• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सङ्खुवासभा दोहोरो फायरिङबारे नेकपाको अर्को कडा विज्ञप्ति, यस्तो रहेछ वास्तविकता

    14.1K
    SHARES



    काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको तिलिचुङ गाउँपालिका वडा नं. १ मा संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा रहेका आफ्ना नेता कार्यकर्तामाथि एकोहोरो गोली चलाएको बताएको छ । पूर्वि कमाण्ड इन्चार्ज विषमले बुधबार एक  प्रेसविज्ञप्ति जारी गर्दै सोमबार सङ्खुवासभा जिल्लाको तिलिचुङ गाउँपालिका वडा नं. १ मा संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा शान्तिपूर्ण राजनीतिक कार्यक्रम चलाईरहेको टोलीमाथि चारैतिरबाट घेरा हालेर ओली सरकारले हमला गरेको र उल्टै दोहोरो भिडन्तको हल्ला चलाएको बताएका छन् । केपी–बादल गृह प्रशासनको ठाडो निर्देशनमा चारैतिरबाट घेराबन्दीमा पारेर ३ ओटा हेलिकोप्टर र सशस्त्र फोर्स परिचालन गरी अभियान टोलीमाथि एकहोरो गोली चलाएर आफ्नो कर्तुत लुकाउन भिडन्तको हल्ला पिटिएको भन्दै उक्त सरकारी कदमप्रति घोर आपत्ति र भर्त्सना  गरेका छन् ।

    पूर्वि कमाण्ड इन्चार्ज विषमले विज्ञप्तिमा भनेका छन्, ‘यहि २०७६ आषाढ १६ गते सोमबारका दिन पार्टी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु संगठन सुदृढ तथा बिस्तार अभियानको क्रममा संखुवासभा तिलिचुङ गाउँपालिका वडा नं. १ मा पुगेको बेला केपी ओलीको नेतृत्वको सरकार र गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृह प्रशासनको ठाडो निर्देशनमा ३ ओटा हेलिकोप्टरबाट सशस्त्र फोर्स परिचालन गरी  अभियान टोलीलाई चारैतिरबाट घेरी एकहोरो गोली चलाइयो र दोहोरो भिडन्तको हल्ला पिटियो । टोलीका सबै ज्यान जोगाउन सफल भए पनि हालसम्म तीन जना कार्यकर्ताहरु सम्पर्कबिहिन भएकोमा एक जना सम्पर्कमा आएको र दुई जना अझै सम्पर्कमा छैनन् । त्यसमध्ये एकजना कमरेड सुजन अधिकारीलाई गिरफ्तार गरेर आफैसँग त्यस क्षेत्रमा घुमाइरहेको अपुष्ट खवर बाहिर आइरहेको भए पनि आधिकारीक रुपले अझै पुष्टि नभएकोले दुई जनाको अवस्था अज्ञात नै रहेको छ । सरकारले अझै पनि यसलाई दोहोरो भिडन्तको भ्रम दिइरहेकोले यसबारे सत्यतथ्य जानकारी गराउन यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

    अहिलेसम्म प्रहरी, सेनामाथि सशस्त्र आक्रमण नगर्ने पार्टीको नीतिलाई कहि पनि पार्टीले उलङ्घन नगरेको प्रष्ट पार्दै उनले निहत्था नेता र कार्यकर्तामाथि दोहोरो भिडन्तको नाममा गिरफ्तारपछि हत्या गर्ने, गाउँ अप्रेशन गर्ने, घरहरु खानतलासी गर्ने, धरपकड, थुनछेक, झुट्ठाभुद्दामा महिनौ थुनामा यातना दिने जस्ता काममा राज्य नै लागिपरेको दावी गरेका छन् । इन्चार्ज विषमले विज्ञप्तिमा भनेका छन्, ‘सर्वबिदितै छ  पार्टी राष्ट्रियता, जनतन्त्र र जनजीबिकाकालागि र यो भ्रष्ट, हत्यारो सरकारका बिरुद्ध निरन्तर संघर्षरत छ । हामी शान्तिपूर्ण रुपमा आफ्नो राजनैतिक, बैचारिक, साँगठनिक, भ्रष्टाचार बिरोधी संघर्षका कार्यक्रमहरुमा लागिरहेको बारे पनि सबैलाई जानकारी नै छ । साथै यो पनि सर्वबिदित छ कि अहिलेसम्म प्रहरी, सेनामाथि सशस्त्र आक्रमण नगर्ने पार्टीको नीतिलाई कहि पनि पार्टीले उलङ्घन गरेको छैन तर सरकारले निहत्था नेता र कार्यकर्तामाथि दोहोरो भिडन्तको नाममा गिरफ्तारपछि निशंस हत्या गर्ने, गाउँ अप्रेशन गर्ने, घरहरु खानतलासी गर्ने, धरपकड, थुनछेक, झुट्ठाभुद्दामा महिनौ थुनामा यातना दिने जस्ता काममा राज्य नै लागिपरेको छ ।’

    गत जेष्ठ ८ गते भोजपुरमा तीर्थ घिमिरेको र अस्ति भर्खरै आषाढ ५ गते सर्लाही जिल्लाको लालबन्दीमा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको यसरी नै गिरफ्तारीपछि कायरतापूर्ण हत्या गरिएको भन्दै उनले सरकारको यसप्रकारको हत्याकाण्डमा बिदेशी शक्तिकेन्द्रहरुको समेत हात रहेको पुष्टि भएको दावी गरेका छन् । भोजपुर र सर्लाहीजस्तै हत्याकाण्ड दोहोर्याउन संखुवासभामा पनि दोहोरो भिडन्तको नाममा पैदल र हवाई कमाण्डो फोर्स उतारेर अहिले पनि प्रहरीहरु गाउँगाउँ घेरामारी गर्दै आतंक मच्चाइरहेको बताएका छन् ।

    विज्ञप्तिमा भनेका छन्- ‘गएको जेष्ठ ८ गते भोजपुरमा तीर्थ घिमिरेको र अस्ति भर्खरै आषाढ ५ गते सर्लाही जिल्लाको लालबन्दीमा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको यसरी नै गिरफ्तारीपछि कायरतापूर्ण हत्या गरिएको छ । यसमा बिदेशी शक्तिकेन्द्रहरुको समेत हात रहेको पुष्टि भएको छ । यस्तै अहिले संखुवासभामा पनि दोहोरो भिडन्तको नाममा हवाई र पैदल सशस्त्र प्रहरी र सशस्त्रका प्रहरीका कमाण्डो फोर्स भनी हेलिकोप्टरबाट उतारिएका प्रहरीहरु अझै गाउँहरु घेरामारी आतंक मचाइरहेका छन् । यस्तै सिन्धुली मरिनबेल्ट र दक्षिण सिन्धुलीको चुरेबेल्टमा यसरी नै सर्च अप्रेशन चलाइरहेका छन् । कमरेड कुमार पौडेलको रगत सुक्न नपाउँदै गएको आषाढ १४ गते लालमबन्दी सडक र बस्ती नजिक बेलगाम संचालित क्रसर उद्योगले खनेको खाल्डोमा जमेको पानीमा दुबेर एक स्थानीय १२ बर्षिय बालक अमितकुमार यादवको मृत्यु भयो । यसको बिरोधमा १५ गते स्वतःस्पूmर्त सडकमा उत्रेका प्रदर्शनकारीहरुमाथि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा एक जना प्रदर्शनकारी अन्दाजी ४५/४६ बर्षको केवल महरको मृत्यु भएको छ । यसलाई पनि नेपाल कम्युनिस्ट पार्टीसँग जोडेर कथित दोहोरी भिडन्तको नाम दिन पछि परेनन् ।’

    सरकारले देशैभरी क्रुर फासिवादी दमन चलाइरहेको भन्दै उनले राज्यआतंक र सामाजिक फासिवादी दमनको आफ्नो पार्टी पूर्वी केन्द्रीय कमाण्डले घोर भत्र्सना गरेको विज्ञप्तिमा उल्लेख छ । राज्यको फासिवादी दमन तुरुन्त बन्द गरी आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउनका साथै भोजपुर, सिन्धुली र सर्लाहीमा गरिरहेको दमन र अप्रेशन तुरुन्त बन्द गर्न र पूर्वी कमाण्ड अन्तरर्गत गिरफ्तार गरिएका करिव ३ दर्जनको संख्यामा जेल र हिरासतमा यातना भोगिरहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको बिना सर्त रिहाई गर्न उनले माग गरेका छन् । साथै दोहोरो भिडन्तको नाममा हत्या गरिएका पार्टीका नेता कुमार पौडेल र तीर्थ घिमिरेको परिवारलाई उचित क्षतिपूर्ति सहित राष्ट्रिय सहिद घोषणा गर्न र हत्याराहरुलाई सख्त कार्वाही गर्न पनि उनले माग गरेका छन् ।

    अगाडि विज्ञप्तिमा भनेका छन्, ‘यसरी सरकारले देशैभरी क्रुर फासिवादी दमन चलाइरहेको छ । सरकारको यो राज्यआतंक र सामाजिक फासिवादी दमनको हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी पूर्वी केन्द्रीय कमाण्ड घोर भत्र्सना गर्दछ र राज्यको फासिवादी दमन तुरुन्त बन्द गरी हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्ध हताउनका साथै भोजपुर, सिन्धुली र सर्लाहीमा गरिरहेको दमन र अप्रेशन तुरुन्त बन्द गर्न र पूर्वी कमाण्ड अन्तरर्गत गिरफ्तार गरिएका करिव ३ दर्जनको संख्यामा जेल र हिरासतमा यातना भोगीरहेका हाम्रा नेता तथा कार्यकर्ताहरुको बिना सर्त रिहाई गर्न र दोहोरो भिडन्तको नाममा हत्या गरिएका हाम्रा पार्टीका नेता कुमार पौडेल र तीर्थ घिमिरेको परिवारलाई सरकारले उचित क्षतिपूर्ति सहित राष्ट्रिय सहिद घोषणा गर्न तथा हत्याराहरुलाई सख्त कार्वाही गर्न पनि आग्रह गर्दछ । यसका साथै नागरिकहरुको अनाहकमा ज्यान जाने गरी पुलिस–प्रशासनसँगको मिलोमतोमा बस्ती नजिकै जथाबाबी चलाइएका क्रसर उद्योगहरु बन्द गर्र्न र मृतक अमितकुमार यादव र केवल महरको क्षतिपूर्ति र हत्यारोहरुलाई कार्वाहीकोसमेत माग गर्दछौं ।’

    नेकपाले नागरिकको जीउ–धनको सुरक्षाको जिम्मा लिएको सरकारले धमाधम नागरिकहरुको र देशभक्त क्रान्तिकारीहरुको शिकार गर्दै निर्दोष र निहत्था नागरिकहरुको हत्या गरेर देशलाई फेरी द्वन्दको चपेटामा धकेल्छन थालेको बताएको छ । त्यसकारण उनले समस्त न्यायका पक्षधरहरु मानव अधिकारकर्मी, वकिल, पत्रकार, बुद्धिजीवि र देशभक्त, क्रान्तिकारी शक्तिहरुको ध्यान आकर्षण समेत गरेका छन् । साथै यी सबै घटनाहरुको सत्य–तथ्य निष्पक्ष जाँचबुझ–अनुगमन गरी बाहिर ल्याउन पनि सम्बन्धित सबैमा अनुरोध पनि गरेका छन् । इन्चार्ज विषमले सरकारले दमन, अप्रेशन यसैगरी जारी राखे राज्य आतंक र दमन, अपे्रशनका बिरुद्ध सम्पूर्ण पार्टी पक्ति, न्यायप्रेमी जनतालाई प्रतिरोध संघर्षमा उत्रन र देशभक्त नेपालीहरु, सचेत प्रबुद्ध वर्ग, मानव अधिकारकर्मी, वकिल, पत्रकारहरु र आम नागरिक समाजलाई न्यायको पक्षमा आवाज उठाउन अपील समेत गरेका छन् ।

    विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अन्तमा नागरिकको जीउ–धनको सुरक्षाको जिम्मा लिएको सरकारले धमाधम नागरिकहरुको र देशभक्त क्रान्तिकारीहरुको शिकार गर्दै निर्दोष र निहत्था नागरिकहरुको हत्या गर्ने सरकारी रबैयाले देशलाई फेरी द्वन्दको चपेटामा धकेल्दै छ र यो स्थिति आएमा यसको सारा जिम्मा सरकार कै हुने छ । यसतर्फ समस्त न्यायका पक्षधरहरु मानव अधिकारकर्मी, वकिल, पत्रकार, बुद्धिजीवि र देशभक्त, क्रान्तिकारी शक्तिहरुको ध्यान आकृष्ट गर्न चाहान्छौंं । साथै यी सबै घटनाहरुको सत्य–तथ्य निष्पक्ष जाँचबुझ–अनुगमन गरी बाहिर ल्याउन पनि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं । यदि सरकारले दमन, अप्रेशन बन्द गरेन र जारी नै राख्यो भने सरकारकोे राज्य आतंक र दमन, अपे्रशनका बिरुद्ध सम्पूर्ण पार्टी पक्ति, न्यायप्रेमी जनतालाई प्रतिरोध संघर्षमा उत्रन र देशभक्त नेपालीहरु, सचेत प्रबुद्ध वर्ग, मानव अधिकारकर्मी, वकिल, पत्रकारहरु र आम नागरिक समाज न्यायको पक्षमा आवाज उठाउन हाम्रो पार्टी हार्दिक अपील गर्दछ ।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ