• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बालबाल बचे मुख्यमन्त्री शाही, सवार गाडीलाई लक्षित गरी २ वटा शक्तिशाली बम बिस्फोट

    13.1K
    SHARES



    कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बिहीबार बिहान बम बिस्फोट भएको छ । शाहीलाई लक्षित गरि बिहान १० बजे कालिकोटको रास्कोटमा फेरि दुई वटा बम बिस्फोट गरिएको हो ।

    मुख्यमन्त्री शाहीको गृहस्थान कोटिलागाँउबाट रास्कोटको एक कार्यक्रमको उद्घाटन गर्न हिँडेका शाहीलगायत कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी रास्कोटको कृर्षि जेटिय कलेज नजिकै बम बिस्फोट भएकाे डीएसपी विनोद शर्माले संचारकर्मीहरुलाई जानकारी दिएका छन् । यो समाचार तयार पार्दासम्म घटनाको जिम्मा कसैले लिएको छैन ।

    बुधबार दिउँसो मात्र पचाल झरना गाउँपालिकाको कार्यक्रममा सम्बाेधन गरिरहेका बेला दुई वटा वम बिस्फोटको सामना गरेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने आशंका गरीए पनि घटनाको अहिलेसम्म स्वतन्त्र पुष्टी भने भएको छैन ।

    प्रतिक्रिया