• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माइला लामा जेल चलान भएपछि पत्नी मनुले गृहमन्त्रीका नाममा लेखिन यस्तो भावुक स्टाटस

    52.1K
    SHARES



    काठमाडौं । चर्चित जनवादी कलाकार समेत रहेका नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतिरहेको अवस्थामा मध्यराति गिरफ्तार गरेपछि अहिले केपी ओली-प्रचण्ड नेतृत्व सरकारको व्यापक आलोचना भइरहेको छ । राजनीतिक आस्थाकै कारण जनताका प्रिय कलाकारलाई माइला लामालाई तत्काल रिहा गर्न माग गर्दै चौतर्फी दवाव सुरु भएको छ ।

    सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनयुद्ध घाइते समेत रहेका लामालाई हतकडी लगाएको तस्वीरलाई भाइरल बनाएका छन् । सोहि तस्वीर राखेर लामाका शुभचिन्तकहरुले हिजो सँगै जनयुद्ध लडेका प्रचण्ड बादलहरुकै आदेशमा आज उनको हातमा हत्कडी लागेको भन्दै ओली सरकारको खिल्ली उडाएका छन् । प्रतिबन्ध लागेपश्चात नेकपामाथि व्यापक दमनमा उत्रिएको ओली-प्रचण्ड सरकार फासिवादी बन्दै गएको भन्दै आलोचना बढिरहेको बेला लामा गिरफ्तार परेपछि सत्तारुढ दलकै कतिपय नेता कार्यकर्ताले समेत सरकारको यो कदमको बिरोध गरेका छन् ।

    त्यतिमात्रै नभइ प्रगतिशील लेखक, बुद्दिजिबी, अन्य कलाकार, पत्रकार र नागरिक समाजले समेत लामाको गिरफ्तारीको विरोध गरिरहेकाका उनकी पत्नी मनु तामाङले सामाजिक सञ्जाल फेसबुकमा निक्कै मार्मिक स्टाटस लेखेकी छैन । माइला लामापत्नी मनुले गृहमन्त्री बादल आफ्नी पत्नीसहित अबिर र खादा लगाएर उभिएको र लामाको हातमा हत्कडी लागेको तस्वीर २ वटै तस्वीर सामाजिक सञ्जालमा राख्दै भावुक ब्यंग हानेकी छैन ।  मनुले गृहमन्त्रीलाई बादल दाइ भन्दै फेसबुकमा आफ्नो भावना पोखेकी हुन्।

    कुनै बेलाका सहयोद्धा रामबहादुर थापा बादल गृहमन्त्री बनेको समयमा ज्यान मारेको अभियोगमा माइला लामा जेल चलान भएपछि उनकी पत्नी मनुले मंगलबार राति भावुक स्टाटस लेखेकी हुन्। उनले लेखेको २ लाइनको स्टाटसले माइला लामा र बादलबीचको जनयुद्धको समयको सामिप्यतालाई झल्काएको छ । बादल गृहमन्त्री भएपछि बधाई दिन जाँदाको तस्बिर राखेर लेखिएको स्टाटसले हिजोका सहयोद्धाहरु आज विभाजित भएको झल्को दिएको छ । उनले आक्रोश मिश्रित शब्दमा बादलप्रति भावनात्मक प्रहार गरेकी हुन्। ‘बादल दाइ! यदि हजुरको भन्दा मेरो पछि लास परेँ भने पक्कै पुष्प गुच्छा लिएर आउनेछु’, उनले लेखेकी थिइन्, ‘हजुरको कार्यकाल सफल होस्! उनले लेखेकी छैन ।

    जिल्ला अदालत, ललितपुरले लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मंगलबार अदालतको यस्तो आदेश आएसँगै लामालाई नक्खु कारागार पठाइएकाे छ । मंगलबार ललितपुर जिल्ला अदालतमा लामाको थुनछेक बहस चलेको थियो ।  गत शनिबार मध्यराति साढे १२ बजे गिरफ्तार भएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ । माइला लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए । लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्धा चलाएको छ ।

    यसैबीच जनकलाकार समेत रहेका नेता लामा गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आक्रोशित बनेका छन् । सोमबार एक विज्ञप्तिसार्वजनिक गर्दै उनले सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टी सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी नेता लामालाई गिरफ्तार गरेको भन्दै घोर भत्र्सना गरेका छन् ।

    महासचिव विप्लवले लोकप्रिय जनकलाकार लामा र जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने चेतावनी समेत दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई यो सामाजिक फासिवादी केपी—पीके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरेहका अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी गिरफ्तार गरेको छ । केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।’

    केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको विज्ञप्तिमा उल्लेख छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला गर्न नहुने उनले बताएका छन् ।

    महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन- ‘के पी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ ।’

    यदि सरकारले सुदर्शनसहित जेल चलान गरिएका सबै नेता कार्यकर्ता र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार सबै नेता कार्यकर्ताहरुलाई बिना शर्त ससम्मान रिहा नगरे आफ्नो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुने चेतावनी विप्लवले दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन- ‘यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुनेछ । यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुनेछ ।’

    त्यसअघि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले पनि आफ्ना अध्यक्ष माइला लामाको गैरन्यायिक गिरफ्तारीप्रति आपत्ति जनाएको छ । लामालाई तत्काल बिनाशर्त रिहा गर्न महासङ्घले विशेष अपिल पनि गरेकाे छ । महासङ्घका महासचिव खेम थपलियाले आइतबार एक विज्ञप्ति जारी गर्दै लामालाई मध्यरातको समयमा ठूलो सङ्ख्यामा रहेका प्रहरीको सशस्त्र फौजले घेरा हाली काँडाघारीबाट गिरफ्तार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै राष्ट्रका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण रहेको उनले बताएका छन् ।

    जनयुद्धको दौरानमा सांस्कृतिक क्षेत्रबाट मात्र नभएर सङ्गठनात्मक क्षेत्रबाट समेत महत्वपूर्ण योगदान पु¥याएका लामालाई अपहरण शैलीमा गिरफ्तार गरिनुले सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कार्य भएको विज्ञप्तिमा उल्लेख छ । सरकारको फासिवादी कदमले यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएको पनि महासचिव थपलियाले बताएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण छ । सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ । यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएका छन् । यसर्थ, हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई तत्काल बिनाशर्त रिहा गर्न विशेष अपिल गर्दछ ।’

    प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति भइरहेको अवस्थामामा तिनै हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रूर र फासिवादी बन्दै गएको विज्ञप्तिमा उल्लेख छ । जनकलाकार माइला लामाका गिरफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फासिवादी हर्कत हो ।  विज्ञप्तिमा भनिएको छ- ‘हिजो प्रचण्डको नेतृत्वमा जुन सपनाका साथ योद्धाहरू लडेका थिए, प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति भइरहेको छ । तर दुःखका कुरा, हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रूर र फासिवादी बन्दै गएका छन् । जनकलाकार माइला लामाका गिरफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फासिवादी हर्कत हो ।’

    आजका सत्ताधारी  प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि माइला लामाजस्ता जनकलाकारहरुको असामान्य  योगदान रहेको भन्दै थपलियाले यस्तो क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘आजका प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि यो क्षेत्रको योगदान सामान्य छैन । यस्तो विशिष्ट क्षेत्रमा क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा हो । कुनै बेला प्रचण्ड–बादलहरूलाई गीतकार, सङ्गीतकार एवम् युवानेता माइला लामा जतिखेर पनि आवश्यक भइरहन्थ्यो । केही प¥यो भने यी नेताहरूको मुखमा सबैभन्दा पहिला ‘माइला’ नै आउँथ्यो तर विडम्बना, आज इतिहास उल्टो धारमा दौडिरहेछ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ