• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सङ्खुवासभा घटनापछि ओली-बादललाई प्रकाण्डको कडा चेतावनी, हेर्नुहोस् विज्ञप्तिसहित

    49.3K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी तीव्र दमन गरेको भन्दै घटनाको निन्दा र भत्र्सना गरेको छ । पार्टी प्रवक्ता प्रकाण्डले सोमबार प्रेस वक्तव्य जारी गर्दै तत्काल दमन बन्द नगरे प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । प्रकाण्डले वक्तव्यमा भनेका छन्, ‘सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमकालागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपीवली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ । पार्टी यसको घोर निन्दा एवम् भत्र्सना गर्दछ ।’

    एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने गरेक० भन्दै उनले ओली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ । संखुवासभामा अविलम्ब दमन नरोके नेकपाले शक्तिशाली प्रतिरोध गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार ओली सरकार हुने समेत उनले चेतावनी दिएका छन् । प्रवक्ताको वक्तव्यमा अगाडि भनिएको छ, ‘एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने वली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ । अविलम्ब यो दमन नरोके नेकपाले शक्तिशाली प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी–बादल सरकार हुनेछ ।’

    सोमबार सशस्त्र प्रहरी र नेकपा कार्यकर्ताबीच फायरिङ भएको समाचार बाहिरिएपछि नेपाल सेना परिचालन भनेको छ । प्रहरीले एकोहोरो गोली चलाएको भए पनि नेकपा कार्यकर्ता देखेर आफै तर्सिएको प्रहरीले दोहोरो फायरिङ भएको भन्दै काठमाडाैंबाट मद्दतका नेपाली सेनाको टोली मगाएको हो  । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५/२५ जनाको टोली संखुवासभा पुगेको स्रोतले बतायो ।सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जनाको टोली खटाइएको पुष्टि गरे ।

    उनका अनुसार यो लङ् रेन्ज पट्रोलिङ (एलआरपी) टोली हो । नेपाल प्रहरीले पनि विशेष कार्यदलका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली पठाएको छ ।प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत मद्दत टोली प्रदेश पठाइएको बताए । उनका अनुसार प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप टोली पठाइएको छ । हेर्नुहोस् विज्ञप्ति

     

    यस्तै नेपाल कम्युनिष्ट पार्टीले महोत्तरी र सर्लाहीको सिमानामा रहेको बाँके खोलामा एक बालकको ज्यान गएको बिषयलाई लिएर आन्दोलनमा उत्रिएका जनतामाथि प्रहरीले गोली चलाएको घटनाको घोर विरोध तथा भत्र्सना गरेको छ । बाँके खोलामा विगत २ दिनदेखि भएको घटनाले आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले प्रेस वक्तब्य जारी गर्दै उक्त प्रहरी दमनको निन्दा गरेका छन् । विज्ञप्तिमा भनिएको छ -‘बाँके खोलाको दुवै तर्फ ठेकदारहरुले प्रशासनसँग मिली सञ्चालित अबैध क्रसर उद्योगले ब्यापक मात्रामा प्राकृतिक दोहन र जथाभावी उत्खनन् गर्ने गरेकै कारण त्यहाँ बन्न गएको खाल्डोमा परी १२ बर्षीय अमितकुमार यादवको मृत्यु भएको छ । यसको विरोधमा आन्दोलित सर्वसाधारण जनसमुदायमाथि जनपथ र सशस्त्र प्रहरीले अन्धाधुन्द गोली चलाउँदा स्थानीय केवल महराको मृत्यु र दर्जनौं जनसमुदाय गम्भीर घाइते भएका छन् । हाम्रो पार्टी राज्यको त्यसप्रकारको स्वेच्छाचारी र क्रुरताको घोर विरोध तथा भत्र्सना गर्दछ । साथै मृतक परिवारलाई उचित क्षतिपूर्ती, घाइतेको शीघ्र उपचार र हत्यारालाई तत्काल कार्वाहीको जोडदार माग गर्दछ ।’

    साथै मृतक परिवारलाई उचित क्षतिपूर्ती, घाइतेको शीघ्र उपचार र हत्यारालाई तत्काल कार्वाहीको जोडदार माग समेत नेकपाले गरेको छ ।विज्ञप्तिमा अगाडि भनिएको छ – ‘१) बाँके खोलाको दुवै तर्फ ठेकदारहरुले प्रशासनसँग मिली सञ्चालित अबैध क्रसर उद्योगले ब्यापक मात्रामा प्राकृतिक दोहन र जथाभावी उत्खनन् गर्ने गरेकै कारण त्यहाँ बन्न गएको खाल्डोमा परी १२ बर्षीय अमितकुमार यादवको मृत्यु भएको छ । यसको विरोधमा आन्दोलित सर्वसाधारण जनसमुदायमाथि जनपथ र सशस्त्र प्रहरीले अन्धाधुन्द गोली चलाउँदा स्थानीय केवल महराको मृत्यु र दर्जनौं जनसमुदाय गम्भीर घाइते भएका छन् । हाम्रो पार्टी राज्यको त्यसप्रकारको स्वेच्छाचारी र क्रुरताको घोर विरोध तथा भत्र्सना गर्दछ । साथै मृतक परिवारलाई उचित क्षतिपूर्ती, घाइतेको शीघ्र उपचार र हत्यारालाई तत्काल कार्वाहीको जोडदार माग गर्दछ ।’

    त्यस्तै बाँके खोलामा स्थानीय प्रशासन र केही जनप्रतिनिधिहरुलाई मोटो रकम खुवाई अत्याधिक प्राकृतिक दोहन गर्ने सम्पूर्ण क्रसर उद्योग तत्काल बन्द गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । अन्यथा त्यससँग सम्बन्धित सबै पक्षको उचित भण्डाफोर र आवश्यक कार्वाही गर्न आम जनसमुदायका साथमा नेपाल कम्युनिष्ट पार्टी रहेको भन्दै पार्टीले पहल कदमी अगाडि बढाउने चेतावनी दिएको छ ।

    त्यस्तै इन्चार्ज अरुणले पुलिस प्रशासनको ज्यादती विरुद्ध स्थनीय जनताले गरेको प्रतिरोधप्रति पार्टीको पूर्ण ऐक्यवद्धता र उच्च सम्मान रहेको छ भन्दै त्यसलाई निहुँ बनाई आफ्ना कार्यकर्तालाई फसाउँन राज्यले गरेको षड्यन्त्रको घोर निन्दा तथा भत्र्सना गरेका छन् । जनताले स्वतस्फूर्त गरेको त्यो आन्दोलनको निहुँमा पार्टीका कार्यकर्तालाई फसाउने कोसिस गरिएमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्ने उनकाे चेतावनी छ ।

    विज्ञप्तिमा भनिएको छ- ‘पुलिस प्रशासनको ज्यादती विरुद्ध स्थनीय जनताले गरेको प्रतिरोधप्रति हाम्रो पार्टीको पूर्ण ऐक्यवद्धता र उच्च सम्मान रहेको छ । तर त्यसलाई निहुँ बनाई हाम्रो पार्टीका कार्यकर्तालाई फसाउँन राज्यले गरेको षड्यन्त्रको पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ । जनताले स्वतस्फूर्त गरेको त्यो आन्दोलनको निहुँमा हाम्रो पार्टीका कार्यकर्तालाई फसाउने कोसिस गरिएमा पार्टीले त्यसको सशक्त प्रतिरोध गर्नेछ । क्रसर उद्योगका ठेकेदार, घुसिया जनप्रतिनिधि र प्रशासनका विरुद्ध आम जनसमुदायलाई अझ बढि भण्डाफोर गर्न र आवश्यक आन्दोलन गर्न हाम्रो पार्टी अपिल गर्दछ ।’

    यसैबीच गत असार ५ गते सर्लाहीमा नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेपछि बन्द हड्तालसम्मको कार्यक्रम गरेको नेपाल कम्युनिस्ट पार्टीले सोमबार देशैभरी श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।  मेची–कोशी ब्युरोका १० जिल्लाहरुमा पनि पौडेलको सम्झना र सम्मानमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता, पार्टी सदस्य, शुभचिन्तक र समर्थक जनताहरुसहित श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

    मेची–कोशी ब्युरोकी इन्चार्ज अनुले विभिन्न समयमा पुर्वले उच्चस्तरको बलिदान गर्दै आएको र पुर्वक्षेत्रले सत्ता हल्लाउने तहका बलिदानीपूर्ण आन्दोलन गर्दै आएको र गत ५ गते झुठो मुठभेटको नाटक गरेर हत्या गरिएका सर्लाहीका इन्चार्ज कुमार पौडेल, भोजपुरमा हत्या गरिएका तिर्थ घिमिरेको रगतले यो दलाल पुँजीवादी सत्ताको जरा हल्लाउन सुरु गरेको बताइन । उनले केपी–बादल प्रशासन आत्तिएर पुर्वमा दमन तिब्र पारेको आधारबाट हेर्दा पनि यो सत्ताको अवशानको दिन गन्ती हाम्रो रगत बगेसँगै सुरु भएको बताइन । पुर्व क्षेत्रको संखुवा सभामा बारम्बार प्रहरीले गोली प्रहार गरेर देशलाई युद्धमा धकेलेको बताउदै आफुहरुलाई प्रतिरोध गर्न बाध्य पार्दै लगेको बताइन । उनले सबै न्यायप्रेमी जनताहरुलाई केपी सरकारको फासिवादको बिरुद्ध आवाज उठाउँन अपिलसमेत गरिन ।

    मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका वार्ड नं. ५ मा पर्ने साँघु टोल, रतुवामाई नगरपालिका वार्ड नं. ८ को एक स्थानसहित दुई स्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मोरङ्ग जिल्ला इन्चार्ज अनुभव ‘क्रान्तिले ब्यक्ति हत्यामा उत्रिएको सामाजिक फासिवादी सरकारको दमनबिरुद्ध आफ्नो पार्टी सशक्त प्रतिरोधमा उत्रने बताए । उनले कुमार पौडेललाई सम्झदै कुमार पौडेल एक इमान्दार जनताका प्रिय क्रान्तिकारी नेता भएको भन्दै उनको सपना पूरा गर्न हामी सबै बलिदान गर्न तयार भएको बताए ।’

    उत्तरी मोरङको केराबारी भलुवाचौकमा पनि श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै उत्तरी मोरङका इन्चार्ज प्रभावले भ्रष्ट पतित सरकारको आलोचना गर्दै जनतालाई साथमा लिएर यो सत्तालाई खरानी पार्ने चेतावनी दिए । उता दक्षिणी इलामको माई नगरपालिका वार्ड न ३ मा पनि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्लाका सेक्रेटरी अबिनाशले बोलेका थिए । उनले कुमार पौडेललाई सुराकी लागेको हुनाले अब सुराकी गर्ने जो कोहीलाई भौतिक सफाया गर्ने चेतावनी दिए । इलामको अर्को स्थान फाकफोकथुम गाउँपालिका २ खाम्बाङमा पनि कार्यक्रम भएको छ । उक्त स्थानमा बिद्यार्थी नेता गणेश र जिल्लाका सेक्रेटरी तागेराले बोलेका थिए ।

    ताप्लेजुङ जिल्लामा पनि कार्यक्रम भएको छ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकाको खेजेनिम भन्ने स्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । ताप्लेजुङमा सेक्रेटरी नरपतिले बोलेका थिए । त्यस्तै पाँचथरमा पनि कार्यक्रम सम्पन्न भएको छ । यांङ्वाराक गाउँपालिका ओयाम बजारमा जनताहरु, बिद्यार्थीहरुको बीचमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्लाका इन्चार्ज बिकल्प र बिद्यार्थी नेता तुफानले बोलेका थिए । उता धनकुटामा पनि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विशाल र युवाका केन्द्रीय कोषाध्यक्ष तिलकले बोलेका थिए । उक्त कार्यक्रममा बोल्दै युवा नेत तिलकले फासिष्ट दमनका बिरुद्ध जनमुक्ति सेनामा भर्ति हुन तयार रहन आग्रमसमेत गरे ।

    श्रद्धाञ्जली सभा उता सुनसरी जिल्लामा पनि सम्पन्न भएको छ । सुनसरीका ३ स्थानमा सभा सम्पन्न भएको छ । झापाको एक स्थानमा श्रद्धाञ्जली सभा भएको छ । झापाको कमल गाउँपालिका वार्ड नं १ मा एक कार्यक्रमको आयोजना गरी झापाको पार्टीले कुमार पौडेलाई सम्झदै उहाँको चर्चा गरेको छ । कार्यक्रममा जिल्लाका सेक्रेटरी मनिसले बोलेका थिए । उनले बलिदान क्रान्तिकारीहरुको निम्ति स्विकार्य विषय भएकोले हामी सबै कुमारपथमा हिड्न तयार रहेको बताए । उनले ब्यक्ति हत्यामा उत्रिएको केपीको सर्वसत्तावादी चरित्र पर्दाफास भएको र जनताले अब दलाल संसदीय व्यवस्थालाई खरानी पार्ने बताए । उनले केपी ओलीलाई चेतावनी दिंदै भने जनतामाथि दमन गरेर सही विषयलाई ढाकछोप गर्न सकिन्छ भन्ने सपना नदेख्न भन्दै उनले झापाबाट ओलीलाई पत्तासाफ गरिदिने बताए । झापाको कार्यक्रममा युवा, स्थानिय जनता, बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस्तै अछाममा पनि श्रद्धाञ्जली सभा सम्पन्न  भएकाे छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ