• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कसले लियो धनगढी बम विस्फोटको जिम्मा ? होटेल मालिकसहित घाइते ५ जनाको परिचय खुल्यो

    10.9K
    SHARES



    काठमाडौं । । कैलालीको धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ७ का प्रहरी प्रमुख डीआईजी तारणी लम्सालका अनुसार निलम होटल अगाडि विस्फोटको भएको हो । सिलिण्डर अथवा अन्य बम विस्फोट गराएको भन्‍ने विषयमा पुष्टि भइसकेको छैन । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् । स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् । प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो ।

    घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको डीआईजी लम्सालले बताए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ । घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ । यो समाचार तयार पार्दसाम्म घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । यता कैलालीको धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा आफ्नो संलग्नता नभएको नेकपाले प्रष्ट पारेको छ । उक्त घटनामा आफ्ना कुनै पनि नेता कार्यकर्ताको संलग्नता नभएको नेकपा कैलालीले जनाएको छ ।

    विस्फोट तथा आतंक हुँदा सिधैं आफ्नो पार्टीको नाम जोड्ने र बदनाम गर्ने सरकारो नीति रहेको भन्दै नेकपाले अनावश्यक आरोमा आफूहरुलाई मुछेर बदनाम नगर्न आग्रह गरेको छ ।साथै अनावश्यक विस्फोट गराउने र आतंक फैलाउने नीति आफ्नो पार्टीको नभएको बताएको छ । कैलालीमा भएको विस्फोटको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा सिलिण्डर अथवा अन्य कुनै बम विस्फोट भएको हो भन्‍ने स्पष्ट भइसनसकेको पनि प्रहरीले जनाएको छ । अनुसन्धानपछि मात्रै केहि भन्न सकिने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ