• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कर्णालीका मुख्यमन्त्री शाहीलाई लक्षित गरी श्रृखलाबद्ध बम बिष्फाेट, यस्तो छ थप बिबरण

    19.2K
    SHARES



    रास्कोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी श्रृखलाबद्ध बम बिष्फाेट भएको छ । बुधबार दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा चलिरहेका बेला मुख्यमन्त्री शाहीलाई लक्षित गरी २ वटा बम बिस्फोट भएको त्यहाँबाट संचारकेन्द्रको सम्पर्कमा आएका स्थानीयले बताएका छन् । बम बिष्फोटबाट मानवीय क्षति नभएको बताइएको छ । बम बिष्फाेट हुने स्थान मुख्यमन्त्री शाहीकै गाउँपालिका हाे ।

    मुख्यमन्त्री शाही पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका लागि बुधबार वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला कार्यक्रम स्थलनजिकै बम विष्फोट भएको हो। बिस्फोट कसले र किन गर्यो भन्ने विषयमा केहि जानकारी आउन सकेको छैन । तर विद्रोही नेपाल कम्युनिष्ट पार्टीले बिस्फोट गराएको हुनसक्ने आशंका गरिएको छ । बिस्फोटपश्चात घटनास्थल आसपास सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाबारे थप विवरण आउन बाकि छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ