• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बुढेसकालको अनुहार हेर्न ‘फेसएप’ चलाउँदै हुनुहुन्छ? होसियार विशेषज्ञहरुले दिए डरलाग्दो चेतावनी

    18.5K
    SHARES



    काठमाडौँ । केहिदिन भयो सामाजिक सञ्जला त्यसमा पनि फेसबुकका प्रयोगकर्ताले आफ्नो बुढेसकालको अनुहार सेयर गरिरहेका छन् । प्रविधिको प्रयोग नजान्नेका लागी निक्कै ठूलो कुरा जस्तो देखिएपनि प्रयोगकर्ताका लागि भने बुढेसकालको खुम्चिएको अनुहार जस्तै पीडा भोग्नुपर्ने अवस्था आउने विशेषज्ञहरुको भनाइ छ । अनुहार बुढो भएको फोटो बनाउने एक एप हो । जसको नाम ‘फेसएप’ राखिएको छ । यो एपले केहिक्षण खुसी दिएपनि दीर्घकालमा दु:खी बनाउन विशेषज्ञहरुको दाबी छ । उनीहरुले यो एपको प्रयोगकर्ताको डेटा असुरक्षित भइसकेकाले अब प्रयोग नगर्न सुझाव पनि दिएका छन् ।फेसबुकले पनि समयसमयमा जथाभावी एप्सहरु नचलाउँन भन्दै आइरहेको छ ।‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिन्छ भन्ने तस्वीर देखाउने काम गर्दछ ।

    ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ । यसको उपयोग गरी आफ्ना तस्वीर पोस्ट गर्नेहरु बढ्दै गएका छन् । यसका साथै सुरक्षा चुनौतिको सामना गर्न भने तपाई तयार हुनैपर्छ । सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए । त्यही एप ‘आर्टिफिसिएल इन्टेलिजेन्स(एआई)’ का साथ अहिले फेरी भाइरल भएको हो । विश्वका केही चर्चित स्टारसहितका कयौ प्रयोगकर्ताले ‘ओल्ड फिल्टर’ मार्फत यसको प्रयोग नै गरेका थिए । प्रविधि सम्बन्धि जानकारी लिने अनलाईन ‘टेकक्रन्च’ का अनुसार तपाईको तस्वीरमा फिल्टर जोड्न एपले

    एपमा रहेका विभिन्न फिल्टरका लागि सेल्फी सम्पादन एउटा न्युट्रल नेटवर्कमा निर्भर रहेको हुन्छ ।यसअघि ‘टेकक्रन्च’ को रिपोर्ट अनुसार पुरानो फिल्टर अब भाईरल बनेको छ । उसले लेखेको छ , ‘एपमा अन्य फिचर्स पनि छन, जस्तो की मुस्काउनु, अन्य फिल्टरका साथ युवा वा धेरै राम्रो देखाउनु । यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छन् । प्रविधि विशेषज्ञहरुले यो ‘फेसएप’ असुरक्षित रहेको बताएका छन् । उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ । एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईलाई ‘स्मार्ट’ बुढेसकालको तस्वीर देखाउन फिल्टर गर्छ । यसका लागि एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्वीरलाई सम्पादन गर्छ । यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ ।

    विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्वीरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनैपनि तस्वीरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् ।’‘फेस एप’मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ । यो एप ‘एआई’ प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्वीरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ । यसले तपाईको कपालको रंग, तपाईलाई दाह्रीवाल र युवा समेत देखाउन सक्छ । यो एप सुचारु भएपछि तपाईका संग्रहित सामग्री र तस्वीरहरु बिना अनुमतिकै स्टोर गर्न सक्ने क्षमता पनि यसमा छ । यसको अर्थ तपाईको डेटा असुरक्षित हुनेभयो । यति मात्रै हैन तपाईको स्वीकृति बिनैपनि डेटाहरु अरुलाई बेच्न सक्छ । यस्तोमा अवस्था पीडित भए सम्बन्धित निकायमा गुनासो गर्ने कानुनी अधिकारबाट समेत बञ्चित हुनुहुनेछ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ