• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विस्फोटमा पर्नुअघि नै यस्तो मार्मिक थियो राम सिंहको अन्तिम फेसबुक स्टाटस, जसले सबैलाई स्तब्ध बनायो

    38.8K
    SHARES



    काठमाडौं । बिहिबार कैलाली बम बिस्फोटमा ज्यान गुमाउने राम बहादुर सिंह ‘राजेश’लाई बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले सहिद घोषणा गरेको छ । पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट भएर उनकाे ज्यान गएकाे नेकपाले जनाएको छ। शुक्रबार नेकपा सेती महाकाली ब्युरो इन्चार्ज निर्माणले एक विज्ञप्ति सार्वजनिक गर्दै घटनामा घाइते भएका सर्वसाधारणहरुको सिघ्र स्वास्थ्य कामना गरेका छन् । सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको थियो । सिंहकाे कम्मर पछाडिको भागमा गम्भीर चोट लागेको थियो । घाइते भएसँगै माया मेट्रो अस्पताल पुर्‍याइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै उनको ज्यान गयो ।

    सिंहले विस्फोटमा पर्नुअघि अर्थात फेसबुकमा सक्रिय रहेको समयमा एउटा भावुक स्टाटस लेखेको भेटिएको छ । उनले ब्याकग्राउण्डमा आकाश आउने गरी खिचिएको एउटा तस्वीर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेर गत जुलाई १४ अर्थात् असार २९ गते निक्कै भावुक स्टाटस लेखेका थिए । उक्त स्टाटसमा उनले आकाशको उचाई र जीवनको आयु कति छ भनेर नाप्न नसकिने भाव व्यक्त गरेका छन् । साथै अलि रमाइलो गरेको है भन्दै उनले आफ्नो फेसबुकका सबै साथीलाई सम्झिएका छन् ।  उनले लेखेका छन्- ‘याे आकाशको उचाई कति छ भनेर कसलाई के थाहा ?  मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? अलि रमाईलाे साथिहरू मेरो याे फेसबुकमा भएका अल साथीहरुलाई सम्झना अनि न्यानाे माया मिति २०७६/३/२९ गतेकाे’ ।

    उनको निधनपछि उनका साथीभाई तथा शुभचिन्तकहरुले उनको यो पोस्टलाई स्क्रिनसर्ट गरेर राख्दै श्रद्धाञ्जली दिएका छन् । त्यसपछि उनले साउन १ गते अर्थात बिस्फोटमा अपरेर ज्यान गुमाउनुभन्दा ठिक अघिल्लो दिन मात्रै ‘साउनको अध्यारो रातमा पनि जुनको उज्यालो पायौ’ भन्दै अध्यारो रातमा जुन टल्किएको तस्वीर पोस्ट गरेका छन् । सिंह जयपृथिवीनगरपालिका बझाङका स्थायी बासिन्दा हुन् । उनका ३ छोरी, श्रीमती र आमाबुवा घरमै छन् । परिवारका जेठा सन्तान सिंहका २ भाई र ३ बहिनीहरु छन् ।

    यसैबीच शुक्रबार नेकपा सेती महाकाली ब्युरो इन्चार्ज निर्माणले एक विज्ञप्ति सार्वजनिक गर्दै घटनामा घाइते भएका सर्वसाधारणहरुको सिघ्र स्वास्थ्य कामना गरेका छन् । ‘हिजो साँझ धनगढी उप-महानगरपालिका सहिद गेटनजिकै पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुदाँ सहादत प्राप्त गर्नुभएका राम बहादुर सिंह क. राजेशलाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यत गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समावेदन प्रकट गर्दछ ।’इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    घटना घट्नुको मुख जिम्मेवार बर्तमान सरकार रहेको दावी गर्दै इन्चार्ज निर्माणले घाइते परिवारप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । निर्माणद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ- ‘बिस्फोटमा परी घाइते हुनुभएका सर्वसाधारण नागरिकको स्वास्थ्य लाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं। घाइतेहरुको उचित उपचारको ब्यबस्था पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल अस्पताल परिवार र उपचारमा संग्लन स्वास्थ्यकर्मीहरुमा उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी बिनम्र अनुरोध गर्दछ ।’

    इन्चार्ज निर्माणले घाइतेहरुको उपचारको व्यवस्था पार्टीले नै गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्पताल परिवारलाई समेत उपचारमा कमी आउन नदिन आग्रह गरेका छन् । उनले उक्त घटनाक कारण सर्वसाधारण जनतामा पर्न गएको असरप्रति समेत दुख व्यक्त गरेका छन् । घटना घट्नुको मूल कारण दलालपुजीवादी संसदीय व्यवस्था भएकोले यसको सम्पुर्ण जिम्मा केपी ओली नेतृत्वको सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘यस घटनाले सर्वसाधारण नागरिकहरुमा पर्न गएको असहजताप्रति दुख व्यक्त गर्दछौं । यो दुखद घटनाको पछाडिको मूल कारण दलालवादी संसदीय व्यवस्था भएकाले यसको सम्पुर्ण जिम्मा केपी ओलीको सामाजिक फासिवादी सरकारले लिनुपर्छ ।’ इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    यस्तै अर्का घाइते कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का लक्ष्मण सेरेलाको अवस्था पनि गम्भीर छ। उनको पनि कम्मर आसपासको क्षेत्रमा शरीरभित्र फलामका टुक्रा अड्किएका छन्। उनको, सल्यक्रिया गरेर शरिरमा रहेका फलामका टुक्रा निकालिने अस्पताल स्रोतले बताएको छ। विष्फोटमा होटल छेउमै ग्यारेज गरी बसेका भारतको लखिमपुर जिल्लाका मोबिन खान, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डे पनि घाइते भएका छन्। उनीहरुको अवस्था खतरामुक्त भएको अस्पतालले जनाएको छ। ग्यारेज सञ्चालक खान र जितेन्द्र यादव होटलमा चिया खान बसेका थिए। यादव पशुपंक्षी व्यवसायी संघका कैलाली जिल्ला अध्यक्ष हुन्। यादवको शरीरभरि छर्रा लागेको छ भने खानको मुखमा ठुलो चोट लागेको छ। घाइते सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ