• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    माइला लामाको गिरफ्तारीपछि विप्लव आक्रोशित, ओली-प्रचण्डलाई दिए यस्तो चेतावनी, विज्ञप्तिसहित

    23.8K
    SHARES



    काठमाडौं । जनकलाकार तथा उपत्यका इन्चार्ज समेत रहेका पार्टी केन्द्रीय सदस्य माइला लामा गिरफ्तार परेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आक्रोशित बनेका छन् ।  सोमबार एक विज्ञप्तिसार्वजनिक गर्दै उनले सामाजिक फासिवादी केपी–पिके सरकारले पार्टी सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी नेता लामालाई गिरफ्तार गरेको भन्दै घोर भत्र्सना गरेका छन् ।

    महासचिव विप्लवले लोकप्रिय जनकलाकार लामा र जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे याेजनाबद्ध प्रतिराेध गर्ने चेतावनी समेत दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो पार्टीका केन्द्रीय सदस्य, भ्याली इन्चार्ज तथा लोकप्रिय जनकलाकार माइला लामालाई यो सामाजिक फासिवादी केपी—पीके सरकारले सांगठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरेहका अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी गिरफ्तार गरेको छ । केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।’

    केपी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको विज्ञप्तिमा उल्लेख छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला गर्न नहुने उनले बताएका छन् ।

    महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन- ‘के पी—बादल प्रशासनले एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कोतिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झुठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जवर्जस्त युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढवा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ । यसप्रति सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ ।’

    यदि सरकारले सुदर्शनसहित जेल चलान गरिएका सबै नेता कार्यकर्ता र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार सबै नेता कार्यकर्ताहरुलाई बिना शर्त ससम्मान रिहा नगरे आफ्नो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुने र त्यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुने चेतावनी विप्लवले दिएका छन् । महासचिव विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन- ‘यदि यो सरकारले कमरेड सुदर्शन लगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामा लगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई बिना शर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुनेछ । यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुनेछ ।’

    एकातिर बार्ताको हल्ला फिजाएर अर्कोतिरबाट सरकारले नेकपा नेता कार्यकर्तामाथिको दमन र गिरफ्तारीलाई व्यापक बनाएको छ । यसै सिलसिलामा शनिबार मध्यरातमा प्रहरीले नेकपा प्रभावशाली नेता तथा उपत्यका व्युरो इन्चार्ज माइला लामासहित २ जनालाई गिरफ्तार गरेको हो । चर्चित जनवादी गायक समेत रहेका लामालाई प्रहरीले मध्यरातमा घर नै घेराबन्दीमा पारेर गिरफ्तार गरी प्रहरी परिसरमा जाउलाखेलमा राखेकाे छ ।

    लामासँगै नेकपा कार्यकर्ता रेशम तामाङ पनि गिरफ्तार परेका छन् । लामालाई समात्न ठुलो संख्यामा प्रहरी काँडाघारी पुगेको थियो । सुराकीको सूचनाका आधारमा माइला लाम रहेको घरमा पुगेको प्रहरीले घर नै घेराबन्दीमा पारेर खान तलासी गरेको प्रत्यक्षदर्शीले बताएका छन् । यसअघि नेकपाले चुनाव बहिस्कार अभियान चलाएका बेला समेत प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । चौतर्फी दवाव र चर्को आलोचनापछि उनी रिहा भएका थिए । यसपटक प्रतिबन्धपश्चात पनि प्रहरीले लामो समयदेखि उनलाई खोजि गर्दै आएको थियो । काठमाडौं सीतापाइलाका चर्चित लामा जनवादी गायक समेत हुन ।

    २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयन गीतहरू लेखेका छन् भने सांस्कृतिक कार्यक्रमको नेतृत्व पनि गरेका छन् । उनका गीतहरु जनताका आवाज बुलन्द गर्ने खालका हुन्छन् । एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए ।   अप्रत्यक्ष रुपमा वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि धरपकड हेर्दा सरकारले बार्ताभन्दा पनि नेकपा आफ्ना कार्यकर्ता पक्राउ अभियानमा लागेको र नेता–कार्यकर्तालाई प्रलोभनमा पार्न अनेक षड्यन्त्र गरिरहेको राजनीतिक विश्लेषकहरुको बुझाई छ । फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएयता नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    प्रतिक्रिया