• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपानिकट सांस्कृतिक महासंघका महासचिव थपलिया आफ्नै कोठाबाट गिरफ्तार, कहाँ पुर्याइयो

    6.7K
    SHARES



    काठमाडौँ । प्रतिबन्धित विद्रोही नेकपा निकट सांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्ग्तार गरेको छ । उनलाई शनिवार बागबजारस्थित पद्मकन्या क्याम्पस नजिकै आफ्नो कोठाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको हो । अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव थपलियालाई सशस्त्र इन्टेलिजेन्स ब्यूरोले दिएको सूचनाको आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । केहि समय अघि मात्रै प्रहरीले नेकपाका तिन नेतालाई काठमाडौँ बाट गिरफ्तार गरेको थियो । उनलाई पक्राउ गर्न सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको थियो । सरकारले एकातिर वार्ताको हल्ला चलाएर अर्कोतिर अहिलेसम्म विद्रोही नेकपाका दर्जनौ नेताकार्यकर्ता फिरफ्तार गरिसकेको छ । सरकारले नेकपाका  नेता-कार्यकर्ताहरूलाई धरपकड गर्ने, गिरफ्तार गर्ने, यातना दिने, झूट्टा मुद्दा लगाउने र बन्दी बनाउने जस्ता दमनात्मक कार्य गर्दै आइरहेको छ । त्यस्तै नेकपाले पनि आफ्ना नेताकार्यकर्ता गिरफ्तारको विरोधमा संघर्षका कार्यक्रम गर्दै आईरहेको छ ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ