• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रवी लामिछानेलाई टिभीबाटै पक्राउ गरेर प्रहरीले कहाँ लग्यो ? अभियोग पुष्टी भए यस्तो हुनेछ सजाय

    42.1K
    SHARES



    काठमाडौं । पानिपोखरी स्थित न्युज २४ टेलिभिजनको कार्यालयबाटै पक्राउ परेका टेलिभिजनकर्मी रवी लामिछानेलाई चितवन लगिने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ रवी सहित युवराज कँडेललाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले संचारकेन्द्रलाई बताए । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो नेपाल आजमा सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो । गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

    पुडासैनीको सोही भिडियो वयानका आधारमा प्रहरीले न्युज २४ टेलिभिजनमा सीधा कुरा जनतासँग कार्यक्रम सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई समातेको हो । लामिछाने, कँडेल र कार्की आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका हुन् ।

    साउन २२ गते दिउँसो ३ः ३० बजे होटलको २०२ नम्बर कोठामा गएका उनलाई होटलवालाले राति खान खान बोलाउँदा चुकुल नखोलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी मृत भेटिएका थिए । रवि लामिछानेलाई पक्राउ गर्नुअघि प्रहरीले पुडासैनीको भिडियो प्रहरी प्रधान कार्यालयमा मगाएर परीक्षण गरेको थियो ।

    पत्रकार शालिकराम पुडासैनीले मर्नुअघि रेकर्ड गरेको भिडियोमा तीन वटै जनाको नाम लिएका थिए । के छ भिडियोमा ?

    न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेलले सँगै काम गरौँ भन्दा सुरुमा आफूले नमानेको पुडासैनीले भिडियोमा उल्लेख गरेका छन्। ‘काठमाडौंमा सेक्युरिटी कम्पनी चलाएर बसेका बेलामा युवराजसँग केही वर्ष अघि भेट भयो। उसले मलाई तान्न कोसिस गर्‍यो’, पुडासैनीले भिडियोमा भनेका छन्, ‘मैले गर्दिनँ भनेँ। धेरै कोसिस गरेपछि पार्ट टाइम गरेँ। महिनाको १५ हजार दिन थाले।’

    पछि फुल टाइम गर्न दबाब दिन थालेपछि उनीहरूले भनेबमोजिम सबै अफिस छोडेर काम गर्न थालेको उनले उल्लेख गरेका छन्। सेक्युरिटी कम्पनी र कन्सल्ट्यान्सी चलाउँदा महिनामा एक डेढ लाख कमाएको उल्लेख गर्दै टिभीमा काम गर्न थालेपछि बैंकमा रहेको ऋण तिर्न नसकेर आफू डिप्रेसनमा पुगेको पनि उल्लेख गरेका छन्।

    न्युज २४ टेलिभिजनमा जोसँग रिस उठ्यो उसैविरुद्ध समाचार बनाउने गरेको पनि उनले भिडियोमा दाबी गरेका छन्। आफूले धेरैपटक तलब बढाउन आग्रह गर्दा पनि अन्तिममा १९ हजार ५०० मात्र पुर्‍याइएको र छोड्छु भन्दा ‘छोडिस् भने सिध्याउँछु भनेर युवराजले धम्की दिने गरेको’ उनले दाबी गरेका छन्।

    न्युज २४ का युवराज र दीपकले ‘काम नछोड्’ भन्दै अस्ट्रेलिया जाने केटी मिलाइदिन्छु भनेर अस्मिता कार्की नामकी युवतीलाई फेसबुकमा सम्पर्क गराइदिएको उल्लेख गरेका छन्। ‘सबै कुरा हुन थाल्यो, नजिकिन थाल्यौँ’, उनले भिडियोमा भनेका छन्।

    तर, पछिल्लो समय ती युवतीले हेप्न थालेपछि आफूले न्युज २४ छोडेर माउन्टेन टेलिभिजन ज्वाइन गरेको उल्लेख गरेका छन्। त्यसपछि युवराजले आफूलाई ‘फँसिस्’ भनेको पनि उनले दाबी गरेका छन्। भिडियोमा पुडासैनीले दाबी गरेका छन्- ‘युवराज र रवि दाइ मिलेर फसाउने प्लान बनाएका रहेछन्। त्यसैले मैले यो डिसिजन लिएँ।’ आफूले जोडेको करोडौँको सम्पत्तिको संरक्षण गर्न उनले श्रीमतीलाई भनेका छन्। श्रीमती र बाबु आमासँग उनले रुँदै माफी मागेको भिडियोमा देखिन्छ।

    ‘रवि लामिछाने तिमीलाई एक दिन पाप लाग्नेछ। तिमीजस्तो अधर्मी यो देशमा कोही छैन। दुनियाँलाई थर्काएका छौ, लुटेका छौ। तिमीलाई पोल्नेछ त्यो पैसाले’, उनले आफ्ना पूर्व सहकर्मीलाई भनेका छन्, ‘मलाई १८ हजार दिएर करोडौँ कमाउँथ्यौ। अरुको प्रगति देख्न सक्दैनौँ। रविको असली रूप देखिन केही वर्ष लाग्नेछ।’

    प्रस्तोता लामिछानेले बालुवा तस्कर, व्यापारी र उद्योगसँग करोडौँ असुलेको आरोप लगाउँदै उनले भिडियोमा दाबी गरेका छन्- ‘अस्मिता कार्की, रवि र युवराज कँडेल मेरो हत्यारा हौ।’ भिडियोमा नाम लिएका ‘दीपक दाइको…दोष नभएको उनले उल्लेख गरेका छन्। पक्राउ परेका रवी, युवराज र अस्मितामाथि अब प्रहरीले अनुसन्धान अघि बढाउने छ । पक्राउ परेका रवी माथिको अभियोग पुष्टी भए यस्तो सजाय हुने छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ