• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बन्द सकिएपछि प्रकाण्डले निकाले यस्तो विज्ञप्ति, जनतालाई धन्यवाद

    21.7K
    SHARES



    भवानी ओझा, काठमाडौं १५ साउन । नेपाल कम्युनिष्ट पार्टीले बन्द सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ। बुधबारका लागि आह्वान गरेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम भव्य रूपमा सफल भएको नेकपाले जनाएको छ । नेकपाले बन्द सफल पार्न सघाउने सबैलाई धन्यवाद दिँदै आभार पनि प्रकट गरेको छ । नेकपाका प्रवक्ता प्रकाण्डले बुधबार साँझ एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले घोषणा गरेको सङ्घर्षका विभिन्न कार्यक्रम र बन्द सफल पार्न सघाउने आम जनसमुदाय, शैक्षिक–व्यापारिक तथा यातायातसँग सम्बन्धित निकायहरू, उद्योगी–व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, समर्थक, शुभचिन्तक एवम् पार्टी पङ्क्तिप्रति पार्टीका तर्फबाट हार्दिक धन्यवादका साथै आभार प्रकट गरेका हुन् । साथै तत्काल सबै गिरफ्तार नेता कार्यकर्तालाई रिहा गर्न उनले ओली-बादल सरकारलाई चेतावनी दिएका छन् ।

    प्रकाण्डद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘देशव्यापी दमन, षड्यन्त्र र हत्यामा उत्रिएको राष्ट्रघाती, व्यभिचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक केपीवली सरकार र प्रहरीभित्रको बदनाम गिरोहले यही साउन ४ गते राति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, उपत्यका ब्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज कमरेड माइला लामा ‘प्रज्वल’लाई गिरफ्तार गरी नाङ्गो झूट र नक्कली बहानामा जेल चलान गरेको घटनाविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले घोषणा गरेका सङ्घर्षका विभिन्न कार्यक्रम र साउन १५ गतेको काठमाडौँ उपत्यकासहित बागमती, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्ला बन्द कार्यक्रम भव्य रूपमा सफल भएको छ । बन्दको सफलताले केपी–पीके–रामबहादुर मण्डलीले नेकपाका नेता–कार्यकर्तामाथि लगाउँदै आएको झूट्टा आरोप पूर्णतः खारेज भएको प्रमाणित गरेको छ । हाम्रो पार्टी बन्दलगायत सङ्घर्षका कार्यक्रम सफल पार्न सहयोग गर्ने आम जनसमुदाय, शैक्षिक–व्यापारिक तथा यातायातसँग सम्बन्धित निकायहरू, उद्योगी–व्यवसायी, नागरिक समाज, बुद्धिजीवी, समर्थक, शुभचिन्तक एवम् पार्टी पङ्क्तिप्रति हार्दिक धन्यवादका साथै आभार प्रकट गर्दछ ।’

    वक्तव्यमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी वली–वादल मण्डलीका यस प्रकारका इतिहासकै तानाशाहहरूको हर्कतलाई ओझेल पार्ने निरङ्कुश र आततायी गिरफ्तारी एवम् दमनको निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामालगायत अन्यायपूर्वक जेल र हिरासतमा राखिएका सम्पूर्ण कमरेडको रिहाइको मागगर्दछ ।’ प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसद्वादीहरूको यथास्थितिवादी चिन्तन र विदेशी शक्तिकेन्द्रको हस्तक्षेपमा देश र जनतामाथि लादिएको प्रतिक्रान्तिका विरुद्ध पार्टीले लगातार सङ्घर्ष गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । आफ्नो पार्टीमाथिको प्रतिबन्धले वली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपले नै नाङ्गिएर सङ्कटमा परेको भन्दै उनले ओली सरकारका अन्यायपूर्ण हर्कतहरूकाविरुद्ध पार्टीले सञ्चालन गर्दै आएको सङ्घर्षमा निरन्तर साथ दिइरहन पनि सबै देशभक्त, राष्ट्रवादीहरुलाई अपिल गरेका छन् ।

    प्रवक्ताको वक्तव्यको अन्त्यमा भनिएको छ, ‘प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसद्वादीहरूको यथास्थितिवादी चिन्तन र विदेशी शक्तिकेन्द्रको हस्तक्षेपमा देश र जनतामाथि लादिएको प्रतिक्रान्तिका विरुद्ध हाम्रो पार्टीले लगातार सङ्घर्ष गर्दै आएको छ । देश झन्झन् राजनीतिक सङ्कटतिर फस्दै गएको छ । हाम्रो पार्टीमाथिको प्रतिबन्धले वली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपले नै नाङ्गिएर सङ्कटमा परेको छ । वली सरकारका अन्यायपूर्ण हर्कतहरूकाविरुद्ध हाम्रो पार्टीले सञ्चालन गर्दै आएको सङ्घर्षमा निरन्तर साथ दिइरहन पनि हामी हार्दिक अपिल गर्दछौँ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ