• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विप्लवलाई कारण देखाउदै नेपाली जनताले लगाउने कपडामाथि नै लाग्यो प्रतिबन्ध, अब के होला ?

    16.8K
    SHARES



    काठमाडौ । ओली सरकारले फेरी एकपटक जनता निराश पार्ने निर्णय गरेको छ । सरकारले नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेको भन्दै नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा प्रतिबन्ध लगाएको छ । सरकारले उक्त कपडा बिक्रीवितरण गर्न रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन समेत दिइसकेको स्रोतले बतायो । पछिल्लो समय विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले समेत उक्त कपडा प्रयोग गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको गृहमन्त्रालय स्रोतले बतायो।सेनाले प्रयोग गर्ने पोशाक लगाएर  नेकपासमेत बिष्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेको भन्दै सरकारले सैनिक पोशाकको प्रयोगमा निषेध गर्न लागेको गृहमन्त्रालय स्रोतले बतायो । गृहले स्थानीय प्रशासनसँगै ७७ वटा जिल्लाका प्रहरी कार्यालयलाई उक्त पोशाक लगाउने ब्यक्तिलाई पहिलोपटक सम्झाउन र अटेर गरे कारवाही गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरकारका बिभिन्न निकायले पनि सेनाले प्रयोग गर्दै आएको क्यामोफ्लाइज कपडा प्रयोग गरेको पाइएकाले उनीहरुलाई त्यस्ता पोशाक प्रयोगमा नियन्त्रण गर्न गृहले सबै स्थानीय प्रशासन र प्रहरीलाई समेत निर्देशन दिएको बताइएको छ ।

    यसैबिच केही महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले ‘होली वाइन’ खाएको विषय निकै चर्चामा आयो । यो चर्चा अहिले पनि सेलाइसकेको भने छैन । प्रधानमन्त्री ओलीलाई एक करोड पुरस्कार दिएको विषयले नै सरकार र सत्तारुढ दल नेकपा आलोचित भयो । काठमाडौंको ह्यात रिजेन्सी होटेलमा इसाई धर्मसँग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ)ले आयोजना गरेको कार्यक्रममा नेताहरुलाई होली वाइन खुवाइएको थियो । अहिले यस्तै होली वाइन खुवाउने क्रिश्चियन गुरुआमा शिन ओकजुलाई ६ वर्षको जेज सजाय सुनाइएको छ । दक्षिण कोरियाको ग्रेस रोड चर्चकी संस्थापक ‘शिन ओक जु’लाई ६ वर्षको जेल सजाय तोकिएको छ । तर, ग्रेस रोड चर्च भने नेपालका नेताहरुलाई होली वाइन खुवाउने संस्था भने होइन । यद्यपी धर्म प्रचार गर्ने आफ्ना अनुयायी भने बनाउँदै हिँड्ने संस्था भने हो ।

    ग्रेस रोड चर्चकी संस्थापक जु ले सन २०१४ मा करिब चार सय जनालाई प्राकृतिक प्रकोपबाट बच्न सकिने भन्दै फिजीमा बसाइ सर्नका लागि राजी गराएकी र उनीहरुलाई बन्धक बनाइएको तथा हुलदंगा मच्चाउने काममा लगाएको आरोप उनी गएको जुलाईमा पक्राउ परेकी बीबीसीले जनाएको छ । उनीमाथि बन्धक बनाइएका चार सय मध्ये सबैको पासपोर्ट खोसेर राखेको र तीमध्ये केहीलाई आत्मा भगाउने भन्दै कुटपिट गरिएको समेत उजुरी परेको थियो । सो चर्चको बन्धकबाट उम्कन सफल एक पीडितले आफूले आफ्नो सम्पूर्ण परिवार धार्मिक अन्धविश्वासका कारण गुमाएको गुनासो गरेकी बीबीसीले जनाएको छ ।

    यसै सम्बन्धमा सोमबार दक्षिण कोरियाको एउटा अदालतले शिनलाई हिंसा, बाल दुराचार तथा ठगीलगायत विभिन्न आपराधिक मुद्दाहरुमा दोषी सावित गर्दै ६ वर्षको जेल सजाय तोकेको हो । दक्षिण कोरियाको सुवन जिल्ला अदालतको उप अदालतलले ‘पीडितहरुलाई मरणासन्न हुने गरी कुटपिट गरिएको र शारीरिकका साथै मानसिक डर त्रास र यातना दिइएको पाइयो’ भन्दै उनलाई सो सजाय सुनाएको बीबीसीले जनाएको छ । ‘धर्मको नाउँमा गरिएको गैरकानुनी कारबाहीबापत कडाभन्दा कडा कारबाही हुनुपर्छ’, अदालतको फैसलामा उल्लेख छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ