• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्रत्यक्षदर्शी भन्छन- ‘निरकुमारमाथि प्रहरीले खोलेको फायर आफ्नै जवान सञ्जीवलाई लाग्यो’

    161.5K
    SHARES



    काठमाडौं । भोजपुरको सदरमुकाको हटिया लाइनमा नेपाल कम्युनिष्ट पार्टी र प्रहरीबीच तनाव उत्पन्न भएको छ। प्रहरीले चलाएको गोली लागेर एक नेकपा नेताको ज्यान गएको छ भने घटनामा १ प्रहरीको पनि  मृत्यु भएको छ । अर्का १ जना प्रहरी गम्भीर घाइते भएका छन् । बुधवार बिहान साढे ८ बजेको समयमा भोजपुर सदरमुकाममै प्रहरीले नेकपा ओखलढुंगा सेक्रेटरी निरकुमार राईमाथि गोली चलाएको हो ।

    भोजपुरको सदरमुकास्थित हटिया लाइनमा बिहान चिया खान निस्किएका नुरकुमारलाई सिभिलमा रहेको घुमुवा प्रहरीले देखेपछि नियन्त्रणमा लिन खोजेको थियो । त्यसक्रममा प्रहरी र निरकुमारबीच केहि समय बिबाद भएको त्यहाँका स्थानीय प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई बताए । प्रत्यक्षदर्शीका अनुसार विवादकाबीच निरकुमार त्यहाँबाट निस्किन खोजेपछि प्रहरीले उनीमाथि गोली चलायो । प्रहरीले चलाएको गोली निरकुमारले छलेपछि आफ्नै सहकर्मीलाई लाग्यो ।

    घटनालाई लुकेर नियालिरहेका ति प्रत्यक्षदर्शीले नाम नबताउने सर्तमा संचारकेन्द्रसंग भने -‘त्यसबेलासम्म निरकुमारसंग कुनै हतियार मैले देखिन, जब प्रहरीले हानेको गोली निरकुमारले छलेपछि प्रहरीलाई नै लाग्यो त्यसपछि पनि उहाँ (निरकुमार) भाग्न खोजिरहनु भएको थियो ।’ प्रत्यक्षदर्शीका अनुसार प्रहरीले फेरी हतियार ताकेर निरकुमारलाई नियन्त्रणमा लियो र दुईवटै हात पछाडी बाँधेर गिरफ्तार गरेर लग्यो । नीर कुमार भोजपुरकै षडानन्द नगरपालिका–१३, बोयाका निवासी हुन् । उनी केहिदिन अघि मात्रै घर भेटघाटमा आएका थिए ।

    उनको कन्चटमा गोली लागेको छ भने प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको प्रहरीले जनाएको छ । घटनामा एक अर्का प्रहरी समेत घाइते भएका छन् । घाइते हुने प्रहरी सोमनाथ भट्टराई रहेकाे र उनकाे स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । घटनाबारे नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक धारणा आउन सकेको छैन । प्रहरीले भने सुरुमा नेकपाका कार्यकर्ताले गोली हानेको दाबी गरेको छ । विप्लव नेतृत्वको नेकपाले भने सुरक्षाकर्मीमाथि आक्रमणको कुनै नीति नरहेको बताउँदै आएको छ । यसैबीच घटनापछि भोजपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । भोजपुरका सबै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीपरिचालन भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

    यसअघि प्रहरीको गोली लागेर भोजपुरकै टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ का तिर्थराज घिमिरेलाई प्रहरीले गोली हानेर हत्या गरेको थियो । प्रहरीको गोली लागेर घाइते भएका घिमिरेको धरानमा ल्याइ उपचार गर्दा गर्दै मृत्यु भएको हो । त्यसैगरी केही समयअघि मात्र प्रहरीले नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलेको पनि गोली हानेर हत्या गरेको थियो । सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १, १० र ११नम्बर वडा सिमाना पर्ने पलार हिरापुर जंगलमा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानेर हत्या गरेको थियो । तर, प्रहरीले उनको पनि भिडन्तमा मृत्यु भएको दावी गर्दै आएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ