• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिआइडीबिरुद्ध नेकपाको एक्शन, प्रहरी असईका नाममा पक्राउ पुर्जी, दियो इन्काउन्टर गर्ने चेतावनी

    21K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी कैलालीले पार्टीले प्रहरीविरुद्ध नै ‘पक्राउ पुर्जी’ जारी गरेको छ। सुराकी गरेर स्थानीय नेता कार्यकर्ता र जनतालाई दुख दिएको भन्दै नेकपा कैलालीले जिल्लाको बर्दगोरिया गाउँपालिका १ बस्ने नेपाल प्रहरीका असई भैरव कुँवरबिरुद्ध २५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।  प्रमुख जनअदालत विकासको नामबाट शुक्रबार जारी भएको उक्त पक्राउ पुर्जीमा तुफानकुमार साउदको जाहेरीपछि जिल्ला जनसरकारले छानबिन गरी प्रहरीका असई कुँवरलाई पक्राउ गर्नुपर्ने प्रतिवेदन पेश गरेपछि उक्त पक्राउ पुर्जी जारी गरिएको उल्लेख छ । पक्राउ पुर्जीमा देश र जनताको हितबिपरित नेकपा नेता कार्यकर्ताको सुराकी, अपहरण, ज्यानमार्ने उद्योसम्बन्धि कसुर गरेको भनी जाहेरी परेका कारण बाटोम्याद बाहेक २५ दिनभित्र पक्राउ गरेर ल्याउनु भनिएको छ ।

    कुँवरको घर आसपास सार्वजनिक स्थानहरू टाँसिएको उक्त पुर्जीमा लेखिएको छ– ‘कैलालीको वर्दगोरीया गाउँपालिका–१ साझा भन्ने ठाउँमा बस्ने नवराज कुँवरका छोरा भैरव कुँवरलाई २५ दिनभित्र जनअदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरिएको हो।’ अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’, उक्त पुर्जीमा उल्लेख छ। असई कुँवरकाविरुद्ध नेकपाका कार्यकर्ता ‘तुफान’ ले अभियोग दर्ता गराएको र जनसरकार प्रमुख अनुकलले प्रतिवेदन बुझाएकाले सोहीका आधारमा पक्राउ पुर्जी जारी गरिएको नेकपाको दाबी छ। आफैं वा पक्राउ परी आएमा जनअदालतले व्यवहार बुझेर जनअदालतको कानुनअनुसार कारवाही हुने उल्लेख छ।

    तोकिएको म्यादमा उपस्थित नभएमा जुनसुकै कारबाही गर्ने चेतावनी नेकपाले दिएको छ। जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाही गर्न आदेश दिइएको पक्राउ पूर्जीसँगै टाँसिएको ‘चेतावनी पत्र’ मा भनिएको छ। ‘म्याद गुजारी फरार रहेमा देश र जनताको हितविरुद्ध नेता कार्यकर्ताको सुराकी, हत्या, अपहरण र यातनामा संलग्न रहेको पाइएमा, जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि ‘इन्काउन्टर’ गर्न आदेश दिइएको छ’, चेतावनीपत्रमा उल्लेख छ। कैलालीका प्रहरी उपरीक्षक सुदिप गिरीले पक्राउ पुर्जी जारी गरेको भनिएका व्यक्ति प्रहरीको अनुसन्धान विभागमा कार्यरत भए नभएको केहि जानकारी छैन ।

    कपाको जिल्ला जनसुरक्षा बिभाग कैलालीले जिल्लाको बर्दगोरिया गाउँपालिका १ बस्ने नेपाल प्रहरीका असई भैरव कुँवरले नेता कार्यकर्ता र जनताका बिरुद्ध गरिरहेको सुराकी, हत्या अपहरण र यातना दिनेजस्ता कार्य तत्काल नरोके सिधै इन्काउन्टर गर्ने चेतावनी दिएको छ । शुक्रबार नै जिल्ला जनसुरक्षा बिभाग कैलालीका प्रमुख विप्लवले एक चेतावनी पत्र जारी गर्दै यस्तो भेतावनी दिएका हुन् । असई कुवरकै कारण सुराकी र निर्देशनमा बर्दगोरिया क्षेत्रका उदयराम थापा, अम्मर बम, बिष्णु देवकोटा, सागर बिष्ट र यम शाहीलाई अपहरण शैलीमा गिरफ्तार गरेर केहि दिन बेपत्ता समेत पारेको प्रमाणित भससकेको चेतावनी पत्रमा उल्लेख छ । साथै असई कुवरकै मिलेमतोमा उक्त क्षेत्रमा चोरी, तस्करी र बन फडानी समेत भइरहेको भन्दै उक्त कार्य समेत नदोहोर्याउन चेतावनी दिइएको छ । आफूहरुको लडाई सेना-प्रहरीसँग नभइ देशका तस्कर, दलाल पुजीवादी, भष्ट्राचारी र सिङ्गो संसदीय व्यवस्थाका बिरुद्ध भएको समेत चेतावनी पत्रमा उल्लेख छ ।

     

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ