• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेकपा उपत्यका इन्चार्ज माइला लामा जेल चलान, पुर्पक्षका लागि नक्खु कारागार पठाइयो

    13.3K
    SHARES



    काठमाडौं । जिल्ला अदालत, ललितपुरले शनिबार मध्यरातमा काठमाडौंको काँडाघारीबाट गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मंगलबार अदालतको यस्तो आदेश आएसँगै लामालाई नक्खु कारागार पठाइएकाे छ । मंगलबार ललितपुर जिल्ला अदालतमा लामाको थुनछेक बहस चलेको थियो ।  गत शनिबार मध्यराति साढे १२ बजे गिरफ्तार भएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको छ । माइला लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए । लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्धा चलाएको छ ।

    यसैबीच जनकलाकार समेत रहेका नेता लामा गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आक्रोशित बनेका छन् । सोमबार एक विज्ञप्तिसार्वजनिक गर्दै उनले सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टी सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी नेता लामालाई गिरफ्तार गरेको भन्दै घोर भत्र्सना गरेका छन् ।

    महासचिव विप्लवले लोकप्रिय जनकलाकार लामा र जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने चेतावनी समेत दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई यो सामाजिक फासिवादी केपी—पीके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरेहका अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी गिरफ्तार गरेको छ । केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।’

    केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको विज्ञप्तिमा उल्लेख छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला गर्न नहुने उनले बताएका छन् ।

    महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन- ‘के पी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ ।’

    यदि सरकारले सुदर्शनसहित जेल चलान गरिएका सबै नेता कार्यकर्ता र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार सबै नेता कार्यकर्ताहरुलाई बिना शर्त ससम्मान रिहा नगरे आफ्नो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुने चेतावनी विप्लवले दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन- ‘यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुनेछ । यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुनेछ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ