हुन नपर्ने भन्दै विरोध जनाउदै आएका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ